काभ्रे । आज (मंगलबार) काभ्रे जिल्लामा १८ जनालाई कोरोना पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार कोरोना पुष्टि हुनेहरुमा बनेपा नगरपालिका बाट १ पुरुष ४ महिला, धुलिखेल नगरपालिकाबाट २ महिला ३ पुरुष, पनौती नगरपालिकाबाट २ महिला , पाँचखाल नगरपालिकाबाट १ महिला, बेथानचोक गाउंपालिका १ महिला १ पुरुष , मण्डनदेउपुर गाउंपालिकाबाट १ पुरुष र खानिखोला गाउंपालिकाबाट १ पुरुष १ महिला गरी १८ जनालाई कोरोना पुष्टि भएको छ ।