२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

चन्दा नपाएपछि बुढीगण्डकी सम्झौता रद्द : ओलीे, चुनाव खर्च जुटाउन सम्झौता खारेज


२६६८ पाठक संख्या

काठमाडौं- नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसको संयुक्त सरकार रहेका बेला वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा

  • नवसंकेत अनलाईन
  • २०७४ कार्तिक २८, मंगलबार मा प्रकाशित ६ साल अघि
  • काठमाडौं- नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसको संयुक्त सरकार रहेका बेला वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा आफैंले दवाद दिएर गराएको बुढीगण्डकी सम्झौता भनेजती चुनाव खर्च नपाएपछि रद्ध गराएको बाम गठबन्धनले आरोप लगाएका छन् ।

     

    प्रमुख विपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भनेजति चन्दा नपाएपछि बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि भएको ठेक्का सम्झौता रद्द गर्न खोजिएको बताएका हुन् । बुढीगण्डकीको ठेक्का रद्द र वामपन्थी गठबन्धनका उम्मेदवारमाथि भएको आक्रमणमा सरकार र विप्लव समूहको साँठगाँठ रहेको उनको दाबी छ । सरकार फाँसिवादी ढंगले चलेको भन्दै ओलीले यसबीचमा गरेका निर्णयहरु नयाँ सरकारले खारेज गर्ने चेतावनी समेत दिएका छन् ।

    वाम गठबन्धनका काठमाडौंका उम्मेदवारहरुको परिचयात्मक कार्यक्रममा एमाले अध्यक्ष ओलीले भने, ‘यही सरकारले सम्झौता र्गयो, यहि सरकार खारेज गर्न खोज्दैछ । कुरा प्रष्टै छ, चन्दा धेरै चाहियो !’ सरकारप्रति आक्रामक रुपमा प्रस्तुत भएका ओलीले वाम गठबन्धनका उम्मेदवारमाथि आक्रमण र बम हमला गर्ने सन्दर्भमा पनि सरकार र विप्लव समूहबीच साँठगाँठ रहेको आरोप लगाए ।

     

    उनले अघि भने, यो सरकार र विप्लवमा के फरक छ ? एउटा चन्दाका लागि कब्जा गर्छ, लुट्छ, अर्कोले चन्दा नपाए आफैंले दिएको ठेक्का खोस्छ ।’ मन्त्रीनै बम हमला गर्नेको रिहाई गराउन लाग्नुले आफ्नो आरोप पुष्टि भएको उनले बताए । ओलीले भने, ‘सरकारको ध्यान शान्ति सुरक्षामा छैन, नेताहरुमाथि बम प्रहार गर्नेमा तिनीहरुको बीचमा साँठगाँठ छ, एउटाले बाम हान्ने, अर्कोले जोगाउने । केहीदिनअघि झापामा बिर्तामोडका मेयरको घरमा आक्रमण भयो, यो सिलसिला चलिरहेको छ ।’ राज्यकोषबाट कांग्रेस कार्यकर्तालाई करोडौं रकम आर्थिक सहयोगका नाममा वितरण भइरहेको भन्दै विपक्षी नेता ओलीले लुट खस्यौट रोक्न सरकारलाई चेतावनी दिए ।

    ‘राज्यकोषबाट एकै महिनामा २३ करोड रुपैया कार्यकर्तालाई बाँडिएको छ । गृहमन्त्रालयबाट १० हजारदेखि ५ लाखसम्म दिइएको छ । राज्यकोषमाथिको यो ब्रम्हलुट तत्काल बन्द गर्न म सरकारलाई चेतावनी दिन्छु’ ओलीले भने । ओलीले काठमाडौंका दशैं निर्वाचन क्षेत्रमा वामपन्थी गठबन्धनका उम्मेदवार बिजयी हुनुपर्ने बताए । सोही कार्यक्रममा एमाले बरिष्ठ नेता तथा क्षेत्र नम्बर २ का उम्मेवार माधव नेपालले वामपन्थी गठबन्धनबाट आत्तिएर कांग्रेसले अधिनायकवादको हौवा चलाएको बताए ।

     

    बाम गठबन्धनले नेपाली काँग्रेसले आफु लोकतन्त्रवादी भएको हल्ला फिजाउँदै निरंकुशतातर्फ अघि बढेको समेत आरोप लगाएका छन् । नेपाली काँग्रेसका सभापति समेत रहेका शेरबहादुर देउवाले निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै राष्ट्रको ढुकुटी खोक्रो पार्ने, मनलाग्दी तरिकाले प्रहरीमा दरवन्दी थप्दै आफु निकटका प्रहरी अधिकारीहरूलाई बढुवा गर्ने जस्ता क्रियाकलाप गरेर लोकतन्त्र र कानुनी राज्यको धज्जी उडाएको गठबन्धनको आरोप छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार