२०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024

आज – जेठ २१ आइतवार को राशिफल


१५२११ पाठक संख्या
  • २०८० जेष्ठ २१, आईतबार मा प्रकाशित ११ महिना अघि
  • मेष

    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    आज आफन्तसँग मनमुटाव बढ्ला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । स्वास्थ्य प्रतिकूल रहन सक्छ, स्वस्थ प्रति सचेत रहनु होला ।

    बृष

    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

    रोकिएका काम पुनः सुरु हुन सक्छन् । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । जग्गा जमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ ।

    मिथुन

    का, कि, कु, घ, ङ, छ, के, को, हा

    शुभारम्भको चर्चा चल्नेछ । सामाजिक क्षेत्रबाट मानसम्मान मिल्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । छोटो यात्राको अवसर मिल्नेछ ।

    कर्कट

    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । अध्ययन र प्राविधिक कार्यमा रुचि बढ्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ ।

    सिंह

    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    आज सोचेका काममा बिलम्ब हुनेछ । आम्दानीका मार्गमा अवरोध आउने छ । पारिवारिक समस्यामा बढ्नसक्छ अत: ध्यान दिनुपर्नेछ ।

    कन्या

    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

    आज धार्मिक समारोहमा सरिक हुने सम्भावना छ । जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । न्यायिक कार्यमा सफलता पनि मिल्नेछ ।

    तुला

    रा, रि, रु, रे, रो, ता, ति, तु, ते

    एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन ।

    बृश्चिक

    तो, ना, नि, नु, ने, नो, या, यि, यु

    आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।

    धनु

    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

    आज उन्नति प्रगतिको वातावरणमा समस्या आउला । पेसा वा व्यवसायका क्षेत्रमा व्यवधान आउन सक्छ, तर आफन्तको साथ भने मिल्नेछ ।

    मकर

    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

    आज मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । शेयर बजारमा गरेको लगानीले राम्रै साथ देला । छोटो यात्रा पनि हुन सक्छ ।

    कुम्भ

    गु, गे, गो, सा, सि, सु, से, सो, दा

    बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कार्य सहजै सम्पादन हुन सक्छ । आफूसँग भएको क्षमता प्रदर्शन गरेर अवसर र सफलता मिल्नेछ ।

    मीन

    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

    आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । चिताएको कामले तीव्रता लिनेछ । अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार