२०८२ बैशाख १७, बुधबार | Wed, 30, Apr, 2025

आज बैशाख ९ गते मंगलवारको राशिफल


३१७३ पाठक संख्या
  • २०८२ बैशाख ९, मंगलबार मा प्रकाशित १ हफ्ता अघि
  • मेष

    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    आफ्ना कमजोरी बाहिर आउनाले समस्या पर्नेछ। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। समयमा लगनशील बन्न नसक्ता पछि परिनेछ। पुरानो हिसाबकिताबले विवाद निम्त्याउन सक्छ। संघर्षपछि भने लाभ उठाउन सकिनेछ। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुहोला। मिहिनेतले दैनिकी सहज बन्नेछ र कर्मक्षेत्रमा फाइदा पनि हुनेछ।

    बृष

    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

    तारिफयोग्य कामको चर्चा हुनेछ। उपलब्धिको स्रोत प्राप्त हुनुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मिहिनेतले विशेष स्थान दिलाउन सक्छ। नयाँ अवसर आइपर्ने समय छ। दिगो काममा जग बसाउने अवसर जुट्नेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला।

    मिथुन

    का, कि, कु, घ, ङ, छ, के, को, हा

    अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। बेसुरको निर्णयले समस्या आउला। बलजफ्तीले काम बिग्रन सक्छ। परिस्तिथिवश काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले मन खिन्न बनाउला। अध्ययनमा पछि परिनेछ भने व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला।

    कर्कट

    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    मनोरञ्जनमा अलमलिँदा काममा पछि परिनेछ। परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। रमाइलो क्षणमा पनि मन खिन्न रहनेछ। केही अप्ठ्यारा परिस्थिति आउनाले सोचेको लाभ नमिल्न सक्छ। आफन्तसँग असमझदारी बढ्न सक्छ। निम्तो प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्ने देखिन्छ। व्यावसायले यात्रा गराउन सक्छ।

    सिंह

    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    स्वास्थ्य कमजोर बन्नाले चिताएको काम रोकिन सक्छ। गोपनीयता बाहिरिनाले अवसरवादीहरूले फाइदा उठाउन सक्छन्। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। श्रम गरीकन चिताएको मूल्य प्राप्त नहुन सक्छ। तापनि, उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। शत्रुहरूको चलखेल भने बढ्न सक्छ, सजग रहनुहोला।

    कन्या

    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

    परिस्थितिवश चिताएको काममा विलम्ब हुनेछ। अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नुपर्नेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्ला। अध्ययनमा समय दिन नसक्दा पछि परिने सम्भावना छ। लगनशीलताले मात्र परिस्थितिलाई बदल्न सक्छ। शुभचिन्तकहरूले राम्रो साथ दिनेछन्। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला।

    तुला

    रा, रि, रु, रे, रो, ता, ति, तु, ते

    हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। अनावश्यक साइनो गाँसी नजिकिनेहरूसँग विशेष सावधान रहनुहोला। तर बलजफ्ती गरिएकाे प्रयत्नले पनि लाभ दिलाउन सक्छ। शुभचिन्तकहरूको साथ जुट्नाले चिताएका काम बनाउन सकिनेछ। साहसिक कामबाट फाइदा हुनेछ।

    बृश्चिक

    तो, ना, नि, नु, ने, नो, या, यि, यु

    परिस्थितिवश चिताएको काम रोकिन सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। व्यवसायमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्ला। व्यवसायभन्दा सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ। तत्काल ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला।

    धनु

    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

    बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ। विचार सम्प्रेषण गर्नुअघि पूर्वतयारी गर्नु बुद्धिमानी हुनेछ। आत्तिने बानीले काम बिग्रनुका साथै हातमा आएको मौका गुमाउनुपर्ला। अध्ययनमा त्यति समय दिन नसकिएला। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। मिहिनेतले केही उपलब्धि प्राप्त हुनेछ।

    मकर

    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

    नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला।

    कुम्भ

    गु, गे, गो, सा, सि, सु, से, सो, दा

    आफ्नै बेहोसीले नोक्सान पुर्याउन सक्छ। बलजफ्तीले पनि बाधा पुर्याउनेछ। घरखर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ। होसियारीसाथ काममा जुट्नुहोला। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम सम्पादन हुन सक्छ। प्रतिस्पर्धीले पनि असल काममा साथ दिनेछन्।

    मीन

    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

    आयआर्जनका स्रोत बढ्नेछन् भने उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषि, पशुपालन तथा व्यापारमा मनग्गे लाभ हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। अध्ययनमा राम्रै प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने समय छ। धनको उपयोगबाट विशेष फाइदा हुनेछ। श्रमको उचित मूल्यांकन हुनेछ। मिहिनेतले आम्दानी बढाए पनि सोखले खर्च बढाउनेछ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु