२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

काभ्रेमा बढ्यो चुनावी चहलपहल


३०७० पाठक संख्या

उम्मेदवार छान्न सकस बनेपा / स्थानिय चुनावको मिति नजिकिँदै जाँदा काभ्रेमा चुनावी सरगर्मी बढेको छ

  • नवसंकेत अनलाईन
  • २०७३ चैत्र २७, आईतबार मा प्रकाशित ६ साल अघि
  • उम्मेदवार छान्न सकस

    बनेपा / स्थानिय चुनावको मिति नजिकिँदै जाँदा काभ्रेमा चुनावी सरगर्मी बढेको छ । राजनीतिक दलहरु तल्लो तहदेखि जिल्ला स्तर सम्म भेटघाटमा सक्रिय छन् । भने आकाँक्षी उमेदवारहरु टिकट प्राप्त गर्न दौडधुप गर्न थालेका छन् ।
    काभे्रका प्रमुख तीन दल नेपाली काँगे्रस, नेकपा एमाले र माओवादी केन्द्रले टिकटका लागि गाँउगाँउबाट सिफारिस मागेको भएपनि सबसम्वत एकाद वडा बाहेक सहमती हुन नसकेपछि दलहरुले उम्मेदार छनौट गर्न सकेका छैनन । बैशाख १६ गते मात्र उम्मेदारी दर्ता गर्न निर्वाचन आयोगले कार्यतालिका सवार्वजनीक गरेकाले तत्कालै उम्मदारी छान्नुपर्ने अवस्था नरहेको पार्टीहरुको भनाइ छ । नेपाली काँगे्रस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा सहित अन्य पार्टीहरु अहिले गाउँपालिका, नगरपालिकाका वडा भेला, गाउँ तथा नगर भेलामा सक्रिय रहेका छन् ।
    नेपाली काग्रेसका अनुसार उसले सबैजसो वडा तथा नगरका वडा भेला सम्पन्न गरी प्रशिक्षण कार्यक्रम तर्फ लागेको छ । स्थानीय चुनावमा कार्याकर्ताहरुको राम्रो उत्साह पाएको बताउने नेपाली काग्रेसका नेताहरु इमन्दार नेतृत्व प्रदान गर्ने र काभ्रेका सबै नगर तथा गाउँपालिका जित्ने तयारीका साथ लागेको नेपाली काँग्रेसका जिल्ला सभापति मधु आचार्यले बताए । हामीले प्रत्येक वडा वडामा क्रियाशिलहरुको भेला, उम्मेदार हुनेहरुको नामावली मागिरहेका छौ, गाँउ, नगर बाट सर्वसम्वत आए उनीहरुलाई नै दिने तर सर्वसम्वती नभएमा मात्र क्षेत्र र जिल्लाले उम्मेदारी छान्ने सभापति आचार्यले बताए ।
    नेकपा एमाले पनि आफ्नो संगठन मजबुद बनाउन गाउँ गाउँ पुगेको छ । केन्द्रिय अध्यक्ष नै ल्याएर पार्टीको चुनावी अभियानमा होमिएको बताउने एमाले आफ्नै गुट मिलाउन नसक्दा उम्मेदार छनौट गर्न सकिरहेको छैनन । ओपी र नेपाल दुवै प्यानललाई मिलाएर मात्र टिकट दिनुपर्ने नत्र जुनसुकै परिणाम आउन सक्ने भन्दै नेपाल पक्षले धम्की दिन थालेपछि, ओली समुह हार्ने स्थानमा नेपाल समूहलाई दिने रणनीतिमा लागेको छ । तर नेपाल समूहले प्रभावका आधारमा उम्मेदारी दिनुपर्ने अडान राखेपछि ओली समुह हच्किएको छ ।
    माओवादी केन्द्रले पनि वडा देखि नगर तथा गाउँ सम्म कार्यकर्ता भेलामा जुटेको जनाएको छ । माओवादी केन्द्र पर्ख र हेरको नीतिमा रहेको बुझिएको छ । एकदा गाँउपालिकजिल्लाका सबै स्थानीय तहहरुमा विजय प्राप्त गर्ने योजनामा सहित गाँउपालिका बाहेक अन्यत्र खासै प्रभाव नरहेको माओवादीले अन्य पार्टीहरु सँग साँठगाँठ गरेर भएपनि उम्मेदार उठाउने नीति लिएको एक नेताले बताए । हामी सबै गाँउ, नगरमा जित्ने गरि लागेका छौ, तरपनि कुनै कुनै स्थानमा उम्मेदारीमा साँठगाँठ हुन सक्छ, उनले भने ।
    जिल्लामा ६ ओटा नगरपालिका तथा ७ ओटा गाउँपालिकाका लागि निर्वाचन हुने छ । कुल तेह्र तहका लागि हुने निर्वाचनका लागि १ सय ८९ मतदान तोकिएको निर्वाचन कार्यालयले जनाएको छ । सबै स्थानिय निकायका एक सय पैतिस ओटा वडा रहेका छन् । निर्वाचन कार्यालयले मतदाता शिक्षा समेत दिन सुरु गरेको जनाएको छ । तीन सय ३० जनालाई मतदाता शिक्षा दिइरहेको निर्वाचन कार्यालयले जनाएको छ ।
    अहिले वडा देखि गाउँपालिका तथा नगरपालिकाका लागि उमेदवारको चर्चा हुन थालको छ । राजनीतिक दलमा सक्रिय रहेका समाजसेवी भनी चिनिने देखि जागिरमा रहेकाहरु समेत उमेदवारीका लागि टिकट लिन आफु निकट दलका नेताहरु रिजाउन व्यस्त रहेका छन् । विपक्षीको घोषणा कुरेर बसेका दलहरुले उमेदवारको चर्चा गराए पनि औपचारिक रुपमा घोषणा भने गरेका छैनन् । प्रविधिको विकास सँगै सामाजिक संजाललाई माध्ययम बनाएका राजनीतिक दलका नेता कार्यकर्ता फेसबुक मार्फत जनमत संकलन गरिरहेको पनि पाइन्छ ।
    प्रतिनीधि विहिन बनेको स्थानिय तहको लामो समय पछि हुन लागेको निर्वाचनले स्थानिय स्तर सम्म पारदर्शी ढंगले विकास निमार्ण हुने आशा सहित निर्वाचनका लागि युवाहरु उत्साहित बनेका हुन । दलिय प्रतिनिधिका नाममा स्थानीय तहमा भएका विकास निमार्ण प्रति असन्तुष्टि व्यक्त भइरहेको थियो । स्थानीय निकायको निर्वाचन पछि विकास निमार्णले गति पाउने र थप सेवा सुविधासमेत उपयोग गर्न पाउने उत्साह सहित सबैतिर चुनावी रौनक बढेको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार