काभ्रे । आज (बुधबार) काभ्रे जिल्लामा १८ जनालाई कोरोना पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार कोरोना पुष्टि हुनेहरुमा बनेपा नगरपालिकाबाट ३ महिला ४ पूरुष, धुलिखेल नगरपालिकाबाट १ महिला ३ पुरुष, पनौती नगरपालिका बाट २ महिला ३ पुरुष मण्डन देउपुर नगरपालिका बाट २ महिला गरी १८ जनालाई कोरोना पुष्टि भएको छ ।