२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

महिला स्वास्थ्य सेवा प्रभावकारी बनाउन राष्ट्रपतिको ध्यानाकर्षण, प्रसुती क्षेत्रमा ठूलो योगदान गरेको भन्दै प्रशंसा


२८४४ पाठक संख्या

धुलिखेल/राष्ट्रपति विद्यादेवी भण्डारीले महिला स्वास्थ्यय सेवालाई विस्तार र प्रभावकारी बनाउन सरकार, समुदाय र सम्बध निकायको

  • नवसंकेत अनलाईन
  • २०७४ आश्विन २५, बुधबार मा प्रकाशित ६ साल अघि
  • धुलिखेल/राष्ट्रपति विद्यादेवी भण्डारीले महिला स्वास्थ्यय सेवालाई विस्तार र प्रभावकारी बनाउन सरकार, समुदाय र सम्बध निकायको ध्यानाकर्षण गराउनुभएको छ ।

     

    धुलिखेलमा मंगलबारबाट शुरु भएको स्त्री तथा प्रसुतीसम्बन्धी अन्तराष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले अत्तिरिक्त कार्यबोझ, परम्परागत चुलाचौका र धन्दापात, महिला विरुद्धको शारिरीक र मानसिक हिंसा, असुरक्षित गर्भपतन, स्वास्थ्य चेतनाको अभाव र आर्थिक श्रोतमा न्युन पहुँच हुँदा थुप्रै महिलाहरु स्वास्थ्यसम्बन्धी समस्याबाट गुणस्तरीय सेवा नपाएर मृत्यु हुने गरेको तर्फ सचेत गराउँदै प्रजनन स्वास्थ्य सेवा सुधार्ने र लैंगिक हिंसा अन्त्य गर्ने अभियान सँगसँगै लैजानुपर्ने धारणा राख्नुभयो ।

    महिलाको स्वास्थ्य शिक्षाको समग्र समुन्नतीमा नवजात शिशुको भविष्य गासिएको भन्दै विज्ञ, विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मीले प्रजननको बेलामा स्वश्थ मुस्कानसहितको सेवा प्रदान गर्न दत्तचित्त हुनुपर्ने धारणा राख्नुभयो । विश्वमा नै पाठ्ेघर र स्तन क्यान्सर सम्बन्धी समस्या विकराल भइरहेको भन्दै उहाँले विज्ञता र अनुसन्धान त्यसतर्फ प्रयोग हुनुपर्ने बताइन् । उहाँले सम्मेलन विश्वमा नै महिला स्वास्थ्य सेवा सुधार गर्नको लागि फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।

    कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले मातृ तथा शिश मृत्युदर घटाएर सह्रशताब्दि विकास लक्ष्य हासिल गर्न नेपाल सफल हुनुमा स्वास्थय स्वंम सेविकाको भुमिकालाई महत्वपूर्ण मान्दै यसबाट विश्वले पनि सिक्ने बताउनु भयो । पछिल्लो समयमा महिलाका स्वास्थय समस्या सामाधानका सवालमा हाँसिल भएको उपलब्धिलाई सकारात्मक भएको बताउनु भएको छ । उहाँले ग्रामीण क्षेत्रमा देखिएको स्वास्थ्य समस्या समाधान गर्न सबै पक्षलाई जिम्मेवार हुन आग्रह समेत गर्नुभयो ।

    प्रसुती तथा स्त्रीरोबारे अन्तराष्ट्रिय सम्मेलन धुलिखेल अस्पतालमा मंगलबारबाट शुरु भएको छ । असोज २४ देखि २६ गतेसम्म चल्ने सम्मेलनमा स्पेन, नर्वे, श्रीलंका, अमेरिका, क्यानाडा, जर्मनी, डेनमार्क, भारत, स्विजरल्याण्ड र नेपालका प्रसुती तथा स्त्रीरोग विशेषज्ञ, प्रशिक्षार्थी र फिजियोथेरापिष्ट गरी ३ सय जनाको सहभागिता रहेको धुलिखेल अस्पतालकी स्त्रीरोग विभाग प्रमुख डा. आभा श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार, सम्मेलनमा महिलाको पाठेघर झर्ने समस्या, पिसाब चुहिने समस्या, गर्भवती समयका जोखिम, शिशु तथा मातृ मृत्युदरका बारेमा विभिन्न ३७ कार्यपत्र माथि छलफल र बहस हुनेछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार