३१ साउन, जनकपुरधाम । नेपाल प्रहरीका प्रमुख, प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचन भयरहित र निष्पक्ष हुने बताएका छन् ।

जनकपुरधाममा मंगलबार आयोजना गरिएको प्रदेशस्तरीय अपराध अनुसन्धान समिक्षा गोष्ठीलाई सम्बोधन गर्दै सिंहले भने, ‘भयरहित र निष्पक्ष निर्वाचनको वातावरण बनाउनु नै प्रहरीको एक मात्र उदेश्य हो ।’

अपराध अनुसन्धानको सवालमा अनुसन्धान गर्ने, अभियोजन गर्ने र न्याय निरुपण गर्नेबिच कहिलेकाही एक अर्कालाई आक्षेप लगाउने काम हुने गरेको भन्दै तिनै निकायबिचको समन्वय राम्रो हुनुपर्ने बताए । उनले अपराध अनुसन्धानलाई सहज बनाउन नै यो गोष्ठीको आयोजना गरिएको उनले बताए  ।