काभ्रेपलाञ्चोक । काभ्रे जिल्ला बनेपा नगरपालिका वडा नं ११ मा रहेको अपाङ्ग बाल अस्पतालमा कार्यरत कर्मचारीहरु ओसार पसार गर्ने बा.१ क. ५७४७ नं को बस दुर्घटना हुँदा १ जनाको अवस्था चिन्ताजनक रहेको र ४० भन्दा बढी धाईते भएका छन् ।
अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु तथा कर्मचारीहरु घर फर्कने क्रममा बस दुर्घटना भएको जानकारी प्राप्त भएको छ । सवारी चालक सवारी दुर्घटना हुनासाथ वाहिर निस्किएर भागेको स्थानिय प्रत्यक्ष दर्शीहरुको भनाई रहेको छ ।

सवारी दुर्घटनामा परि घाईते भएकाहरुको बनेपा स्थित शिरमेमोरियल अस्पताल र धुलिखेल अस्पतालमा उपचार हुदैछ । चिन्ताजनक अवस्थामा रहेका विरामी काठमाडौं घर भई लामो समयदेखी अस्पतालमा लन्ट्रीका कार्यरत रहेको जानकारी प्राप्त भएको छ ।