२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

अब बनेपामै आलुको मुल बिउ उत्पादन


४०१७ पाठक संख्या

सुपर जोन कार्यान्वयन ईकाइ (आलु) को कार्यक्रम तिव्र आत्मनिर्भर अर्थतन्त्रको लागि कृषिको आधुनिकीकरण, विशिष्टिकरण र

  • नवसंकेत अनलाईन
  • २०७४ अषाढ २२, बिहिबार मा प्रकाशित ७ साल अघि
  • सुपर जोन कार्यान्वयन ईकाइ (आलु) को कार्यक्रम तिव्र

    आत्मनिर्भर अर्थतन्त्रको लागि कृषिको आधुनिकीकरण, विशिष्टिकरण र औद्योगिकीकरण गरि कृषकलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ काभ्रेमा स्थापित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोन कार्यान्वयन इकाइ (आलु) अन्तरगत टिस्युकल्चर ल्याब स्थापना तथा सञ्चालनको प्रथम सार्वजनिक सुनुवाई कार्यक्रम बुधबार सम्पन्न भएको छ । प्रगतिशिल युवा समुह नालाले सुपरजोन इकाइ (आलु)को ५० प्रतिशत अनुदानमा सो ल्याब तथा ग्रिनहाउस स्थापना गरि सञ्चालनमा ल्याउने सञ्चालक किरण श्रेष्ठले बताएका थिए । प्रयोगशालाबाट उत्पादित आलुको पुर्व मुल बिउ आउँदो माघ महिनादेखि बजारमा ल्याउने भएको छ । प्रयोगशाला र ग्रिनहाउस निर्माण गर्न कुल १ करोड ८८ हजार ६ सय ४३ रुपैँयाको लागत अनुमान गरिएको छ । हाल स्तरोन्नती गर्दै सुपरजोन कार्यान्वयन इकाई (आलु) बनेपाको ५० लाख अनुदान सहयोगमा स्थायि रुपमा कार्य अगाडी बढाउन लागिएको सार्वजनिक सुनुवाईमा बताइएको थियो । आयोजनाको मुख्य लक्ष्य भनेको आवश्यकता अनुसार गुणस्तरीय इनभिट्रो बिरुवाहरु उत्पादन गर्ने, मुल बिउ आलु उत्पादन गर्ने, ल्याबलाई स्तरोन्नती गर्ने, आलुबाहेक अलैँची केराको बिरुवा उत्पादन गरि च्याउको ल्याब समेत स्थापना गर्ने लक्ष्य रहेको जानकारी दिइएको थियो । ल्याबको क्षमता अनुसार ग्रिनहाउस ४ हजार २ सय ६४ बाट ८ हजार ५सय २८ स्क्वायर फिटमा वृद्धि गरि १ लाख १० हजार मुल बिउ उत्पादनबाट वार्षिक २ लाख २५ हजार उत्पादन हुने भएको प्राविधिक अनुमान गरिएको छ । यसरी उत्पादित आलुको दाना पुर्व मुल बिउ १२ रुपैँया ८८ पैसा पर्ने भएतापनि करिब १५ रुपैँया दानाको पर्ने पनि बताइएको थियो । सोही अवसरमा आलु सुपरजोन इकाइका कार्यालय प्रमुख दिपक पौडेल, सञ्चालक समितिका अध्यक्ष हरिराम खतिवडा समक्ष कृषकहरुले जिज्ञासा राखेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार