२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

धुर्मुस सुन्तली एकिकृत नमुनावस्ती भूकम्पले ध्वस्त गिरानचौर ठडियो


३८०८ पाठक संख्या

ज्ञानमणि नेपाल कालोटोपी गिरानचौर, सिन्धुपाल्चोक ÷ गएको बैशाख २९ गते दोस्रो विनासकारी भूकम्पको पहिलोवर्ष पुगेको

  • नवसंकेत अनलाईन
  • २०७३ कार्तिक १४, आईतबार मा प्रकाशित ७ साल अघि
  • ज्ञानमणि नेपाल कालोटोपी

    गिरानचौर, सिन्धुपाल्चोक ÷ गएको बैशाख २९ गते दोस्रो विनासकारी भूकम्पको पहिलोवर्ष पुगेको दिन देखि शुरु भएको सिन्धुपाल्चोकको गिरानचौरमा रहेको धुर्मुुस सुन्तली एकिकृत नमुनावस्तीको कार्तिक १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा उद्घाटन गरिएको छ ।

    ३५ रोपनी क्षेत्रफलमा ६५ वटा भूकम्प प्रतिरोधि घरहरुको निर्माण गरिएको इञ्जिनियर अर्जुन न्यौपानेले बताए । यस अघि काभ्रे जिल्लाको भूकम्प प्रभावित गाउँ पहरीवस्तीमा पनि यस समुहले २० वटा नमुना घरहरु बनाई गतवर्ष देखि नै पूनर्निमाणमा सक्रियता देखाएको थियो ।

    गिरानचौरको एकिकृतवस्ती निर्माणमा देश विदेशबाट उल्लेख्य सहयोग आएको थियो । धुर्मुस सुन्तली फाउण्डेशनमा १ लाख ७४ हजार बजेट हुँदा यति ठूलो आयोजना शुरु गरिएको थियो । लक्ष्य अनुशारको काम कसरी सम्पन्न गर्ने भनेर धुर्मुस र सुन्तलीको जोडि निकै चिन्तित थियो । त्यहि चिन्ताले नै उनीहरुलाई एउटा सफलता प्राप्त भयो । यो सफलतामा उनी स्थानियवासी, नेपाल सरकार, मेलम्ची नगरपालिका , नेपाल विद्युत प्राधिकरण लगायतलाई पनि जस दिन्छन् ।

    मेलम्ची नगरपालिका –८, गिरानचौरको नमुनावस्तीमा ६५ वटा घर निर्माण भएका छन् । यसबाट ४ सय २२ जना लाभान्वीत हुने यस वस्तीमा ३ वटा ब्लकमा घरहरु बनाइएको छ । जस मध्ये ब्लक नं. ए मा २३ वटा, ब्लक बि मा २७ वटा र ब्लक सि मा १५ वटा घरहरु बनाइएको इञ्जिनियर न्यौपानेले जानकारी दिए । सबै घरहरुमा ४ वटा कोठा र ट्वाइलेट सहितको व्यवस्था छ । त्यसका साथै बुईंगलको पनि व्यवस्था गरिएको छ । घरहरु अपांगमैत्री र बालमैत्री छन् । पिंढीको पनि निर्माण गरिएको छ । वस्तीमा एउटा सामुदायीक भवन, ३ वटा पार्किङ र ३ चिल्ड्रेनपार्क पनि रहनेछन् । सबैघरहरुको क्षेत्रफल ५७२ वर्गफिट छ । प्रारम्भिक चरणमा प्रतिघरको लागत ६ लाख ९४ हजार १९० रुपैयाँ रहेको भएपनि निर्माण सम्पन्न हुँदा सम्म प्रतिघर करिव १ लाखले लागत वढ्न पुगेको इञ्जिनियर न्यौपानेले जानकारी दिए । सबै तामाङ जातीकै मात्र बसोबास रहने यो बस्ती देशकै नमुनावस्तीको रुपमा विकसित हुने बताइएको छ ।

    गिरानचौरका हिरालाल तामाङ ०७२ बैशाख १२ को भूकम्पमा आफ्नो घर गुमाउनु पर्दा निकै चिन्तित थिए । भएभरको अन्नपात सहित चौपाया समेत घर भत्किएर पुरिएपछि पुरै परिवारलाई कहाँ लगेर पाल्ने भन्ने चिन्ता पनि थपियो । यो गरौं कि त्यो गरौं भन्दा भन्दै १ वर्ष बित्यो । विभिन्न संस्थाले दिएका राहत पनि सकियो । सरकारको अनुदान आउला र घर बनाउन पाइएला भनेर कुरिरहेका उनलाई अकस्मात धुर्मुस सुन्तलीको आगमन भगवान आए झैं लाग्यो । सधैं टेलिभिजनका पर्दामा मात्र देखिने धुर्मुस आफ्नो गाउँ बनाइदिन आएपछि उनी अहिले निकै खुशि मात्र भएका छैनन् वस्ती निर्माणमा प्रत्यक्ष सहभागी पनि भएका छन् । ‘सरकारले पैसा बाँढेर मात्र घर बनाउन नसकिने रहेछ’ – हिरालाल भन्छन् । “धुर्मुस सुन्तलीलाई देश बनाउने जिम्मा दिने हो भने राजनितीक दलका नेताले गर्ने गफ भन्दा उनीहरुले कामै गरेर देखाईदिनेछन् ।” – उनले भने । सरकारले चार्डपर्वमा बाँढेको पैसा खाएरै सकिन्छ । यस्तो पाराले वर्षौं सम्म पनि घर नबन्ने उनको अनुभव छ । सँगैको भोटेचौर भूकम्पले ध्वस्त भएको अहिले पनि उस्तै छ तर धुर्मुस सुन्तलीका कारण गिरानचौर भने अब नमुनावस्तीको रुपमा ठडिदैंछ ।

    गिरानचौरमा घर त बन्ने भयो । अब यो सँगै त्यहाँका स्थानियहरुको आर्थिक प्रगती हुने कार्यक्रम ल्याउन आवश्यक छ । संस्थाले सहयोग गरेर घर बनाईदिएका कारण सरकारले भूकम्पपीडितलाई दिने अनुदान यहाँका नागरिकले पाएका छैनन् । त्यो अनुदानले यहाँका वासिन्दालाई आर्थिक उर्पाजन हुने कार्यक्रम संचालन गर्नु पर्ने इञ्जिनियर न्यौपानेको सरकारलाई सुझाव छ । यसपछि देशका अन्य वस्तीहरुमा पनि आफूले सकेको सहयोग गरिने पनि उनले जानकारी दिए ।

    फोटोः
    तस्विर ः

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार