२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काभ्रेमा सामुहिक बलात्कार पछि हत्या


३२६३ पाठक संख्या

काभ्रेपलान्चोक, २१ भदौ । गत भाद्र १३ गते काभ्रेको बनेपा नगरपालीका ८ पुन्यमती खोला नजिकै

  • नवसंकेत अनलाईन
  • २०७४ भाद्र २२, बिहिबार मा प्रकाशित ६ साल अघि
  • काभ्रेपलान्चोक, २१ भदौ । गत भाद्र १३ गते काभ्रेको बनेपा नगरपालीका ८ पुन्यमती खोला नजिकै मकैबारी भित्र एक स्थानिय महिलालाई सामुहिक बलात्कार पछि हत्या भएको पृष्टि भएको छ ।

    काभ्रे जिल्ला बनेपा नगरपालीका वडा नम्बर १० बस्ने ५७ वर्षया नानु आले मगरलाई सामुहीक बलात्कर पछि हत्या भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेले पत्रकार सम्मेलन गर्दै घटनामा संलग्न अभियुक्तहरुलाई सार्वजनिक गरेको हो ।

    प्रहरीका अनुसार काभ्रे भुम्लुका गोपाल परियार, धुलिखेलका साधुराम विक ,नमोबुद्धका महेश परियार, सिन्धुपाल्चोक मेलम्चीका सिताराम थापा रामेछापका प्रकास परियार र काभ्रे कोशीपारीका दिलबहादुर प्रधान सहित ६ जनाले नानु आले मगरलाइ मकैबारीमा बलात्कार पछि हत्या गरेर फरार रहेका थिए ।

    ६ जनाले लगातार ५७ वर्षिय महिलालाई बलात्कार गरेर हत्या गरेको अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एस्पी सहकुलबहादुर थापा बताए । काभ्रे प्रहरीका अनुसार अभियुक्तहरुलाई जबजस्ती करणी र कर्तव्य ज्यान उद्योग अन्तर्गत जिल्ला अदालत काभ्रेमा मुद्दा दर्ता गरेको जानकारी दिनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार