२०८२ बैशाख १९, शुक्रबार | Fri, 02, May, 2025

काठमाडौ विश्वविद्यालयको विश्वासमा संकट , परिक्षामा सहभागि नहुदा पनि प्रमाणपत्र पाईने


३५११ पाठक संख्या
  • २०८१ पौष ९, मंगलबार मा प्रकाशित ४ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलमा मुख्य कार्यालय राखेर सन १९९१ डिसेम्वर (२०४८) मा संचालनमा आएको काठमाडौ विश्वविद्यालय सन २०२४ डिसेम्बर (२०८१) सम्म आइपुग्दा आन्तरिक कमजोरी छताछुल्ल भएको छ ।

    विश्वविद्यालय संचालनको ३३ बर्षको अवधिमा नेपालमा मात्रै नभएर अन्तराष्ट्रिय स्तरमा समेत प्रतिष्ठित हुन सफल भएको थियो । विश्वविद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गरिन्छ भन्ने नेपाली जनताको मात्रै नभएर अन्तराष्ट्रिय स्तरमा समेत विश्वास हासिल गर्न सफल भएको थियो ।

    प्रचार प्रसार साथै हाउभाउको कारण गुणस्तरीय शिक्षाको चर्चा चुमिदै गर्दा आफ्ना सन्ततिले गुणस्तरिय शिक्षा हासिल गर्ने विश्वासमा अभिभावकहरुले खाई नखाई ऋणपण गरी लगानि गर्दै आएका छन् । मानविकी, व्यवस्थापन, वाणिज्य, विज्ञान, चिकित्साशास्त्र, इन्जिनियरिङ लगायत पढाई हुने गरेको विश्वविद्यालयमा लगभग १५,हजार विद्यार्थी अध्ययनरत छन् । गुणस्तरिय शिक्षा हासिल गर्ने आशामा नेपालका बिभिन्न स्थानहरुबाट विद्यार्थीहरु अध्ययनरत विश्वविद्यालयले आफ्नो विश्वसनियता गुमाउदै बेइमानी छताछुल्ल भएर पोखिएको छ । जसको कारण आम अभिभावकहरु झस्किएका छन् ।

    विगतमा विश्वबिद्यालयका बिषयमा नकारात्मक चर्चा नआएको भने हैन तर विद्यार्थी संगठनहरुले भनेको कुरा कसैले विश्वास गरेका थिएनन् । ३३ बर्षमा जे जती राम्राको चर्चा चलेपनि लामोसमय सम्म लुकि छिपि राखेको कमजोरी छताछुल्ल भए । जसका कारण बिश्वविद्यालयमा पुर्ण रुपमा लापर्वाहि साथै अध्ययन विना उतिर्णको प्रमाणपत्र प्रदान गर्ने गरेको प्रस्टिएको छ । गत मंसिर २९मा सम्पन्न दिक्षन्त समारोहमा परीक्षामा सरिक नभएका विद्यार्थीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीलाई साक्षी राखेर उतिर्ण भएको रिजल्ट सार्वजनिक भएपछि त्यहाँभित्रको बेथितिलाई सडकमा ल्याएको छ ।

    विद्यालय प्रशासनले भुलवस ९ जना विद्यार्थीहरुको उतिर्णको रिजल्ट तयार भयो भन्दै गल्तीलाई स्वीकार गरेका छन् । जसका कारण पछिल्लो समय गुणस्तरीय उत्पादन नारामा मात्र सीमित भएको यो घटनाले प्रमाणित गरेको छ । कर्मचारीतन्त्रको मनपरीका कारण छात्रवृत्ति कोटादेखि लिएर विश्वविद्यालयले प्रदान गर्ने अन्य सुविधामा समेत लापरवाहीले पराकाष्ट छोएको छ । जेहेन्दार, कर्मठ विद्यार्थीहरुले पाउनुपर्ने सुविधाबाट बञ्चित गर्दै कर्मचारी र कर्मचारीका आसेपासे पोस्ने काम विगत लामो समयदेखि हुँदै आएको पिडित विद्यार्थीले गुनासो गरेका छन् । यो घटना त सामान्य हो भन्दै विद्यार्थीहरु काठमाडौं विश्वविद्यालयप्रति आक्रोश पोख्न पुग्छन् ।

    राजनीतिक रुपमा नेताहरुलाई काखी चापेपछि जे गर्न पनि छुट छ भन्दै हिटलर शैलीमा अगाडि बढेको नेतृत्व भागबन्डा नमिल्दा यो पटक आएर चुकेको छ । यस्तो जघन्य अपराधमा संलग्न व्यक्तिलाई स्पष्टीकरणबाट उन्मुक्ति दिन खोज्नुले पनि यसभित्र ठूलै चलखेल छ भन्ने बुझिन्छ । विश्वविद्यालय प्रशासनले ‘त्रुटिका लागि गम्भीरतापूर्वक क्षमा माग्दै उक्त नामहरू ग्रेसलिस्टबाट हटाई तिनीहरूको डिग्री प्रमाणपत्र नष्ट गर्ने उल्लेख गरेका छन् । परीक्षा नियन्त्रकलाई लेखेको स्पष्टीकरण पत्रमा विद्यार्थीको विवरण अद्यावधिक नगरी विवरण पठाएकाले अयोग्य विद्यार्थीहरूको नाम पनि सूचीमा पर्न गएको स्वीकार गरेका छन् । आगामी दिनमा पटक÷पटक तथ्यांक रुजु गरेर काम गर्ने भन्दै त्रुटि नदोहो¥याउने प्रतिबद्धतासमेत जनाएका छन् ।

    सोही विषयका बारेमा अनुत्तीर्ण विद्यार्थीलाई ग्रेसलिस्टमा समावेश गरी दीक्षान्त समारोहबाट शैक्षिक उपाधि प्रदान गरेको विषयमा काठमाडौं विश्वविद्यालय (केयू) को सर्वोच्च निकाय सिनेटमा सोमबार छलफल भएको स्रोतले बताएको छ । यसैबीच केयूका प्रवक्ता एक्कुमाया पुनले विज्ञप्ति जारी गर्दै ‘स्कुल अफ म्यानेजमेन्ट’ अन्तर्गत डिग्री पूर्ण नभएका र बीचमै अध्ययन छाडी गएका समेत अनुत्तीर्ण ९ जना विद्यार्थीको नाम ग्रेसलिस्टमा पर्न गएको जनाएकी छन् । मंसिर २९ मा प्रधानमन्त्री तथा कुलपति ओलीको उपस्थितिमा आयोजित दीक्षान्त समारोहमा शैक्षिक उपाधि प्रदान गर्ने निर्णय गरिएको समाचार प्रकाशित गरेको थियो । आइतबार नै बसेको कार्यकारी परिषद् बैठकले छानबिन समिति गठन गरेको हो । उक्त विषयमा रजिस्ट्रार वाग्लेले आन्तरिक अनुसन्धान गर्न निर्देशन दिइसकेको समेत केयूले विज्ञप्तिमार्फत् जनाएको छ । यता विज्ञप्तिलाई लिएर विद्यार्थी संगठनहरुले आलोचना गरेका छन् । कागजको खोस्टो फ्याँकेर घटनालाई ढाँकछोप गरियो भने त्यो नै अभिशापको रुपमा विश्वविद्यालयका लागि स्थापित हुने दाबी गरेका छन् ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु