२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

जननिर्वाचितलाई काभ्रे क्याम्पसको भव्य स्वागत


३८१२ पाठक संख्या

उच्च शिक्षा क्षेत्रमा सहकार्य गर्नेछुः प्रमुख वादे बनेपा ÷ काभ्रे बहुमुखी क्याम्पस बनेपाले स्थानीय तह

  • नवसंकेत अनलाईन
  • २०७४ अषाढ ३, शनिबार मा प्रकाशित ७ साल अघि
  • उच्च शिक्षा क्षेत्रमा सहकार्य गर्नेछुः प्रमुख वादे

    बनेपा ÷ काभ्रे बहुमुखी क्याम्पस बनेपाले स्थानीय तह निर्वाचनबाट निर्वाचित बनेपा नगरका जनप्रतिनिधिहरुको सम्मानमा आयोजित बधाई तथा शुभकामना कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ ।
    कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनर सिं वादेले बनेपा नगरपालिकाले काभ्रे बहुमुखी क्याम्पससँग उच्च शिक्षाको सवालमा सहकार्य गर्न तयार भएको बताएका थिए । बनेपा नगरमा शिक्षा, खानेपानी र स्वास्थ्यको सवालहरुमा विशेष रुपमा आफ्ना कार्यक्रमहरु अघि सारिने खुलासा गर्दै बनेपाको फोहोरमैलालाई व्यवस्थित गरिने उल्लेख गरेका थिए ।
    विद्यालयस्तरको शिक्षालाई सरकारी विद्यालयहरुलाई बोर्डिङ्ग स्कूलको शिक्षा प्रणालीमा लान विशेष कदम चालिने बताउँदै प्रमुख वादेले आफू एमालेबाट निर्वाचित भएपनि अब बनेपा नगरका सम्पूर्ण जनता र पार्टीको मेयर भएकाले निष्पक्ष रुपमा विकास निर्माणका कार्य गरी नगरलाई भ्रष्टाचारमुक्त पार्ने प्रण समेत गरेका थिए ।
    उपप्रमुख रेखा सापकोटा (दाहाल)ले काभ्रे बहुमुखी क्याम्पसले इतिहास बोकेको छ भन्दै बनेपा नगरले अब प्राविधिक शिक्षालाई व्यवहारमा उतार्न सक्ने शिक्षा प्रणालीलाई अघि सार्ने उल्लेख गर्दै विदेशिएको शैक्षिक जनशक्तिलाई रोक्ने खालका शिक्षा नीति लागू गर्ने बताइन् ।
    एमालेका नेता तथा पूर्व जिल्ला समितिका सभापति कृष्णप्रसाद सापकोटाले कांग्रेस, एमाले र माओवादीले संविधानमै समाजवादको नीति लागू गर्ने एजेण्डा ल्याएका छन् । त्यसैले निर्वाचित जनप्रतिनिधिहरुले पार्टी भन्दा माथि उठेर काम गर्नुपर्ने धारणा राख्दै बनेपालाई व्यापार, पर्यटन र औद्योगिक क्षेत्रको रुपमा विकास गर्न सकिने सुझाव दिएका थिए ।

    विदेशिएका शैक्षिक जनशक्ति रोक्नुपर्छः उपप्रमुख सापकोटा एक घर एक स्नातक नीति ल्याउनुपर्छः क्याम्पस प्रमुख वैदार

    क्याम्पस प्रमुख के.जी. वैदारले कलेज आफै स्वायत्तता पाएको संस्था हो । क्याम्पसमा ११ सय विद्यार्थीहरु व्यवस्थापन, मानविकी र आइटी विषयमा कक्षा सञ्चालन रहेको चर्चा गरेका थिए । काभ्रे बहुमुखी क्याम्पस काठमाडौं विश्वविद्यालय पछिको दोस्रो संस्था रहेको बताउँदै क्याम्पस प्रमुख वैदारले काभ्रेमा राष्ट्रिय स्तरको क्याम्पस संचालन गर्ने दिशामा लाग्ने प्रण गर्दै बनेपा नगरपालिकाले शिक्षण संस्थालाई विशेष चासो दिई प्राथमिकतामा राख्न अनुरोध गरेका थिए । आउँदा दिनहरुमा काभ्रे बहुमुखी क्याम्पसले बनेपा नगरपालिकामा एक घर एक स्नातकको नीति ल्याइने चर्चा गर्दै बनेपा नगरपालिकाले पनि भक्तपुर नगरपालिकाको जस्तो क्याम्पस संचालन गरी शिक्षा क्षेत्रलाई विशेष चासोको रुपमा लिनुपर्ने धारणा राखेका थिए ।

    क्याम्पस संचालक समितिका उपाध्यक्ष एवं साहित्यकार मोहन दुवालले नवनिर्वाचितले नेवारबस्ती मात्र नभनी विशाल छाती फैल्याएर विकास निर्माणका कार्यमा लाग्न अनुरोध गर्दै राष्ट्रिय गतिविधिमा लाग्ने व्यक्तित्वहरुलाई समेटी उनीहरुको राय सल्लाह लिई अघि बढ्नुपर्ने धारणा राखेका थिए ।नवनिर्वाचित वडा नं. ६ का वडाअध्यक्ष सचितानन्द के.सी.ले जनताको चाहना बमोजिम काम नगरे आफूहरु निर्वाचित भएको बेकम्वा हुने भन्दै जनताको मतको कदर गर्दै नगरभित्र शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखी काम गरिने बताए । अध्यक्ष के.सी.ले वडाका विद्यार्थीले सहुलियत रुपमा छात्रवृत्ति पाई पढ्न पाउनुपर्ने, स्थानीय व्यक्ति व्यवस्थापन समितिमा रहनुपर्ने, क्याम्पसले चारकिल्ला भित्र मिच्न नहुने र वडाको सवालमा निर्वाचनको बखत बोलेको वाचा र अधिकार प्रयोग गरी मतको आदर गर्नुपर्ने बताए । यो शुभकामना जनताको नाममा समर्पण गर्न पाउँ भन्दै प्रतिबद्धता व्यक्त गरेका थिए ।
    कार्यक्रममा क्याम्पस प्राध्यापक संघका अध्यक्ष उद्धव लुइँटेल, स्ववियु सभापति युगेश्वर कायस्थ लगायतले मन्तव्य राखेका थिए भने क्याम्पस संचालक समितिका अध्यक्ष लम्बोदर कायस्थ र उपाध्यक्ष मोहन दुवालले टिका, माला र पूर्वसभासद् शीला कटिलाले निर्वाचित पदाधिकारीहरुलाई सगुन प्रदान गरेकी थिइन् ।
    कार्यक्रमको सभापतित्व क्याम्पस संचालक समितिका अध्यक्ष लम्बोदर कायस्थले गरेका थिए भने कार्यक्रम संचालन प्राध्यापक कृष्णप्यारी नकर्मीले गरेकी थिइन् ।

     

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार