काभ्रे : सवारी ज्यान मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको पनौती नगरपालिका वडा नं ११ का २५ वर्षीय विशाल तामाङ रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय बनेपाले पक्राउ चार वर्षपछि पक्राउ गरेको हो ।

जिल्ला अदालत काभ्रेपलाञ्चोकले सवारी ज्यान मुद्दामा फरार रहेका तामाङलाई २०७५ जेष्ठ १६ गते १ महिना कैदको फैसला गरेको थियो । अदालतको फैसलापछि फरार रहेका तामाङलाई चार वर्षपछि आज पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक नारायण थापाले जानकारी दिए । उनका अनुसार पक्राउ परेका तामाङलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काभ्रेपलाञ्चोक पेश गरिएको छ ।