२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

लागु औषध (चरेस) सहित ३ जना पक्राउ


३०८५ पाठक संख्या

काभ्रे, २७ भदौ । ( सुरज श्रेष्ठ ) काभ्रेपलाञ्चोकको सागांबाट प्रहरीले दुई किलो चरेशसहित तीन

  • नवसंकेत अनलाईन
  • २०७४ भाद्र २७, मंगलबार मा प्रकाशित ६ साल अघि
  • काभ्रे, २७ भदौ । ( सुरज श्रेष्ठ ) काभ्रेपलाञ्चोकको सागांबाट प्रहरीले दुई किलो चरेशसहित तीन जनालाई पक्राउ गरेको छ ।

    प्रहरी चौकी साँगाबाट खटिएको सानोबाबु टोलीले काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं. १४ काक्रेबारी जाने सडकमा नियमित जाँचका क्रममा चितवनका ५३ वर्षीय दीपक लामा र पाँचखाल नगरपालिका–१० का ४४ वर्षीय कान्छा सार्कीलाई बनेपाबाट र लागुऔषध कारोबार गर्ने सोलुखुम्बु घर भई कामपा–१ सीतापाइलामा डेरा गरी बस्ने ३१ वर्षीय ज्ञानबहादुर बस्नेतलाई काठमाडौँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिनुभयो ।

    पक्राउ परेकामध्ये प्रहरीले सागां बाट दिपक लामा र कान्छा सार्कीलाई पक्राउ गरेको केही बेरमा नै ज्ञानबहादुर बस्नेतलाई  पक्राउ गरेको हो । उनीहरुलाई लागुऔषध कारोवार ऐनअन्र्तगत मुद्दा चलाउने बताउनु भयो  ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार