२०८२ फागुन ३, आईतबार | Sun, 15, Feb, 2026

मध्यरातदेखि पेट्रोल एक र डिजेल/मट्टीतेल तीन रुपैयाँले महँगियो


१५८७ पाठक संख्या
  • २०८२ फागुन ३, आईतबार मा प्रकाशित ९ घण्टा अघि
  • काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य पुनः बढाइएको छ । नेपाल आयल निगमले पेट्रोलको मूल्यमा प्रतिलिटर एक रुपैयाँ र डिजेल/मट्टीतेलमा प्रतिलिटर तीन रुपैयाँले वृद्धि गरेको जनाएको छ।

    निगमका अनुसार समायोजित नयाँ मूल्य सूची आइतबार राति १२ बजेपछि लागू हुनेछ। पछिल्लो मूल्यवृद्धिसँगै उपभोक्ताले पेट्रोल, डिजेल र मट्टीतेल खरिद गर्दा बढी रकम तिर्नुपर्ने भएको छ।

    अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उतारचढाव, ढुवानी खर्च तथा विनिमय दरमा आएको परिवर्तनका आधारमा समय–समयमा मूल्य समायोजन गरिँदै आएको निगमले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार