काभ्रे । आज (बुधबार) काभ्रे जिल्लामा १८ जनालाई कोरोना पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार कोरोना पुष्टि हुनेहरुमा बनेपा नगरपालिका बाट ५ महिला ३ पुरुष, धुलिखेल नगरपालिकाबाट ३ महिला ४ पुरुष, पनौती नगरपालिकाबाट १ पुरुष, पाँचखाल नगरपालिकाबाट १ महिला र महांभारत गाउंपालिकाबाट १ पुरुष गरी १८ जनालाई कोरोना पुष्टि भएको छ ।