२०८१ जेष्ठ १, मंगलबार | Tue, 14, May, 2024

काभ्रेमा लघु उद्यम कार्यक्रम सुरु


३१३४ पाठक संख्या

पचास दिनमा एक लाख लघु उद्यम : मन्त्री जोशी धुलिखेल ÷ उद्योग मन्त्री नविन्द्रराज जोशीले

  • नवसंकेत अनलाईन
  • २०७३ फागुन ८, आईतबार मा प्रकाशित ७ साल अघि
  • पचास दिनमा एक लाख लघु उद्यम : मन्त्री जोशी

    धुलिखेल ÷ उद्योग मन्त्री नविन्द्रराज जोशीले पचास दिनमा एक लाख लघु उद्यमी तयार पार्ने घोषणा गरेका छन । शुक्रबार काभे्रको धुलिखेलमा मुलुक मै पहिलो लघु उद्यम कार्यक्रमको सुभारम्भ गर्दै उनले चैत्र २६ गतेसम्ममा एक लाख लघु उद्यम दर्ता हुने दाबी गरे ।
    ‘मुलुकभर लघु उद्यमीहरुलाई प्रोत्साहान गर्ने मन्त्रालयको लक्ष्य अनुरुप काभे्रबाट लघु उद्यम दर्ता अभियानको थालनी गरेका छौ, मन्त्री जोशीले भने, बिशेष गरि विपन्न र निम्न वर्गिय समुदायलाई लक्षित गरि कार्यक्रम ल्याएका छौ ’। दुई दर्जन विपन्न लघु उद्यमीलाई निःशुल्क प्रमाणपत्र वितरण गदै मन्त्री जोशीले मुलुकभर यो अभियान सुरु भएको बताए । उद्योग मन्त्रालय, घरेलु तथा साना उद्योग विभाग तथा घरेलु उद्योग कार्यालयले संयुतm रुपमा काभे्रबाट लघु उद्यम अभियानको थालनी गरेका थिए ।
    मन्त्री जोशीले एक घर एक उद्यम बनाउने लक्ष्य सहित अभियान सुरुवात गरेको बताए । ‘ग्रामीण क्षेत्रमा रहेको स्रोतसाधनलाई उपयोग गदै १० बर्षभित्रमा एक घर एक उद्यमी बनाउछौ’ । उनले भने,‘अव मजदुरी गर्न कै लागि कोही युवा विदेश जानुपदैन, मुलुक मै लघु उद्यम मार्फत बेरोजगारी समस्या हल गदै, आर्थिक समृद्धि हासिल गराउँछौ’ ।
    उनले लघु उद्यम दर्ताका लागि विभागलाई निर्देशन दिएको बताउँदै सबै जिल्लामा निःशुल्क दर्ताका लागि आहाव्न गरेको जानकारी दिए । फरक प्रसंगमा बोल्दै उनले मुलुक निर्वाचनमा होमिन लागेको बताए । ‘अव चुनावका लागि कसैले रोक्ने सक्दैन, सरकारले केही दिन भित्रै निर्वाचनको मिति घोषणा गर्छ’ ।
    कार्यक्रमलाई सम्बोधन गर्दै उद्योग राज्यमन्त्री कञ्चनचन्द्र बादेले छरिएर रहेको स्रोत साधनलाई एकिकृत गदै लघु उद्यम मार्फत मुलुकभर आर्थिक विकास अभियान थालनी गर्न लागेको बताए । उनले काभे्रबाटै यसको सुरुवात भएकाले यसको सहि उपयोग गर्न उद्यमीहरुलाई आग्रह गरे । कार्यक्रममा स्थानीय विकास अधिकारी टेकराज निरौला, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख माधव गौतम, काभे्र उद्योग बाणिज्य संघका उपाध्यक्ष प्रकाश मानन्धर लगायतले लद्यु उद्यम कार्यक्रमले उद्योगीहरुलाई हौसला मिलेको बताए ।
    लघु उद्यमद्धारा उत्पादित विभिन्न घरेलु सामाग्रीहरुको विक्रि वितरण तथा प्रर्दशनी गरिएको थियो । प्रर्दशनीमा हस्तकलाका समाग्री, जडीबुटी, दुग्ध जन्य पदार्थबाट बनेका परिकार तथा स्थानीय स्तरबाट उत्पादित सामाग्रीको प्रदर्शनी गरिएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार