मुलुकमा संघियता लागु भएपछिको दोस्रो प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन आगामी मंसिर ४ गते हुदैछ । यो निर्वाचन स्थानिय तहको निर्वाचन भन्दा फरक भएकोले जनताले निकै चासो दिईरहेका छन् । स्थानिय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधि कमजोर अशक्षम निर्वाचित हुँदा समबन्धित स्थानिय तहमा केही अशर पुग्न सक्छ । तरपनि प्रदेश सरकार केन्द्रिय सरकारले निगरानि गर्दै समस्या समाधान हुन्छ । तर संघ र प्रदेशको निर्वाचनमा व्यक्तिगत स्वार्थी साथै असक्षम व्यक्ति निर्वाचित भएमा मुलुकको हित विपरित कार्य हुन सक्ने भएकोले आम नेपाली जनताहरुले क्षमतावान, सक्षम, निस्वार्थी ढंगको उममेदवारलाई जनताले साथ दिन्छन् ।

हुन त दलिय व्यवस्थामा दलहरुले सिफारीस गरेको व्यक्ति उम्मेदवार रहन्छन् । अझ आगामी निर्वाचनको लागि दलहरुले गठबन्धन गर्ने तयारी पनि गरेको छ । गठबन्धनको आधारमा उम्मेदवार चएन गर्दा सक्षम व्यक्ति चयन हुन नसकेमा जनताले साथ दिन्छन् भन्ने सुनिश्चित रहन्न । दलका नेताहरुले गठबन्धन गर्दैमा दलका कार्यकर्ताले मत दिईहाल्छन् भन्ने अवस्था पनि नरहन पनि सक्छ । दलहरुका नेतृत्वको सहमतिको आधारमा चयन भएका उम्मेदवार सक्षम, क्षमतावान, निश्पक्षता जनताको हितमा कार्य गर्ने खालको नहुनपनि सक्छन् । त्यस्ता उममेदवारलाई जनताले साथ नदिने भएकोले दलहरुले उम्मेदवारको चयन गर्दा सचेत हुन जरुरी रहन्छ ।

२०७४ को निर्वाचनमा गठबन्धनलाई साथ नदिएका होइनन् । जनताको साथले गर्दा नेकपा एमाले र नेकपा माओवादीको गठबन्धनले वहुमतको सरकार चलाउने अवसर पायो । २७५ सिट रहेको संसदमा नेकपा एमालेले प्रत्यक्ष ८० र समानुपातिक ४१ गरी १२१ सिट हासिल गरे । नेकपा माओवादीले प्रत्यक्ष ३६ र समानुपातिक १७ गरी ५३ सिट हासिल गरे । तर राजनीतिक वेईमानि साथै दलगत र व्यक्तिगत स्वार्थका कारण सरकार सञ्चालनमा समस्या आउंदा नेपाली काँगे्रसको नेतृतवमा सरकार गठन भयो । नेपाली काँग्रेस प्रत्यक्ष तर्फ २३ र समानुपातिक तर्फ ४० गरी ६३ सिट हासिल गरेका थिए ।

स्थानिय तहको निर्वाचनमा गठबन्धन गर्दा सफल भएको अनुभुती गरेका दलहरुले आगामी निर्वाचनको लागि समेत सोही तरिका अवलम्बन गर्दै छन् । तर स्थानिय तहमा जसरी सफल भयो आगामी निर्वाचनमा सो सफल नहुन पनि सक्छ । नेपाली जनताहरु बौद्धिक साथै सक्षम रहेका छन्, उनिहरुलाई राम्रोसंग थाहा छ की मुलुक सञ्चालनको लागि कस्ता व्यक्तिको आवश्यक हुन्छ ? स्थानिय तहको निर्वाचनमा गठबन्धन कार्यलाई जनताले साथ नदिएका हैनन् । तर गठबन्धनको आधारमा निर्वाचित जनप्रतिनिको दम्भयुक्त व्यवहारले गर्दा जनताहरु निरासा भएका छन् ।

जनताको चाहना भनेको क्षमतावान सक्षम उम्मेदवारको हो । तर दलहरूले गठबन्धनको नाउमा जनताको चाहना अनुसारको कार्य नभई दलको चाहना अनुसारको कार्य हुदै छ । तर आगामी निर्वाचनमा गठबन्धनको आधारमा बैसाखी टेकेकै भरमा निर्वाचित हुने आशामा रहेका दलहरू संवभत निराशामा परिणत हुनेछन् । आफ्नो क्षेत्रमा आउने उम्मेदवारहरूको जनताले राम्रोसँग पहिचान गरी विकास प्रेमी‚ सक्षम ‚ प्रतिनिधिसभामा निर्वाचित भएपछि मन्त्री हुन सक्ने खालका उम्मेदवारलाई जनताले साथ दिनेछन् । ०७४ मा सम्पन्न निर्वाचनमा भएको गठबन्धनलाई जनताले साथ दिए तर जनचाहना अनुसारको कार्य हुन सकेन ।