२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

बार्सिलोनाको शानदार जित, मेस्सीको ह्याट्रिक


२६२३ पाठक संख्या

भदौ २५ – लियोनल मेस्सीको ह्याट्रिकको मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलको नयाँ सिजनमा विजयी

  • नवसंकेत अनलाईन
  • २०७४ भाद्र २५, आईतबार मा प्रकाशित ६ साल अघि
  • भदौ २५ – लियोनल मेस्सीको ह्याट्रिकको मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलको नयाँ सिजनमा विजयी यात्रा कायम राखेको छ ।

    लिग अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले स्पानियोललाई ५–० ले हरायो । बार्सिलोनाको जितमा मेस्सीले २६, ३५ र ६७ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । मेस्सीले बार्सिलोनाबाट गरेको यो ३८ औं ह्याट्रिक हो । यस्तै ८७ औं मिनेटमा जेराड पिके तथा ९० औं मिनेटमा लुइस स्वारेजले गोल गरेपछि बार्सिलोनाले ५–० को शानदार जित दर्ता गर्‍यो ।

    यो खेलमा उस्मान डेम्बेलेले बार्सिलोनाबाट डेब्यु गरेका थिए । उनी ६८ औं मिनेटम सबस्टिच्युडको रुपमा मैदान छिरेका हुन् । जितपछि शीर्ष स्थानको बार्सिलोनाको ३ खेलबाट ९ अंक भएको छ । राति नै भएको खेलमा लेभान्टेसँग १–१ को बराबरीमा रोकिएको रियल मड्रिड तीन खेलबाट पाँच अंकसहित छैटौं स्थानमा छ ।

    राति भएका अरु खेलमा सेभिल्लाले एइबरलाई ३–० ले हरायो भने भ्यालेन्सिया र एथ्लेटिको मड्रिडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार