२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सबै स्थानीय तहमा सयुक्त कार्यालय खोल्ने क्रम जारी


३०६८ पाठक संख्या

काभ्रे– बाम गठबन्धनको संयुक्त कार्यालय खोल्ने क्रम जारी छ । जिल्ला एकता संयोजन समिति गठन

  • नवसंकेत अनलाईन
  • २०७४ कार्तिक २१, मंगलबार मा प्रकाशित ६ साल अघि
  • काभ्रे– बाम गठबन्धनको संयुक्त कार्यालय खोल्ने क्रम जारी छ । जिल्ला एकता संयोजन समिति गठन भएपश्चात यो अभियनले तीब्रता लिएको छ । यही क्रममा मण्डन देउपुर नगरपालिकाको कुन्तावेशीमा निर्वाचन परिचालन समितिको संयुक्त निर्वाचन परिचालन कार्यालय स्थापना गरिएको छ । नेकपा एमाले र नेकपा माओवादीका उम्मेदवारहरुको उपस्थितीमा नगर क्षेत्रमा रहेका अगुवा कार्यकर्ताहरुको उपस्थितीमा कार्यालय स्थापना गरिएको हो ।

    कार्यालय उद्घाटन तथा अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण दिदै वामगठवन्धनका तर्फवाट प्रतिनिधी सभा क्षेत्र नंम्बर २ का उम्मेदवार गोकुल बाँस्कोटाले समग्र जिल्लाको विकासको एजेण्डा आफूहरुले बोकेको बताए । उनले काभ्रेको विकासको मुख्य आधार भनेकै कृषि र र पर्यटन भएकाले वामपन्थी गठवन्धनसँग काभ्रेको विकास गर्ने आधार भएको बताए । मण्डनदेउपुमरा जन्मेको केटो आज उम्मेदवार बनेसँगै
    म मण्डन देउपुरमा जनतामा उत्साह छाएको उनले बताए । आफूहरुसँग करेन्ट र पानी बगेपनि तयसलाई सदुपयोग गर्ने बेला आएको र वामपन्थीहरुले मात्रै त्यसको रुपान्तरण गर्ने बताए । उनले इन्द्रवतीको पानीवाट मण्डन देउपुर र पाँचखाल सिंचित गर्ने बताए ।

    उनले भने हामीहरुले अब मण्डन र पाँचखालका फाँट जोगाएर यसैलाई मौलिकता बनाउन आवश्यक देखेकाले गृहकार्यमा लागेका छौ । उनले नगरको विकास गराउँदै जिवन स्तर उकास्ने खालको योजना अघि सारेको बताए । उनले आफूसँग स्पष्ट रुपमा काभ्रे बनाउने आधारहरु रहेको समेत सुनाए । काठमाण्डौको वैकल्पिक शहरको रुपमा काभ्रेलाई विकास गर्न सकिने बताए । पाँचखाल अब कृषि शहर बन्नेकी काठमाण्डौको वैकल्पिक शहर बनाउने त्यसवारे अब सोच्ने बेला आएको उनले बताए । उनले २०८४ सालसम्म निर्माणको दशक संचालन गरेर अब नेपालको निर्माण गरिने दायित्व वामपन्थीको रहेको बताए ।

    कार्यक्रममा बोल्दै पूर्व सांसद विदुर सापकोटाले आफूहरुले विगतमा काभ्रेमा गरेको विकासको नमूना आम काभ्रेली जनतालाई थाहा भएको सुनाए । उनले वाम गठवन्धनमा रहेका उम्मेदवारहरुलाई बहुमत दिएर जिताउन मतदाता आतुर रहेको बताए । वामपन्थीहरुसँग स्पष्ट रुपमा योजना रहेकाले सो योजना मुताविक काभ्रेको मुहार फेर्न लागेको बताए ।

    प्रदेश सभा २(१) का उम्मेदवार लक्ष्मण लम्सालले आफू युवाहरुको प्रतिनिधी र जनताको सेवक भएको बताए । उनले जिल्लालाई रुपान्तरण र विकास गराउने जिम्मा आफूहरुको भएकाले आफूहरुले जिल्ला र मुलकुको विकास गराउने सुनाए । उनले आफूलाई जनताको सामान्य समस्या परेपनि राखेका आफूले समाधानको पहल गर्ने बताए । प्रदेशको राजधानी काभ्रेलाई बनाउन पहल सुरु गरेको बताए । वामपन्थीहरुले झुट्टा आश्वासन नदिने बताउँदै गर्न सक्ने र गर्ने काम मात्रै जनतामाझ सार्वजनिक गर्ने बताए । उनले आफू जनताको सेवक भएकाले जनताले सेवा गर्ने अवसर दिएको बताए ।

    कार्यक्रममा प्रदेश सभा २(२) का उम्मेदवार वसुन्धरा हुँमागाईले स्थानीय तहको नेतृत्व काभ्रेमा वामपन्थीहरुले गरेसँगै अब प्रदेशको नेतृत्वले समग्र प्रदेशको विकास गर्ने बताए । उनले स्थानीय स्तरमा विकासको योजना जनता माझ सार्वजनिक गरेर अघि बढिरहेको सुनाए । उनले आम जनसमुदायको भावनालाई सम्मान गरेरै आफूहरु अघि बढेको सुनाए ।

    कार्यक्रममा बोल्दै नेकपा एमाले काभ्रेका सचिवालय सदस्य कंचन अधिकारीले युवा पुस्ताको आब्हाननै वामपन्थीलाई मतदान रहेको बताए । उनले जिल्लाको देशको समृद्धिको लागि वामपन्थीको एकता भएकाले वामपन्थी उम्मेलवारलाई मतदान गर्ने बताए । कार्यक्रममा वाइसिएलका ईन्चाज विनोद गौतमले आम मतदाताको सुरक्षा वाईसिएल र युवा संघले गर्ने बताए । अझैपनि धम्की दिने हो भने काभ्रेमा रहेका चार सय पूर्व जनमुक्ति सेनाले प्रतिकार गर्ने बताए । त्यस्तै पूर्व सांसद तेजबहादुर मिजारले वाम एकतानै अहिलेको आवश्यकता रहेको बताए । उनले सबैको सहयोग र मुलुकको आवश्यकतानै वाम एकता भएको बताए ।

    महिला नेतृ रिता ढकालले वाम एकतापछि आम कार्यकर्ताहरुमा हौसला बढेको बताउँदै वाम उम्मेदवारलाई जिताउन नागरिकहरु ऋघि बढेको बताए । कार्यक्रममा बोल्दै माओवादी नेता केशव सापकोटाले कांग्रेसको अतिवादका विरुद्धमा वाम एकता भएकाले अव देश विकास हुने सुनाए । सो अवसरमा मण्डन देउपुरको संयुक्त वाम गठवन्धनको सम्पर्क कार्यालयको स्थापना गरिएको थियो ।
    यसैगरी बनेपा पनौती, नमोबुद्ध लगायतका नगरहरूमा समेत संयुक्त कार्यालय खुलिसकेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार