२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

ठुला व्यवसायीहरु आएमा उनिहरुको पुजीको सुरक्षाको साथै सघाउछौं, प्रधानमन्त्रीको धुन्धुकारी प्रवित्तिले गर्दा मुलुकमा समस्या आयो


४८२४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ फागुन १८, मंगलबार मा प्रकाशित ३ साल अघि
  • दिनानाथ गौतम (प्रयास)
    चौरीदेउराली गाउंपालिका अध्यक्ष

    काभे्र जिल्लाको साविक पोखरीचौरी (छ घरे) मा पिता भवनाथ गौतम तथा माता मनमायाँ गौतमकोे कोखबाट २०२० साल पुष १० गते जन्मनु भएका दिनानाथ गौतम (प्रयास) बाल्यकालबाटै समाजसेवामा रुचि राख्नु हुन्थ्यो । २०३६ सालमा अखिल छैटौबाट राजनीतिमा प्रवेस गर्नुभएका गौतमले यानप्रसाद गौतम र ईश्वरी दाहाललाई राजनीतिक गुरु मानि उहाँहरुले देखाएको मार्गलाई पहिल्याउने क्रममा हाल पोखरीचौरी गाउंपालिकाको अध्यक्षको जिम्मेवारी सम्हाल्दै आउनु भएका गौतमसंग समसामयिक बिषयमा इश्वरी राजकुमार मैनालीले गरेको कुराकानी अंश ।

    तपाईले चौरीदेउराली गाउंपालिकाको जिम्मेवारी सम्हालेपछि जनताले के कस्ता अनुभुती गर्न पाएका छन् ?

    स्थानिय तहको निर्वाचनबाट हामी निर्वाचित भएर आएपछि र सो भन्दा अगाडीको अवस्थाको बारेमा तुलनात्मक ढंगले हेर्नुपर्छ । हामी निर्वाचित हुनु भन्दा अगाडी जनप्रतीनिधि नभएको अवस्थामा जनताको समस्या सम्बोधन गर्ने बिषय निकै कठिन थियो । जनताका सामान्य कामको लागि पनि सदरमुकाम धाउनु पर्ने अवस्था थियो । जतिबेला सवै कार्यहरु कर्मचारीकै भरमा काम काज हुनथ्यो खासै विकास निर्माणका योजनाहरु खासै हुदैन थियो । जतिबेला जनताको सहभागिता जुटाउने बिषयपनि अलि कठिननै थियो । सिंहदरवारको अधिकार गाउंगाउंमै आउनाको साथै हामी निर्वाचित भएयता जनताहरुले आफ्नो कार्य सहजसंग गर्न पाएका छन् साथै विकास निर्माणको कार्यपनि राम्रो भएको अनुभुति गरेका छन् स्थानियले ।

    स्थानिय तहमा जनप्रतीनिध भएपछि जनताले कस्तो अनुभुती गरेका छन् ?स्थानियलाई कस्तो ढंगबाट सेवा दिनु भएको छ ?

    लामो समय खालि भएको स्थानिय तहमा स्थानिय तहको निर्वाचन मार्फत हामी निर्वाचित भएपछि जनताहरुले हालको संघिय लोकतान्त्रिक गणतन्त्र अन्तरगत जव हामी निर्वाचित भएर आयौ, त्यसपछाडी जनताले पहिलो कुरो राजनीतिक सत्ता आफ्नै घर—आँगनमा भएको जनतालाई अनुभुती भएको छ । विगतमा हामीहरुले भनेअनुसार सिंहदरवार “घरघरमै” आएको छ, जसका कारण नजिकैबाट सेवा सुबिधा लिन पाएका छन् । तर सवै प्रकारको सेवा सुबिधा अझै दिन सकेको अवस्था छैन, अझैपनि कतिपए कुराहरु (स्थानिय तहमा अधिकार छैन) माथिनै केन्द्रित छन् । नागरिक्ता, मालपोत,नापी, बन लगाएतको सेवा लिन अझै सदरमुकनै धाउनु पनेृ अवस्था छ । स्थानिय तहमा के जति अधिकार रहेको छ, ति चाही राम्रै र सहज ढंगबाट सेवा दिदै आएका छौं ।

    तपाईको कार्यकालमा पालिकामा के—कस्ता बिकास निर्माणका कार्यहरु भए ?

    विकास निर्माणको बिषयमा भन्नु पर्दा हाम्रो गाउंपालिका गुर्गम हो, काठमाडौबाट नजिकै हुंदा पनि दुर्गमको रुपमा चिनिने गरेको छ । काभे्रमा कोशीपारी र डांडापारीलाइ विकट (दुर्गम) भेलहरुको रुपमा परिचित छ । चौरीदेउरालीको कृषि क्षेत्रको उत्पादन पनि अन्यत्रको तुलनामा कमी हो, स्रोतका हिषावले पनि कमी छ, त्यतातर्फ मध्यनजर राख्दै स्थानियहरुलाई के—कस्ता ढंगबाट जिवनस्तर उकास्ने भन्ने बिषयमा केन्द्रित रहेर हामी निरन्तर रुपमा अगाडी बढेका छौं ।

    चौरीदेउरालीमा खानेपानीको निकै समस्या छ भन्ने सुन्नमा आएको छ, कसरी समाधान गर्दै हुनुहुन्छ ?

    चौरीदेउरालीको भौगोलिक अवस्था पनि अलि जटिल रहेको छ , ०७२ मा विनासकारी महांभुकम्प आएपश्चात सवैभन्दा पहिलो समस्याको रुपमा खानेपानीको समस्या भयो । जसका कारण पालिकाको ६ ओटा वडाहरु सुख्खाग्रस्त रुपमा रहन गयो । भुकम्पका कारण पानीका मुलहर सुकेर समस्या आएपछि हाम्रो प्राथमिकता स्थानियलार्य सहज ढंगबाट पानीको व्यवस्था गर्ने रहेर एकघर एक धाराको अभियानमा लाग्यौं । हामी निर्वाचित भएपछि सुरुगरेको अभियानको काम चार भाग मध्य तीन भाग सम्पन्न भएको छ । अवको केही समयमा पानीको समस्या समाधान हुन्छ ।

    काभे्रको दुर्गम भनेर चिनिने चौरीदेउरालीमा सडकको अवस्था के—कस्तो छ ?

    कोशीपारीलाइ दुर्गम भनेर चिनिने पहिलो कारण यातायातको सुबिधा नभएर हो, भौगोलीक अवस्थाको कारण चौरीदेउरालीमा एकिृत बस्ति विकास गर्न संभव छैन । तरपनि हाम्रो अर्को अभियान भनेको एकघर एक धारा भनेजस्तै एकघर एक बाटो हो । भुगोलको हिषावले गर्दा प्रत्तेक घरमा बाटो पुर्याउन सकिन्छकी सकिन्न हाम्रो ध्यान त्यता केन्द्ति भएको छ । हामी निर्वाचित भएपछि सडक बनाउने बिषयलाई प्राथमिकता दिदै गर्दा हाल प्रत्तेक टोलमा बाटो पुर्याउन सफल भएका छौं । चौरीदेउराली गाउंपालिकाको कुनैपनि टोलमा बाटो नपुगेको ठाउ छैन, बर्षातमा नभनौ हिंउदमा चाही प्रत्तेक टोलमा सहज ढंगबाट सवारी साधन पुग्छ ।

    चौरीदेउरालीमा शिक्षाको अवस्था राम्रो छ भन्ने सुन्नमा आएको छ, कस्तो खाले शिक्षाको कल्पना गरेर अगाडी बढ्नु भएको छ ?

    चौरीदेउरालीमा शिक्षाको क्षेत्रमा पनि धेरै सुधार गरेका छौं । हामी निर्वाचित भएपछि परम्परागत खालको वेरोजगार मात्रै उत्पादन गर्ने शिक्षा भएकोमा हामीले परम्परागत ढंगको शिक्षाले मात्रै कुनै काम गर्दैन भन्ने ठहर गर्दै शिपमुलक, रोजगार मुलक शिक्षा दिनसके हुनेथियो भन्ने उद्देस्यले अगाडी बढेका छौं । चौरीदेउरालीमा रहेका चार माबिहरुमा प्राबिधिक शिक्षा चलाएका छौं । त्यसमध्य दुईमा कृषि र एकमा भेटेसेनरी र अर्कोमा आईटि चलेको छ । पालिकामा बहुमुखी क्याम्पस चलेको छ, त्यसलाइ पनि अपगे्रट गरीरहेका छौं । पालिकामा रहेको सवै बिद्यालयलाई प्राविधिक तर्फ लानुपर्छ भनेर अगाडी बढीरहेका छौं । पुर्वाधार भएका र संञ्चालन गर्न सम्भब रहेकाहरुलाई प्रबिधिक शिक्षा चलाउछौं । कृषिमा डिब्लोमा समेत सुरु गरेका छौं । तल्लो तहमा पनि आधुनिक गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देस्यले बैकल्पिक शिकाईका बिधिहरु अपनाएका छौं । नीजि बिद्यालयमा अंगे्रजी माध्यमबाट पढाउने भएकाले बिद्यार्थीहरुको पनि अंगे्रजी माध्यम प्रति आकर्षण भएकोले पालिकामा रहेको सरकारी विद्यालयमा पनि अंगे्रजी माध्यमबाट शिक्षा सुरुगरेका छौं । शिक्षालाई गुणस्तर मुलक, रोजगार मुलक, सिपमुलक बनाउनाको निमित्त हामी केन्द्रित भएका छौं । कतिपय विद्यालयमा विद्यार्थीहरुको संख्या कम भएकोले मर्ज गर्नेकाम समेत गरेका छौं । पालिकामा ५९ विद्यालय थिए मर्ज गरेपछि हाल ३९ ओटा विद्यालय रहेको छ ।

    प्रदेशकै पहिलो अस्पताल बनेको चौरिदेउरालीमा स्वास्थ्य क्षेत्रको अवस्था के—कस्तो रहेको छ ?

    स्वस्थ्यको क्षेत्रमा हामीले निकै प्रयास गर्दै गर्दा हाम्रो प्रदेश अन्तर्गत पहिलो अस्पतालको रुपमा १५ शैयाको अस्पताल निर्माण भएको छ । पालिकाको सवै वडामा स्वास्थ्य चौकीहरु रहेका छन् । जनताको सेवाप्रति हामी संवेदनसिल भएका छौं । जनस्वास्थ्यमा सरोकार राख्ने बिषयहरु जनताको घरदैलोमै के कसरी स्वास्थ्य सेवा उपलब्ध गराउने बिषयमा घुम्ति टोली स्वास्थ्य शिविर संञ्चालन गर्नेकार्यलाई निरन्तरता दिएका छौं । स्वास्थ्यका क्षेत्रमा पालिकाको तर्फबाट लगानी गरेको छ । हामीले ७० बर्ष उमेर पुगेका जेष्ठ नागनीकहरुलाई निःशुल्क उपचार गर्ने तयारीका साथ अगाडी बढेका छौं । महिलाहरुको बिभिन्न स्वास्थ्य समस्याहरु सिमित स्रोत साधनबाट समाधान हुने भएमा यहि उपचार गराउंछौं । स्वास्थ्यमा कुनै समस्या भएमा उपचारको लागि टाडा धाउनु पर्ने अवस्थाको मुक्तीको मार्ग पहिल्याउंदै छौ ।

    कृषिको माध्यमबाट आमुल परिवर्तन गर्ने तयारी गरेको छ भन्ने सुन्नमा आएको छ, के छ त्यस्तो आमुल परिवर्तन गर्ने योजनाहरु ?

    चौरीदेउराली गाउंपालिकामा कृषिको लागि भुगोलको अवस्थालाई मध्यनजर राख्दै कार्य गर्दै छौं । पालिकामा कृषि उत्पादन अझै परम्परागत ढंगबाट हुदै छ, निर्वाहमुखि उत्पादन प्रणालिले गर्दा कृषकको जिवन स्तर उक्सन नसक्ने भएकोले व्यवसायिक कृषि प्रणालिको लागि प्रयास गर्दै छौं । कृषिमा व्यवसायिकरणको लागि अनुदान दिने गरेका छौं, गुणस्तरीय विउ उत्पादनको लागि कृषकलाई जागरुक बनाएका छौं । मौसमी तथा बेमौसमी तरकारीको लागि पकेट क्षेत्रहरु बनाउने कार्य अगाडी बढेको छ । जमिनलाई चक्लाबन्दि गरी खेती गराउने र विउ उत्पादनलाई प्राथमिकता दिएर अगाडी बढेका छौं ।

    भैसी सुतकेरी भक्ताको व्यवस्था गर्दै पशुपालनलाई प्राथमिकता दिनु भएको छ थप नयां ढंगको के कस्ता कार्यहरु छन् पशुपालनको क्षेत्रमा ?

    पशुपालनको क्षेत्रमा मासु र दुधबाट कृषकहरु आत्मानिर्भर रहेको छ , गाउंपालिकामा खसिवोकाहरु पर्याप्त मात्रामा रहेको छ । गाउंपालिकामा आवश्यक मासु आयात गर्नुपर्ने अवस्था छैन, अन्यत्र निर्यात हुने गरेको छ । पशुपालनलाई व्यवस्थित गर्नको लागि उन्नतजातको उन्नतजातका बाख्रा तथा बोकाहरुको व्यवस्था गर्ने , उन्नत जातका गाई भैंसि, बङ्गुरहरु पालन गर्ने वातावरण मिलाउनको लागि पालिकाले अनुदानको व्यवस्था गरेको छ । भैसि पाल्ने कृषकहरुलाई हौसला दिने उद्देश्यले भैसि सुतकेरी भत्ताको व्यवस्था गरेका छौं । पशुपालनमा सहज रहोस भनने उद्देस्यले उन्नतजातका डाले घाँस तथा अन्नवालिको विउको लागि अनुदानको व्यवस्था पालिकाले गरेको छ ।

    तपाईको कार्यकालमा सम्पन्न गरेको बिकास निर्माणको काममा सन्तुस्ट हुनुहुन्छ ?

    हामिले ३ बर्षको अवधिमा पर्याप्त काम गरेका छौं, तरपनि हामी आफैलाई अझै विकास निर्माणका कामहरु गर्न नपुगेको आभास हुंदै छ । आन्तरिक स्रोत नहुनाले गर्दा सोचे अनुसारको काम गर्न अझै सकेका छैनौ । आन्तरिक स्रोत नहुंदा केन्द्रबाट आउने अनुदानको भरमा विकासका कार्यहरु गर्दै आएका छौं । ठुलाठुला व्यवसायिहरु, कलकारखानाहरु संञ्चालन गर्नेहरुलाई स्थानिय तहबाट आह्वान गर्ने गरेका छौं । दुर्गम स्थान भएकोले ठुला लगानी कर्ता आएको अवस्था छैन कोही व्यवसायीहरु आएमा उनिहरुको पुजीको सुरक्षाको साथै सघाउछौं ।

    मुलुकमा पछिल्लो राजनीतिक फेर वदलको बिषयमा तपाई लाई कस्तो महसुस भएको छ ?

    पछिल्लो राष्ट्रिय राजनीतिक फेरबदल हिषावले दुई ठुला कम्युनिष्ट पार्टी मिलेर संविधान घोषणा भसकेपछाडी राज्यको पुनसंरचना भयो । पुनसंरचना भैसके पछाडी तीन तहका सरकार बन्ने भनेर तीनै तहका सरकारहरु गठन भए निर्वाचन भयो । दुई ठुला कम्युनिष्ट पार्टीहरु मिलेर निर्वाचनमा गएपछि जनताको उत्साह पैदा भयो र जनताले विस्वस गरे जसको कारण दुई तिहाई मत जाहेर गरे । दुई पार्टीका विचमा एकता पनि भयो, पछिल्लो समयमा संसद विघटन हुने परिघटना सामान्य खालको थिएन । जसको कारण न्यायालयले नेपाली जनतालाई न्याए दियो । नेपालमा कम्युनिष्टहरुको दुइतिहाईको सरकार वनेको देखेर वाह्य शक्तिहरु (जो समाजवादलाई रुचाउंदैनन्, समाजबादको अन्त्य भयो भनेर विगतबाटै हल्ला पिटाउनेहरुले) शैह्य नभएर जनताका विरोधि शक्तिहरुले पार्टी फुटाउने कार्यमा मलजल गरे । पार्टी फुटेपछि जनतामा निरास पैदा भयो तर सधैभरी निरासमा बस्दैन ।

    पार्टी फुटका कारण जनताले बुझिहाल्छ, दलहरुको मातहतमा सरकार चलेको हुन्छ । दलहरुले चाहेमा सरकारको फेरवदल गर्न सक्छन् । यो स्थितिमा प्रधानमन्त्री अलि स्वच्छाचारी ढंगले अगाडी बढ्दा समस्या आएको हो । पार्टीले सरकार चलाउने नभई सरकारले पार्टी कन्ट्रोल गर्ने जस्तो अवस्था आएको हो । जसका कारण अन्तरविरोध सुरुभयो सो उत्कर्षमा पुगेकोले औपचारीक रुपमा नफुटेपनि पार्टी फुट्यो । नेपालमा जुन ढंगको कार्य भएर यो स्थिति पैदा भयो—यसमा सवभन्दा पहिला कुरो चाही प्रधानमन्त्री केपी ओली संघिएताको पक्षधर हुनुहुन्नथ्यो ।

    विगतमा संघियताको लागि लड्दा त्यो आन्दोलनलाई अश्वीकार गरेर वयलगाडा चडेर अमेरीका जाने भन्ने खालको अभिब्यक्ति दिएकै हो ।
    प्रधानमन्त्री ओलीलाई सिस्टम प्रतिनै अविस्वास हो भन्ने निस्कर्ष हो भन्ने मलाई लागेको छ । प्राप्त उपलब्धीहरु जे छ यस्लाई स्वीकार गर्न गाह्रो भएको जस्तो देखिन्छ । न्यायालयले जनताप्रतिको विस्वास धानी राखेको छ । कानुन र जनताको पक्षमा फैसला भएकोले राम्रो भएको छ । दुईतिहाईको बहुमतको आफ्नो सरकारलाई आफैले काम गर्न दिएन भनेर विघटन गर्नु प्रधानमन्त्रीको धुन्धुकारी प्रवित्ति, भष्मासुरे प्रबित्ति र कालिदासको (टुप्पातिर बसेर फेदतिर हाँगो काट्ने) प्रवित्ति हो । त्यै ढंगबाट केपी ओली अगाडी बढेको छ, अन्तराष्ट्रिय शत्तिहरु जस्ले नेपालमा सम्बुद्धि नचाहनेहरुको पिछा गर्दै प्रधानमन्त्रीले सिंगो प्रणालिलाई ध्वस्त पार्ने ढंगले अगाडी बढेको कुरा नेपाली जनताले राम्रोसंग बुझेका छन् ।

    अन्तमा केही भन्न चाहनु हुन्छ की ?

    मेरो आफ्नो भनाई र चौरी देउराली गाउंपालिकाको बारेमा आम पाठक समक्ष जमर्को गर्नुभएकोमा आभार व्यक्त गर्दछु । स्रोत प्रभातफेरी साप्ताहीक….

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार