२०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024

स्वास्थ्य संस्थामा पानीको हाहाकार


२७०८ पाठक संख्या

बर्थिङ सेन्टर संचालन चुनौती बन्दै मधुसुधन तिमल्सिना बनेपा/ जिल्ला अस्पताल, स्वास्थ्य चौकी, नीजि अस्पताल र

  • नवसंकेत अनलाईन
  • २०७४ अषाढ २५, आईतबार मा प्रकाशित ६ साल अघि
  • बर्थिङ सेन्टर संचालन चुनौती बन्दै

    मधुसुधन तिमल्सिना

    बनेपा/ जिल्ला अस्पताल, स्वास्थ्य चौकी, नीजि अस्पताल र प्रसूति गृह (बर्थिङ सेन्टर) मा पानीको समस्या पदै आएको स्वास्थ्यकर्मीहरुले गुनासो गरेका छन । वर्षौ देखि खाने पानीको समस्या रहेता पनि सम्वन्धीत निकायले चासो नदिदा जिल्लामा स्वास्थ्य संस्थाहरुमा अति आवश्यक कामका लागि समेत असर परेको उनीहरुको भनाइ छ ।

    पानीको समस्या हुदा विरामी र स्वाथ्यकर्मीको सरसफाई र खानेपानीको अभावमा विभिन्न समस्या झेल्दै आएका स्वास्थ्यकर्मीहरु बताउछन् । पानीको समस्या हुदाँ सबै भन्दा बढी बर्थिङ सेन्टरमा परेको फोक्सिङटार स्वास्थ्य चौकीकी अनमी सरस्वती रेग्मीले बताइन । सरकारले स्वास्थ्य संस्थामा सुत्केरी गराउनुपर्छ भन्ने सन्देश प्रवाह भइरहेको भएतापनि सुत्केरी हुदाँको कपडा धुन र बच्चालाई सरसफाई गर्न समेत प्रर्याप्त पानी नहुदा समस्यामा परेको रेग्मीले गुनासो गरिन । सुत्केरी गराउन सुरक्षित भन्दै गर्भवतीहरु बर्थिङ सेन्टरमा आउँछन तर हामीकोमा पानीको समस्या हुदाँ आमा र बच्चालाई पूर्ण सरसफाई गर्न सक्दैनौ । उनले भनिन, पानी ल्याउन कै लागि डेढ घण्टा हिड्नुपर्ने बाध्यता रहेको छ ।

    त्यस्तै पानीको समस्याले कतिपय अवस्थामा धेरै सास्ती खेप्नुपरेको मेच्छे स्वास्थ्य चौकीका अनमी सरस्वती रायले गुनासो गरिन । ‘पानीको अभाव हुँदा हामीले तलव दिएरै पानी बोक्ने मान्छे राखेका छौ । दैनीक ५० लिटर ओसार्छन ।, त्यसैले काम चलाउनु पर्छ कहिलेकाही त त्यही पनि हुदैन ।’ सदरमुकाममा रहेको धुलिखेल सामुदायीक अस्पतालमा समेत पानीको समस्या पर्न थालेको छ । अस्पतालका लागि दैनीक ५० हजार लिटर पानी अपुग हुदै आएको धुलिखेल अस्पतालका प्रशासनीक प्रमुख डा. राजेन्द्र कोजूले बताइन । ‘हामीलाई दैनीक २ लाख ५० हजार लिटर पानीको आवश्यक्ता पर्छ तर हामीसंगै १ लाख ५० हजार लिटर पानी आउने भएकाले अस्पतालमा पानीको समस्या छ ।’ उनले भने, पानीको समस्याले विरामी र प्रसुती केन्द्रमा सरसफाईमा धेरै पानीको आवश्यक भएकाले पानी किन्ने गरेका छौ । जिल्ला अस्पताल मेथीनकोटमा पनि पानीको समस्या रहेको डा. भवानी सिल्पाकारले बताइन । उनका अनुसार हिउँदमा पानी आउदैन बर्षामा धमिलो आउछ । उनले दुखसो पोख्दै भनिन, एउटा इनार छ, अस्पतालमा भएका विरामी र स्टाफहरु सवैलाई पु¥याउनु पर्छ, वर्षाले पानी धमिलो हुदा उमालेर पिल्टर गरेर खानुपर्ने बाध्यता रहेको छ ।

    भूकम्प पछि विकट क्षेत्रमा रहेको अधिकाशं स्वास्थ्य संस्थाहरुमा पानी अभाव भएसंगै विभिन समस्या झेल्दै आएको जिल्ला स्वास्थ्य कार्यायका प्रमुख डा. अर्जुन सापकोटाले बताए । ‘भूकम्प अगाडी पनि पानीको समस्या त थियो तर भूकम्पपछि भने झनै हाहाकार भएको छ । स्रोत साधानको अभावमा पानी आपूर्तीमा ढिलाई भइरहेको छ ’। सापकोटले भने । ‘भूकम्पले पानीको मुहान सुकेसंगै ग्रामीण भेगमा रहेका स्वास्थ्य संस्थाहरुमा विरामीलाई खानेपानी र सरसफाईका लागि घण्टौ लगाएर पानी ओसार्नुपर्ने बाध्यता छ । उनले थपे, ‘कही पानी बोक्नका लागि खेताला हाल्नुपर्ने कही स्वास्थ्यकर्मी आफै घण्टौ लगाएर पानी ओसार्नुपर्ने बाध्यता छ । डा. सापकोटाका अनुसार भूकम्पले क्षती भएका स्वास्थ्य संस्थाको भवनको पुर्न निर्माणमा समेत पानी नहुदा समस्या भएको बताए । उनका अनुसार गोकुले स्वास्थ्य चौकीको भवन बनाउदा भाडामा ट्याङ्कर बाट पानी किनेर बनाइएको छ ।

    जिल्लाको विकट डाँडापारी क्षेत्रमा पर्ने तत्कालीन गाविस मिल्चे, साल्मेचाकल, घर्तीछाप, बनखु, फोक्सिङटार र बुढाखनी तथा दुर्गम कोशीपारी क्षेत्रमा रहेका १७ मध्ये कार्तिक देउराली धुसेनी सिवालय, बिर्तादेउराली, बेखसिम्ले, सानो बाङथली, भूम्लुटार र कोलातीभूम्लु समेत प्रसूती गृह सञ्चालनमा आएका छन् । तर पर्याप्त पूर्वधार बिना सञ्चालन भएका प्रसूति गृहहरुमा आवश्यक पुर्वाधार र पानीको समस्याले चुनौती थपीदै गएको छ ।

    जिल्ला स्वास्थ्य कार्यलयका अनुसार फलाटे, कलाती भुम्लु, सल्ले भुम्लु, गाकुले, कार्तीकेदेउराली, मेच्छे, धुसेनीसिवालय, चापाखोरी, पोखरीनारायणस्थान गोठपानी, लगाएतका स्वास्थ्य चौकी र जिल्ला अस्पताल मेथीनकोटमा खाने पानीको समेत समस्या रहेको छ । जिल्लामा एक अस्पताल, चार प्राथमिक स्वास्थ्य केन्द्र, एक सय स्वास्थ्य चौकी, दुई स्वास्थ्य इकाइ र तीन वटा नगर स्वास्थ्य केन्द्र, धुलिखेल अस्पताल र शीर मेमोरियल अस्पताल बनेपाले समेत प्रसुति सेवा दिदैँ आइरहेका छन् ।

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार