२०८२ बैशाख २०, शनिबार | Sat, 03, May, 2025

काभ्रेमा १५८ को हेलिकप्टरमार्फत उद्दार


४३१७ पाठक संख्या
  • २०८१ आश्विन १३, आईतबार मा प्रकाशित ७ महिना अघि
  • १३ असोज, काठमाडौं । काभ्रे जिल्लाका विभिन्न ठाउँहरुबाट आइतबार १५८ जनाको हेलिकप्टरमार्फत उद्दार भएको छ ।

    वर्षासँगै आएको बाढी पहिरोका कारण सडक अवरुद्ध भएपछि अलपत्र परेका यात्रुहरुमध्ये १५८ जनालाई आइतबार नेपाली सेनाको हेलिकप्टरमार्फत उद्दार गरिएको हो ।

    बिरामी, वृद्ध, अपांगता भएकाहरु, बालबच्चा र सुत्केरी महिलाहरुलाई प्राथमिकतामा  उद्दार गरिएको हो । वीपी राजमार्गमा करिब एक हजार यात्रुहरु अलपत्र परेको आंकलन छ । उद्दार गर्न बाँकी रहेका यात्रुहरुलाई भने विभिन्न खाद्यान्नहरु, लत्ताकपडाहरु पठाएर खाने बस्नेको व्यवस्था मिलाइएको  छ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु