२०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024

नगरका जनप्रतीनिधिहरु निर्बिवादित ढंगबाट अगाडी बढेकोले नगरको विकास भएको हो


४८९३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ कार्तिक ७, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • पाँचखालमा १५ महिना काम गरे, पाँचखाल जाँदा त्यति सहज परिस्थिति थिएन ,के मानेमा भने चैत सम्म पनि वजेटको पुस्तिका समेत थिएन । कति बजेट ? कति खर्च भयो ? कसरि खर्च गर्ने भन्ने नै थिएन । हिंउदे अधिवेशन पनि भएको रहेनछ, समस्या आएपछि सभाको आयोजना गरेर वजेट तयार गरेर सभाले पास गर्यो । सोही अनुसार बिशेष ढंगबाट लागे ।

    भोलाप्रसाद चापागाई
    प्रमुख प्रशाससकिय अधिकृत
    नमोबुद्ध नगरपालिका

    साबिक धनकुटाको चुङ्माउ गाबिस वडा नं ६ हालको पाख्रिवास नगरपालिका वडा नं ९ को अती रमणिय स्थलमा पिता पद्मलाल चापागाई तथा माता उमादेवी चापागाईको कोखबाट २०२६ साल साउन १० गते जन्मनु भएका भोलाप्रसाद चापागाई मिलनसार सालिन साथै भद्र हुनुहुन्छ ।
    हाल नमोबुद्ध नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा रहनु भएको चापागाईले एम. ए, एम.बिए, विएड, वि.एल सम्म अध्ययन गर्नु भएको छ । ०४५ सालमा शिक्षक पेसाबाट अगाडी बढ्नुभएका चापागाईले ०५५ सालमा खरिदारको रुपमा संसद सेवामा कार्यरत हुदै, ०५७ सालमा शुब्बा, ०६३ सालमा अधिकृत हुदै ०७३ सालमा उप सचिब हुन सफल हुनु भएको थियो ।
    उपसचिव भएपछि स्थानिय तहमा पहिलो पल्ट काभे्र जिल्लाको नमोबुद्ध नगरपालिकामा आउनु भएका चापागाई दोस्रोमा पाँचखाल नगरमा र तेस्रो नरको रुपमा पुन नमोबुद्ध नगरको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी निर्वाह गर्दै रहनु भएका चापागाईसंग समसामयिक बिषयमा ईश्वरी राजकुमार मैनालीले गरेको कुराकनी अंश‘..

    तपाईले नमोबुद्ध नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी सम्हाल्दै आउनु भएको नाताले हाल नगरको अवस्था कस्तो रहेको छ ?

    म पछिल्लो पटक नमोबुद्ध आएको १८ महिना भयो । नगरका सम्पुर्ण जनप्रतीनिधि र हामी कर्मचारीहरुले नगरको विकास निर्माणको लागि राम्रो कामहरु गर्न सफल भएका छौं । कोरोनको कारणले केहि समस्यामा परेउ तैपनि लगभग हामिले कोभिड संगसंगै अघिल्लो आर्थिक बर्षको बार्षिक प्रगति ७६÷७७ प्रतिशत कार्य सम्पन्न गर्न सफल भएका छौं । बिकास निर्माणको कार्य निरन्तरतानै छ । कोभिडको कारणले धेरै ठुलो असर चाही गरेन । लगभग हाम्रो लक्षमै रह्यो ।

    कोरोनाको कारणले नगरको समग्र विकास निर्माणको कार्यमा कुनै असर परेन र ?

    कोभिडले गर्दा विकास निर्माणमा खासै असर परेको छैन, निरन्तरतानै छ । हालैमात्र जिल्लामा समिक्षा भएको थियो, त्यसमा पनि अन्य स्थानिय तहको तुलनामा कम असर भएको पाएका थियौ । समिक्षाको क्रममा नमोबुद्ध नगरमा कम असर परेको बिषयमा राम्रै चर्चा चलेको थियो ।

    कोरोनाको कारणले बिकास निर्माणमा समस्या परेन भन्नु भयो, राजश्व संकलनमा केही असर पर्यो की ?

    राजश्व संकलन गर्ने लक्ष ७ करोड थियो, हामीले लिएको लक्षमा १९ प्रतिशत मात्रै कमी भयो । काउन्टरमा उठाउने राजश्वमा कुनै असर परेने तर दहत्तर बहत्तरको ठेक्का लगाएकोमा केही समस्या आयो । त्यसो हुनुको प्रमुख कारण लकडाउन अवधिमा अन्य पालिकाहरुले पनि छुट दिएकोले नमोबुद्ध नगरमा पनि छुट दिंदा लक्षमा पुग्न केही समस्या भएको हो । यदि छुट दिनु नपरेको भए सजिलैसंग लक्षमा पुग्न सकिने थियो ।

    विकास निर्माणको कार्यमा नगरवासि तथा जनप्रतीनिधिहरुबाट के कस्तो भुमिका रहेको छ ?

    नगरको विकास गर्ने कामको लागि सवैपक्ष एकजुट भएर अगाडी बढेको पाएको छु । नगरवासिहरु, जनप्रतीनिधिहरु साथै नगरमा रहेका सवै कर्मचारीहरु समेत राम्रो सहकार्य रहेको छ, जसको कारण बिकास निर्माण कार्यमा सहजता भएको छ । सवैतिरको सहयोगले गर्दा नगरको सवै वडा कार्यालयहरु, स्वास्थ्य चौकिहरु निर्माण गर्ने कार्य अगाडी बढेको छ, एसै आर्थिक बर्षमा वडा र स्वास्थ्य कार्यालयको भवन निर्माणको कार्य सम्पन्न हुन्छ । कुनै कुनै वडामा (भौगोलिक दुरीको आधारमा) स्वास्थ्य चौकिहरु दुइ स्थानमा पनि रहन सक्छ । यस नगरको कुनैपनि बिकास निर्माणको कार्यमा विवाद छैन सवैपक्ष एक जुट भएर अगाडी बढेको अवस्था छ । कार्यपालिकाको कुनैपनि बैठकमा पक्ष विपक्ष भएर झगडा भएको छैन ।

    नमोबुद्ध नगरपालिकामा स्वास्थ्य शाखाको अवस्था कस्तो रहेको छ ?

    स्वस्थ्य क्षेत्रमा कोभिडको कारणले असर गर्यो । सुरुमा कोभिडको डर त्रास वडि भयो जसले गर्दा सो समयमा स्वास्थ्य सेवा पुर्याउन अलि गारो भयो । नमोबुद्ध नगरमा स्वास्थ्यमा कर्मचारी अलि कम रहेको छ, जसले गर्दा भनेको समयमा सेवा दिन केही कठिन भयो । पछिल्लो समयमा करारमा लिएर भएपनि कर्मचारीको व्यवस्था हुंदै छ । नगरमा रहेको मेथिन्कोट अस्पताल प्रदेश स्तरको अस्पताल भएकोले सोही ढंगबाट स्तर उन्नति भएको छ । सो अस्पतालको लागि नगरको तर्फबाट पनि धेरै स्रोत साधनहरु जुटाएका छौं । नगरवासिबाट पनि धेरै साथ सहयोग मिलेको छ । जनक मा.विमा ५० बेडको क्वारेन्टाईन र १० बेडको आईसोलेसनको व्यवस्था गरेका थियौं ।

    क्वारेन्टाईनबाट १३० जनालाई सेवा दिन सफल भएका छौं । हाल सम्म नगरमा १९ जनामा पोजेटिभ केशहरु थियो सो मध्य १७ जनालाई नगरको आईसोलेसन कक्षबाटै उपचार भएको थियो । पछिल्लो समयमा आएर विद्यालय सञ्चालन गर्नुपर्ने भएकोले क्वारेन्टाईन बन्द गरेका छौं तर आईसोलेसन कायमै रहेको छ तर आईसोलेसन पनि खालि रहेको छ । सामाजिक सुरक्षा भत्ता वितरण कार्यको सुरुवात भएको छ, सामाजिक सुरक्षाका लाभग्राहिहरु एकै पटक बैंकमा आउने हुंदा अलि भिडभाड हुन्छ जसले गर्दा उहाँहरुमा असर होलाकि भन्ने चिन्ताको बिषय रहेको छ ।

    वातावनरण संरक्षण गर्ने भनेर नगरमा रहेको उद्योगहरुलाई हटाउने काम भयो, वातावरण संरक्षणको लागि कुनै नयाँ योजना अगाडी बढाएको छ की ?

    नगरको योजनामा नगरमा रहेका प्रदुषण जन्य उद्योगहरु विस्थापित गर्ने र धेरै नगरवासिले रोजगारी पाउंने ढंगको वातावरण मैत्रि उद्योगहरु स्थापना गर्ने अभियान चलाएर नगर अगाडी बढेको छ । निर्वाचित जनप्रतीनिधिहरुले काम गर्न सुरुगरे लगतै ०७४ साल साउन १२ गतेबाट सुरुगरेको अभियान हो । प्रदुषण जन्य उद्योगहरुलाई विस्थापन गरेका छौं, सो कार्य जवरजस्ति ढंगबाट नभई धेरै पटकको वार्ताबाट सम्झौता भए अनुसार अगाडी बढेका हौं । सो विस्थापित उद्योगहरु भएको स्थानमा बिशेष प्रकारका प्रोग्रामहरु चलाएका छौं ।
    अघिल्लो बर्ष आलु शुपरजोनसंग समन्वय गरेर आलु खेती गराईयो । सिंचाईको लागि दुई स्थानमा डिप बोरिङ्ग गरेको छौं । अव पुन एक डिप बोरिङ्ग गर्दै छौ । नेपाल जलवायु सह कार्यक्रमबाट १ करोड प्राप्त भएको छ, सो रकम विगतमा उद्योग विस्थापित भएको क्षेत्रमा जलवायु अनुकुलन कार्यक्रमहरु संञ्चालन हुदैछ । कोरोनाको कारण विकास निर्माणका कार्य गर्न केहि समस्या भएपनि अव त्यस्तो हुंदैन केरोनाको कारणले अव कार्यालय कहिल्यै बन्द हुदैन समस्या भएमा आलोपालो गरेर अगाडी बढ्छौ ।

    तपाईले राम्रो काम गरेको भनेर पाँचखाल नगरले सम्मान गरेको भन्ने सुन्नमा आएको छ, नमोबुद्धको जिम्मेवारी सम्हालेपछि कुनै अविस्मरणिय नयाँ ढंगको कार्य गर्नु भयो की ?

    हामी कर्मचारीहरुको भुमिका चाही खासै हुंदैन, सुरुमा म निर्वाचन अधिकृतको रुपमा म यहा आय । त्यसपछि मन्त्रालयमा ५ महिना बसेपछि पाँचखाल नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको रुपमा पाँचखाल गय । पाँचखालमा १५ महिना काम गरे, पाँचखाल जाँदा त्यति सहज परिस्थिति थिएन ,के मानेमा भने चैत सम्म पनि वजेटको पुस्तिका समेत थिएन । कति बजेट ? कति खर्च भयो ? कसरि खर्च गर्ने भन्ने नै थिएन । हिंउदे अधिवेशन पनि भएको रहेनछ, समस्या आएपछि सभाको आयोजना गरेर वजेट तयार गरेर सभाले पास गर्यो । सोही अनुसार बिशेष ढंगबाट लागे । ठुला ठुला बजेटहरु पनि जोडिएका थिए , तपाईहरुले पनि देख्नुभएको कुरो हो ठुलो बजेटमा बन्दै गरेको पोखरी मैले पाँचखाल छोड्ने बित्तिकै प्रोजेक्टले हात झिक्यो । कृषिका प्रोजेक्टहरु पनि संगसंगै अगाडी बडाएको थियो, पाँचखालमा लामो समय बसेर अनुभव गर्न त पाईएन बागमतिमा लिसा भन्ने एउटा प्रोजेक्ट रहेछ, सो प्रोजेक्टले मुल्याङ्कन गर्दा बागमपतमा पाँचखाल १ नं मा परेको रहेछ जस्ले गर्दा मलाई खुसि लाग्यो ।

    नमोबुद्धमा आएपछि कोभिडको कारणले गर्दा उल्लेख्य काम गनैत दिएन तर पनि प्रयास चाही गरेका छौं । वजेटहरु जुटायौं, लक्षअनुसारको कामहरु गरेउ तर आफु सन्तुष्ट हुनेगरी काम गर्न भने पाएको छैन । कोभिडले गर्दा कहिले बन्द, कहिले लकडाउन जस्ता कारणले उल्लेख्य प्रगति भएन । तैपनि त्यस्तो नराम्रो भने छैन । केही दिन अघि भएको समिक्षामा धेरै संञ्चारकर्मीहरु आउनु भएको थियो,उहाँहरुले नमोबुद्धमा धेरै नयाँकुराहरु पाएको भन्दै खुसि हुनुभयो ।
    हिन्दुहरुको महान चाड दशै भित्रिसकेको छ,कोभिडको समयमा मनाउने पर्वको बिषयमा तपाईको धारण के—कस्तो रहेको छ ?

    विश्वमै महामारीको रुपमा फैलिएको कोभिड बाट नेपालपनि अछुतो रहेन । यतिखेरको तथ्याङ्क हेर्दा नेपालमा करिव पिकमा पुग्न लागेको जस्तो लाग्छ । यस्तो समयमा नेपालीहरुको महान चार्ड दशै तिहार र छड आएको छ । यो बेला चाही हामीले कोभिडको कारणले चाड पर्व मनाउने बिषयमा असर गरेको छ, त्यसकारण हामी आफै एसमा सजग हुन जरुरी छ । दशै मनाउंदा दुरी कायम गरेर आफ्नो घरबाट सम्भव भएसम्म बाहिर नगईकन दशै मनाउन जरुरी रहन्छ । शक्ति पिठहरुमा जानुको बदला घरबाटै पुजा गर्ने, भिडभाडमा नजाने स्वास्थ्यलाई ख्याल गर्दै सुरक्षीत ढंगबाट पर्व मनाउनु पर्छ । दशैंको अवसरमा धेरै ठुलो शत्तिल भएको भगवानको पुजा गर्र्छौ जसले गर्दा कोरोनाबाट मुक्ति मिल्नपनि सक्छ ।

    दशैको विदामा नगरवासिहरुलाई कोरोनाको कारण समस्या भएमा के कस्तो तरिकाले सहयोग गरीन्छ ?

    कार्यालय बन्द भएपनि विदाको समयमा कुनैपनि समस्या आएमा हामी विदा भनेर बस्दैनौ नगरवासिहरुको कुनैपनि समस्यामा साथ दिनु हाम्रो कर्तव्य हो । अत्यावश्यक सेवाहरुलाई बिदाको समयमा पनि आलोपालो गरी सेवा दिन्छौ । अन्तमा हिन्दुहरुको महान पर्व विजया दशमिको अवसरमा सम्पुर्ण नगरवासि, जनप्रतीनिधिहरु, स्वदेस तथा विदेशमा रहनुहुने सम्पुर्ण नेपालीहरुमा हार्दीक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार