२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

नगरको हितको खातिर मिटिङ्क भत्ताहरु कटौती गरेर अगाडी बढेको छ पाँचखाल


६१२२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ जेष्ठ १८, मंगलबार मा प्रकाशित २ साल अघि
  • शिव प्रसाद हुमागाई
    प्रमुख प्रशाससकिय अधिकृत

    काभ्रेपलाञ्चोक जिल्ला पर्यटकिय नगरीको रुपमा परिचत धुलिखेल नगरपालिका वडा नं ९ काभ्रे भञ्ज्याङ्गको अती रमणिय स्थलमा पिता देविप्रसाद हुमागाई तथा माता चन्द्रमाई हुमागार्यको कोखबाट २०२८ साल फाल्गुण २ गते जन्मनु भएका शिवप्रसाद हुमागाई मिलनसार सालिन साथै भद्र हुनुहुन्छ । २०५७ साल अशार १ गते नेपाल सरकारको शाखा अधिकृतबाट सेवा प्रवेश गर्नुभएका हुमागाईले स्वास्थ्य मंत्रालयमा ५ बर्षs, उद्योग मन्त्रालयमा ७ बर्ष, सञ्चार मन्त्रालयमा १ बर्ष, अछामको सिन्धुली र उदयपुरमा स्थानिय विकास अधिकारी (एल.डि.ओ), उदयपुरको चौदण्डी गडी नगरपालिकामा दुई बर्ष प्रमुख प्रशाससकिय अधिकृतको जिम्मेवारी सम्हाल्दै लामो अनुभवहरुको साथमा आफ्नो जन्म जिल्लामा रहेको पाँचखाल नगरपालीकामा २०७७ साल असोज २१ गतेबाट प्रमुख प्रशाससकिय अधिकृतको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ ।
    पाँचखाल नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा रहेर कार्य गर्दै आउनु भएका हुमागाई नगरको अन्य विबिध खर्चहरुलाई कम गर्दै विकास निर्माणलाई प्राथमिकता दिदै अगाडी बढ्नु भएको छ । जिल्ला वासि भएको नाताले नगरको विकास निर्माणको लागी निरन्तर रुपमा अगाडी बढ्नुभएका प्रशासकीय अधिकृत हुमामगाइले स्नाकोक्तर सम्मको शिक्षा हसिल गर्नुभएको छ ।
    कोभिडको महांमारीको समयमा समेत नगरवासिहरुको हितको खातिर निरन्तर रुपमा अगाडी बढ्नुभएका हुमागाईसंग समसामयिक बिषयमा ईश्वरी राजकुमार मैनाली (आइ.आर.कें) ले गरेको कुराकनी अंश‘..

    धेरै लामो अनुभवका साथमा पाँचखाल नगरपालिकाको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ, तपाई जिल्लावासी समेतको नाताले पाँचखालमा के कस्ता नयाँ ढंगको योजनाहरु अगाडी बढाउनु भएको छ ?

    पहिलो कुरात २०७१ सालमा पाँचखाल नगरपालिका स्थापना भएपछि सिस्टमले नै चलेको नगरको रुपमा परिचित छ । यो नगर स्थापना भएयता खासै ठुलो समस्या भएको पाईन्न । मैले पाँचखालको जिम्मेवारी सम्हाल्न आउंदै गर्दा पनि पुर्ण रुपमा परिवर्तन नगरी नहुने त्यस्तो केही देखिएन । यस नगरमा कर्मचारीहरु प्रसस्त रहेको साथै कर्मचारहिरुले आफ्नो जिम्मेवारीहरु सहज साथै सरल ढंगबाट निर्वाह गरेको देखियो । मैले जिम्मेवारी सम्हालेपछि आफ्नो तहबाट गर्नुपर्ने कार्यहरु सकृयरुपमा सकारात्मक शोचका साथ गर्दै अगाडी बढेको छु ।

    तपाईको पाँचखाल आगमन भए यता विकास निर्माणका कार्यहरु के—कति, कुन ढंगले भएको छ ?

    विकास निर्माणको कुरा गर्दा नगरपालिकाले पुर्वाधारमा प्राथमिकता दिएको छ । पुर्वाधार मध्यपनि सडक, खानेपानीलाई बिशेष प्राथमिकता दिएको छ , लगभग प्रत्येक वडामा कालोपत्रे सडक पुर्याउने कार्य भएको छ । त्यसैगरी पाँचखाल नगरको भविष्यसंग जोडिएको पाँचखाल सुनकोशी खानेपानी आयोजना सुरुभएको छ । बृहत खानेपानी आयोजनाले समेट्न नसकेको स्थानहरुमा नगरको स्रोत र साधन परिचालन गरेर एक घर एक धारा पुर्याउने तयारी गदै अगाडी बढेको छ र यस्लाइ यो आर्थिक बर्षमा पुरा गर्ने लक्ष लिएका छौं ।

    पाँचखाल नगरले अघिल्लो आर्थिक बर्षमा घाटा बजेट सार्वजनिक गरेको भनेर सुन्नमा आएको छ, सो घाटा वजेटलाई कसरी व्यस्थापन गरीदै छ ?

    त्यसलाई ठ्याक्कै घाटा वजेट नै भनेर भन्नत मिल्दैन, तर के हो भने आन्तरिक स्रोत वडी अनुमान गरीएको रहेछ । सुनकोशी नदिमा नदीजन्य पदार्थ बिक्री वितरण गर्ने, कोशिदेखाको छेउमा तिमाल वेसीमा ढुंगाखानी सञ्चालन गरेर आर्थिक स्रोत संकलन गरी विकास निर्माणमा लगानी गर्ने सोचका साथ वजेट प्लानिङ्ग गरेको रहेछ तर सो सम्भब नहुदा केही समस्या आएको हो । नगरले लिएको सोच अनुसार कार्य नहुदा निकैनै रकम अभाव भएको हो । त्यसमा पनि हामिले दुईटा सोचका साथ अगाडी बढेऊ, आन्तरिक स्रोतबाट अनुमान गरेको नपुग रकमलाई सहिविन्दुमा ल्याउनको लागि नगरको विकास निर्माणको कार्यलाई इ—विडिङ्ग मार्फत ठेक्कापट्टा कार्य गर्ने निर्णय गरीयो । जसबाट विकास निर्माणको कार्यमा विलोबाट ठेक्का लाग्दा ८ करोड जती वच्न गयो । नगरले अर्को सोच भनेको नभै नहुने बाहेक अत्यन्त आवश्यक बाहेक अरु प्रोग्रामलाई कटौती गर्दै अगाडी बढ्यौं र नगरको प्रशासनिक अपे्रसन कष्टमा वित्तिय हिसावले संञ्चालन गरीयो । कर्मचारी तथा जनप्रतिनिधिहरुले पाउने मिटिङ्क भत्ताहरु समेत लगभग कटौती गरेर नगरको हितको खातिर अगाडी बढ्दै जाँदा यो आर्थिक बर्षको बजेटलाई सन्तुलनमा ल्याउने प्रयास गरेका छौ ।

    नगरले विकास निर्माणको लागि छुट्याईएको बजेट फ्रिजहुने अवस्था छ की ?

    छैन सम्पुर्ण रकम खर्च हुन्छ , हुन त कोभिड १९ ले यस नगरपालिकालाई पनि गाँजेको छ । यसका बावजुद पनि हामीले साथीहरुलाई सुरक्षित रहंदै स्वास्थ्य मापदण्ड पालना गर्दै आप्mनो क्रियाकलापहरु निरन्तर रुपमा अगाडी बढाउन उत्पे्ररणा गरिरहेका छौं । निर्माण व्यवसायीहरुले पनि स्वास्थ्य मापदण्डहरु पालन गर्दै समुदायमा कोभिडको संक्रमणलाई बढाउन नदिन आफ्ना क्याम्पमा रहेका मजदुरहरुलाइ क्याप्ममै शुरक्षित ढंगले राखेर कार्यलाई अगाडी बढाएको छ, जसले गर्दा नगरको बजेट मार्फत अगाडी बढेको पुर्वाधारको कामहरु लगभग पुरा हुन्छ । नगरको बजेट कम छ र अन्यत्र भएका हाम्रा कृयाकलापहरु चैत्र महिनाभित्रै सम्पन्न गरिसकेका छौं ।

    कोभिड १९ को महांमारीलाई नियन्त्रण गर्न पाँचखाल नगरपालीकाले के—कस्तो उपायहरु अपनाएको छ ?

    कोभिड १९ को बिषयमा भन्नु पर्दा पाँचखाल नगरपालिकाले गतबर्ष पनि कोभिड १९ को नियन्त्रण गर्न व्यवस्थापनको लागि निकै महत्वपुर्ण प्रभावकारी भुमिका खेलेको सर्वविदितै छ । बिचमा केही समय कोभिडको महांमारी घटेकोले हामीले हाम्रो तयारीलाई जारी राखेका थियौं । नगरवासिहरुलाई कोभिड १९ ले पुन असर गर्न सक्छ भन्ने सोचका साथ हामी चनाखो रहंदै आएका थियौं । पछिल्लो समयमा कोभिड ह्वात्तै बढ्यो यसको जोखिमबाट बच्नको लागि नगरको स्रोत र साधनले भ्याएसम्म व्यवस्थापन पक्षलाइ मजबुत बनाएर लानुपर्छ भन्ने सोचमा जनप्रतिनिधिहरु हुनुहुन्छ सोही अनुसार हामीले पनि साथ र सहयोग दिएका छौं । गतबर्ष बाटै सञ्चालनमा आएको समाजकल्याण प्रा.वि आईसोलेसन सेन्टरमा १५ बेडको अक्शिजन सहितको व्यवस्था मिलाएका छौं । हामीसंग रहेको अक्शिजन सिलिण्डरले मात्रै नपुग्ला भनि अक्सिजन उत्पादन गर्ने मेसिनको समेत व्यवस्था गरेका छौं । बिद्युत नभएको समयमा समस्या हुने सम्भावनालाई मध्यनजर राख्दै जेनेटरको समेत व्यवस्था गरेका छौं ।

    मेयर, उप—मेयर साथै प्रमुख प्रशासकिय अधिकृतले प्रयोग गर्दै आएको सवारी एम्बुलेन्सको रुपमा परिणत गर्ने निर्णय भएको भन्ने सुन्नमा आएको छ यस्तो निर्णयले केही समस्या निम्त्याउंछ की ?

    पाँचखाल नगरपालिकामा चारवटा एम्बुलेन्स रहेको छ, सो एम्बुलेन्स मार्फत विरामीहरुलाई सेवा दिदै आएका छौं । महांमारीमा संक्रमितको संख्या बढ्दै गएमा हामीसंग भएको एम्बुलेन्सले नभ्याउने अवस्था आउन सक्ने सम्भावनालाई मध्यनजर राख्दै नगर प्रमुख ज्युले प्रयोग गर्दै आउनुभएको सरकारी गाडी र उहाँको नीजि गाडी, नगर उप—प्रमुखले चढ्दै आउनुभएको सरकारी गाडी र प्रसाशकिय अधिकृतले प्रयोग गर्दै आएको सरकारी गाडी गरी चारवटा सवारी साधनलाई पनि एम्बुलेन्सको रुपमा प्रयोग गर्ने निर्णय गरेका छौं ।

    नगरवासिहरुको पिसिआर परिक्षणको बिषयमा नगरपालिकाले के—कस्तो योजना ल्याएको छ ?

    पाँचखाल नगरमा पिसिआर जाच्ने मेसिन त छैन, प्रयोगशालामै पठाउनु पर्ने हुन्छ । नगरवासिहरुमा कोरोनाको कुनै लक्षण देखा परेमा परिक्षण गर्ने गरेका छौं । स्वाब लिने क्रममा भिडभाड हुन नदिनको लागि साथै स्वाब संकलन गर्ने क्रममा नगरवासिहरुलाई सहज होस भन्ने उद्देश्यले वडा वडामा गएर स्वाव संकलन गर्ने कार्य गर्दै आएका छौं । परिक्षण गर्दा पोजेटिभ देखिएकाहरुको उचित व्यवस्थापन मिलाउने कार्य गरीरहेका छौं ।

    कृषि नगरीको रुपमा अगाडी बढेको पाँचखालको विकास निर्माण साथै कृषिको क्षेत्रमा के कस्ता योजनाहरु अगाडी बढाएको छ ?

    हाम्रो नारामा पाँचखाल नगर कृषि शहर छ, तर प्राप्त साधन र स्रोतको आधारमा जुन किसिमले कृषिलाई प्राथमिकता दिनु पर्ने थियो त्यो केही मात्रामा कमै भएको छ । वजेट वितरण गर्दा चाही हाम्रो जम्मा वजेटलाई ५ वटा बिषयगत क्षेत्रमा साथै उप शिर्षकहरुमा समेत बजेट बाँडेका छौं । त्यसमा पनि हरेक वडाबाट समेत कृषिको कार्यक्रममा वजेट परेको छ । उहाँहरुले आफ्नो प्राथमिकता कृषिको कार्यक्रम राख्नु भएको छ । वडाले कृषिको लागि छुट्याएको वजेटमा सपोर्टको लागि नगरले बजेट व्यवस्था गरेको छ ।

    कृषकलाई नगरपालिकासंग जोडिईरहने किसिमका कामहरुको लागि बाँडफाँड गरेर अगाडी बढाउंदै छौं । नगरवासिहरुको जिवन धान्ने मुख्य व्यवसाय कृषिनै भएकोले सिंचाईको लागि ठुला आयोजनाको खोजिमा जुटेका छौं भने यहाँ भै रहेका खोल्छिहरुको पानीलाई संरक्षण गर्ने बिषयमा योजनाहरु अगि सारीएको छ । उन्नत जातको विउविजन उपलब्ध साथै रोगको प्रकोपलाई नियन्त्रण गर्ने बिषयमा नगरले योजना अघि सारेको छ ।

    कोभिड १९ को कारण शैक्षिक क्षेत्र तहसनहस भएको अवस्थामा पाँचखाल नगरले शैक्षिक क्षेत्रको बिषयमा के कस्तो सोच राखेको छ ?

    शिक्षा, स्वास्थ्य नै अन्योलमा परेको छ , हतार हतार गर्दै परिक्षा लिने तयारीमा थियौं तर महांमारीले गर्दा परीक्षा रोक्नुपर्ने अवस्था आयो । प्रत्यक्ष रुपमा शिक्षा लिन सक्ने अवस्था नभएकोले अनलाईन माध्यमबाट शिक्षा प्रदान गर्ने जमर्को गरेका छौं । अघिल्लो बर्षपनि अनलाईन शिक्षा चलाएको थियो, त्यति प्रभावकारी भएन भन्ने गुनासो आएको छ । विगतलाई मध्यनजर राख्दै अनलाईन शिक्षालाई कसरी प्रभावकारी वनाउने भन्ने बिषयमा शिक्षा शाखाका साथीहरुसंग छलफल भईरहेको छ ।

    तपाईले धेरै स्थानिय तहमा कार्य गरी सक्नुभएको छ , अन्य र पाँचखालमा केही भिन्नता पाउनु भयो ?

    नेपालमा ७५३ स्थानिय तह छन्, ति तहहरु प्रत्यक्ष अप्रत्यक्ष रुपमा नेपाल सरकारले वनाउको कानुनकै आधारमा स्थानियतह पनि सञ्चालन भएको हुन्छ । जसको कारण समग्रमा धेरै फरकचाही छैन तर यस नगरपालिकामा अन्यको तुलनामा पुर्वाधार विकास निर्माणको कार्यमा भने फरक देखिएको छ । अन्यत्र विकास निर्माणको कार्यमा पाँचखालको जस्तो अन्यत्र छैन । यहाँ राम्रो तरिका अपनाएर इ—विडिङ्ग मार्फत ठेक्कापट्टा मार्फत बिकास निर्मााणको काम हुनु राम्रो पक्ष हो ।

    नगरको केन्द्र बिन्दु भएर बगेको झिगखोलाको बारेमा केही सोचेको छ नगरले ?

    झिगु खोलामा ठाउंठाउमा बाँध बाँधेर सिंचाईका व्यवस्था मिलाउने , जमिनलाई रसिलो वनाउनको लागि अरु धेरै बिषयका उपायहरु हुन्छन् । त्यो बिषयमा अध्ययन गरीसकेका छौं । जसअनुसार अरनिको राजमार्ग भन्दा २ कीलोमिटर माथी बाँध बाध्दा जसवाट जमिनमा पानी रिचार्ज गर्न सकिन्छ भन्ने रिपोर्ट आएको छ । बाँध बाध्नु भन्दा पहिले डिपिआर तयार गर्नु पर्ने हुन्छ, यो कार्य अलि महंगो हुंदो रहेछ ।

    स्थानिय तह सञ्चालनको क्रममा जनप्रतिनिधिहरुबाट केहि समस्या भएको छ की ?

    स्थानिय तह संञ्चालनकोे लागि जनप्रतिनिहरुबाट धेरै सहयोग मिलेको छ । योे बिषयचाही अत्यन्त गौरवको बिषय हो पाँचखालमा । नगरप्रमुखले आप्mनो नीति निर्माणको काममा बाहेक दैनिक कार्यालय सञ्चालनको क्रममा तपाईहरु स्वतन्त्र हुनुहुन्छ तपाईहरुले आप्mनो नियम कानुनलाई हेरेर विद्यमान सबै कानुमा फरक नपर्ने गरी, कानुनमा कुनै किसिमको चुनौती नआउने गरी स्वतन्त्र रुपमा कार्यालय चलाउनोस मेरो यसमा कुनै किसिमको हस्तक्षेप रहन्न भनेर भन्नुहुन्छ । नगर उप—प्रमुख साथै अन्य सवै जनप्रतिनिधिहरुको भनाई पनि उस्तै रहेको छ, वडा अध्यक्षहरुबाट पनि कुनै हस्तक्षेप छैन सहयोग मिलेको छ ।

    नगरमा रहेका कर्मचारीहरुबाट कस्तो सहयोग पाउनु भएको छ ?

    अन्यत्रको हिसावमा भन्नुपर्दा कर्मचारी स्रोत प्रशस्त रहेको छ । पाँचखाल दुर्गम नभएको कारणले साथै उपत्यकाबाट नजिकै भएको कारणले पनि पाँचखालमा कर्मचारी आउन चाहने, यहाँ आएपछि नगरमा कार्य वातावरण राम्रो भएको कारणले पनि लामो समयसम्म बस्न पाए हुनेथियो भन्ने भावना पनि बिकास भएको पाएको छु । जनप्रतिनिधिहरुको हस्तक्षप नहुने साथै सौहार्द वातावरणले गर्दा कर्मचारीहरु सकारात्मक सोचका साथ कार्यमा जुटिरहेको पाईन्छ । त्यसैले गर्दा नगरपालिकाको उद्देश्य पुरा गर्नको लागि कर्मचारीहरु लाग्नु भएको छ ।

    अन्तमा नगरमा चुनियर आएका जनप्रतीनिधिहरुको बारेमा केही वताई दिनोसन .

    वास्तबमा तपाईले जटिल कुरो उठाउनु भयो, म आफु कार्यरत नगरको जनप्रतीनिधिको कारण मलाई पनि नगरमा केही नयाँ ढंगको कार्य गर्ने जोस जाँगर बढेको हो । सोधेपछि यथार्थ कुरा राख्नै पर्छ, पाँचखालले जे जति नजप्रतीनिधि पाएका छन् त्यो पाँचखालको भविश्य निर्माता जस्तो लाग्छ, त्यो पाँचखालको भाग्य हो । मेरा कतीपय स्थानिय तहमा गएका साथीहरु जनप्रतीनिधिकै कारण स्थानिय तह छोड्न आतुर छन् । कहीले काँही मलाई फोन मार्फत गुनासो गर्छन तर मलाई नौलो लाग्छ । साथीहरुकको भनाई सुन्दा म आफु पनि भाग्यमानि ठान्दछु ।
    पाँचखालमा रहेका सम्पुर्ण जनप्रतीनिधिबिच अत्यन्त घनिष्ट राम्रो संबन्ध रहेको पाएको छु । नगरको हितको लागि गरीने कुनैपनि कार्यमा विवाद देख्दिन । कुनैपनि मिटिङ्गमा बिवाद भएको देख्दिन सवैको एउटै धारण रहेको छ । खर्चलाई कम गर्ने, विकास निर्माण गुणस्तरीय गर्ने यो नै सकारात्मक पक्ष हो जनप्रतीनिधिहरुको । मैले गरेको अध्ययनलाई भन्नु पर्दा हालकै तरीकाबाट यसरीनै एक ढिक्का भएर ५ बर्ष सम्म जनप्रतीनिधि अगाढी बढ्नेहो भने पाँचखालले ठुलो फड्को मार्ने प्रवल संभावना रहेको छ । भविश्य सुनौलो छ । यतिखेरको समयमा हामीलाई महांमारीले गाजेको छ, यस्तो जटिल अवस्थामा सामाजिक दुरी कायम गर्दै स्वास्थ्य मापदण्ड पुरा गर्न सवै नगरवासिलाई अनुरोध गर्छु । रोगलाई नियन्त्रण गर्नको लागि जनप्रतिनिधिहरु जसरी लाग्नुभएको छ, सो कार्यलाई हामी कर्मचारीहरुले पुर्ण रुपमा साथ दिएका छौं, त्यसैगरी नगरवासिहरुले पनि साथ दिएमा छिटै महांमारी नियन्त्रण हुन्छ ।

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार