२०८२ बैशाख १८, बिहिबार | Thu, 01, May, 2025

प्रगतिशील लेखक सघकोे रचना बाचन शृङ्खला सम्पन्न


३१२१ पाठक संख्या
  • २०८२ बैशाख १, सोमबार मा प्रकाशित २ हफ्ता अघि
  • काभ्रेपलान्चोक । प्रगतिशील लेखक सघंका केन्द्रिय सदस्य दिल पौडेलको प्रमुख आतिथ्यमा प्रलेस काभ्रेको नियमित रचना वाचन सम्पन्न भएको छ।

    रचना वाचन शृङ्खलामा लोक गायक मच्छेस्वर सापकोटा , अग्रज साहित्यकार तुइकाजी ताम्राकार , पत्रकार यदुनाथ गौतम देउपुरे, डि. पि. आत्रेय , सुशिला बिष्ट रक्तिम लामा ,दिल पौडेल, केशव घिमीरे, भवानी पाण्डे,दिनेश राज खरेल,मुरहरी रायमाझी, विश्व सिग्देल ,केदारनाथ तिम्सीना, सौगात सकककल्प, गरीमा अधिकारी ,छिरिड दोड,श्रीकृष्ण पाण्डे, नवराज उत्साही ,कुमारी तामाङले आ आफ्ना रचना वाचन गर्नु भएको थियो ।

    वाचित रचनाहरुको टिप्पणी गर्दै प्रमुख अतिथि पौडेलले हरेक रचना भौतिकबादी हुनुको साथै सिर्जनाले निरासा ल्याउन नहुने बताउनु भयो। उहाँका अनुसार,’सिर्जनाहरु जनतामा आशा जगाउने खालको हुनु पर्छ। प्रगतिशील साहित्यले श्रृङगारीक भन्दा पनि जनचेनता जगाउने खालको साहित्य लेख्न आवाश्यक छ।

    रचना बाचन शृङ्खलासगै प्रत्येक महिना एक पुस्तकको समिक्षा सहित गरिने कार्यक्रममा उपन्यासकार केशब घिमिरेले लेखेको रुपिका उपन्यास माथी प्रलेस काभ्रेका निबर्तमान अध्यक्ष भावानी पान्डेले पुस्तकको समिक्षा गर्नु भएको थियो !

    कार्यक्रममा पत्रकार एब साहित्यकार यदुनाथ गौतम देउपुरेले यदि संस्थाले स्विकार गरेमा आफ्नो बुबा आमाको नामबाट प्रत्येक बर्ष साहित्यिक सम्मान गर्ने बताउनु भयो। कार्यक्रम संस्थाका सचीव दिनेश खरेलले सन्चालन गर्नु भएको थियो, भने जिल्ला अध्यक्ष रक्तिम लामाको सभातित्वमा कार्यक्रम सम्पन्न भएको थियो।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु