काभ्रेपलाञ्चोक । नेकपा माओवादी केन्द्र पाँचखाल नगर समितिमा ब्यापक हेरेफेर भएको छ ।

माओवादी केन्द्र पाँचखाल नगर समितिको अध्यक्ष अध्यक्ष चेत प्रसाद गौतमको अध्यक्षतामा सम्पन्न भएको नगर समितिको विस्तारित बैठक बाट उक्त कार्य भएको हो ।

नेकपा माओवादी केन्द्रको केन्द्रिय सदस्य रुकु चौलागाईंको प्रमुख आतिथ्यतामाता सम्पनन बैठकबाट स्थानिय निर्वाचनको समिक्षा सहित रिपोर्टिङ भएको थियो । सो क्रममा पाँचखाल नगरमा पार्टीको जवस मोर्चाहरुको भेला भएकालाइ बैठक बोलाउने र भेला नभएका संगठनहरुको भेला गर्ने निर्णय समेत भएको थियो ।

बैठकको निर्णय अनुसार किसानको भेला असोज ४ गते, तामाङ मुक्तिमोर्चाको ६ गते र बुद्धिजीवी संगठनको ८ गते हुने निर्णय भएको जानकारी प्राप्त भएको छ । त्यसैगरी विभिन्न कारणले रिक्त भएको पदमा पदपूर्ति पनि गरिएको छ । रिक्त रहेको पाँचखाल नगर समितिको उपाध्यक्षमा रमेश राज गिरि र अन्य नगर सदस्यहरुमा क्रमशः वडा नम्बर ६ बाट प्रेम श्रेष्ठ, हरिबोल सत्याल वडा नम्बर १ बाट उग्रराज तामाङ वडा नम्बर ४ बाट छबिलाल गौतमलाई मनोनीत गरिएको जानकारी प्राप्त भएको छ ।