२०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024

नुवाकोटमा बस दुर्घटनामा, ६ जनाको मृत्यु


४०४८ पाठक संख्या

२४ भदौ, । नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिकामा भएको बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ

  • नवसंकेत अनलाईन
  • २०७४ भाद्र २४, शनिबार मा प्रकाशित ६ साल अघि
  • २४ भदौ, । नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिकामा भएको बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।

    दुर्घटनामा २५ जना घाइते भएका छन । दुर्घटनामा चारजनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । मृतकहरूमा कविता तामाङ रालुका, शशी बाेगटी विनपा–९, लक्ष्मि नेउपाने नर्जामण्डप र बाँकी २ महिला र १ पुरुषकाे सनाखत हुन बाकि रहेको प्रहरीले जनाएको छ । शिवपुरी गाउँपालिका वडा नं ७ को थानाभन्याङ नजिक गुरुङ गाउँमा सडकबाट बस घरमा खसेको थियो । बस खसेपछि घर पनि पूर्ण रुपमा क्षति भएको छ । मृत्यु हनुेमा एक महिला र तीन पुरुष रहेका छन । बिहान साढे ११ बजे काठमाडौ्रबाट गुर्जेभन्ज्याङ हुँदै खरानीटार जाँदै गरेको बा १ ख ६३४८ नम्बरको बस सडकबाट एकसय मिटर तल घरमा खसेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरेन्द्रकुमार वस्यालले जानकारी दिए ।

    दुर्घटनामा पर्नेको स्थानीयवासी र प्रहरीले उद्धार गरेका छन । दुर्घटनाका घाइते मध्ये २५ जनाको ग्रीनसिटी अस्पताल  काठमाडाैँमा उपचार भइरहेको छ । नेपाली कांग्रेसका नेताहरु अर्जुननरसिंह केसी, जगदिश्वरनरसिंह केसी र रमेश महतले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै अस्पतलमा गएर घाइतेहरुको स्वास्थ्यलाभको कामना गरेका छन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार