२७ असोज २०७७
हेटौंडा । ६५ औं प्रहरी दिवस २०७७ को सु–अवसरमा आज रक्तदान कार्यक्रम गरीएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको आयोजना तथा नेपाल रेडक्रस सोसाईटि हेटौंडासँगको समन्वयमा रक्तदान कार्यक्रम गरीएको हो ।

बागमती प्रदेश प्रहरी कार्यालय र सो अन्तर्गतका जिल्ला प्रहरी कार्यालय मकवानपुर, दंगा नियन्त्रण प्रहरी गण, सशस्त्र प्रहरी गण हेटौंडामा कार्यरत ५५ जना प्रहरी कर्मचारीहरुले रक्तदान गरेका थिए ।

नेपाल प्रहरी स्थापनाको सु–अवसरमा हरेक बर्ष मनाईने प्रहरी दिवसमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले समेत बिभिन्न कार्यक्रमहरु गरीरहेको छ ।

प्रहरी दिवसकै अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले सार्वजनिक महत्वका स्थलहरुको सरसफाई, वृक्षारोपण, प्रदेश प्रहरी श्रीमती संघबाट हेटौंडामा रहेका वृद्धाश्रमहरुमा फलफुल वितरण गर्ने लगाएतका कार्यक्रम संचालन गर्ने तय भएको छ ।