२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

कक्षा १२ को नजिता प्रकाशन


२७४४ पाठक संख्या

भदौ १५, बिहीबार – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गरेको छ। व्यवस्थापन,

  • नवसंकेत अनलाईन
  • २०७४ भाद्र १५, बिहिबार मा प्रकाशित ६ साल अघि
  • भदौ १५, बिहीबार – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गरेको छ। व्यवस्थापन, मानविकी र शिक्षा समूहका विद्यार्थीको नतिजा प्रकाशन भएको हो। विज्ञान समूहका विद्यार्थीको नतिजा भने गत साउन २० गते नै सार्वजनिक गरिसकिएको थियो ।

    परीक्षा नियन्त्रण वोर्डका अनुसार १२ कक्षाको नियमित तर्फ ४८.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । नियमित तर्फ परीक्षामा संलग्न एक लाख ७५ हजार ५ सय ९३ मध्ये ८४ हजार ५ सय ९३ विद्यार्थी उत्तीण भएका छन् । आंशिक तर्फ एक लाख २३ हजार १ सय २१ ले परीक्षा दिएकोमा ४८ हजार ७ सय ३६ जना उत्तिर्ण भएका छन् ।

    परीक्षा नियन्त्रण कार्यालयले नेपाल टेलिकका प्रयोगकर्ताले १६०१ मा फोन गरेर नतिजा हेर्न सक्ने व्यवस्था गरेको छ । यस्तै http://www.neb.gov.np/ वा https://www.ntc.net.np/ बाट पनि नतिजा हेर्न सकिनेछ ।सहभागि हुन साढे ३ लाख परीक्षार्थीले परिक्षा दिएका थिए । राष्ट्रिय परीक्षा बोर्डले विज्ञान संकायको नतिजा भने गत साउन २० गते प्रकाशित गरिसकेको छ ।

    प्रकाशन गरेको छ। व्यवस्थापन, मानविकी र शिक्षा समूहका विद्यार्थीको नतिजा प्रकाशन गरेको छ । विज्ञान समूहका विद्यार्थीको नतिजा भने साउन २० गते नै सार्वजनिक गरेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार