२०८२ बैशाख १७, बुधबार | Wed, 30, Apr, 2025

श्रीमतीको हत्या गर्ने राजु प्रहरी नियन्त्रणमा


१९५१ पाठक संख्या
  • २०८२ बैशाख १६, मंगलबार मा प्रकाशित १ दिन अघि
  • म्याग्दी, वैशाख १६ गते । बेनी नगरपालिका ७ मंगलाघाटमा दाउराले प्रहार गरी आफ्नी श्रीमतीको हत्या गर्ने श्रीमानलाई प्रहरीले गिरफ्तार गरेको छ ।

    जलजला गाउँपालिका ३ पर्वत बेनी घर भई बेनी नगरपालिका ७ मंगलाघाट बस्ने राजु विकले आफ्नी श्रीमती २७ वर्षीया भगवती विकको हत्या गरेको प्रहरीले जनाएको छ ।

    (आज) मङ्गलवार बिहान साढे छ बजेतिर श्रीमतीको हत्या गरी भागेका राजुलाई प्रहरीले बेनी नगरपालिका २ ज्यामरुककोटको जङ्गलबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिनुभयो । मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल बेनीको शवगृहमा राखिएकाे छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु