काठमाडौँ, वैशाख १० गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नेकपा (एमाले) नेता रघुजी पन्त नियुक्त हुनुहुने भएको छ । प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका प्रेस संयोजक रामशरण बजगाइँले सो जानकारी दिनुभएको हो ।
यसअघि शिक्षामन्त्री विद्या भट्टराईले वैशाख ८ गते साेमबार प्रधानमन्त्री समक्ष राजीनामा पेस गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस