२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

राप्रपा प्रजातान्त्रिकको समर्थन बाम गठबन्धनलाई, काँग्रेसलाई अझै एमाले माओवादीको मतको आशा


३३९७ पाठक संख्या

बनेपा- निर्वाचन नजिकिएसँगै काभ्रेमा राजनीतिक दलहरू मतको जोड घटाउमा लागेका छन् । आगामी २१ गते

  • नवसंकेत अनलाईन
  • २०७४ मंसिर १२, मंगलबार मा प्रकाशित ६ साल अघि
  • बनेपा- निर्वाचन नजिकिएसँगै काभ्रेमा राजनीतिक दलहरू मतको जोड घटाउमा लागेका छन् । आगामी २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचको तिब्र प्रचारमा रहेका दलहरूले निर्वाचन जित्ने या हार्ने भन्ने निष्कर्ष समेत निकालिसकेका छन् ।

    मुख्य प्रतिस्पिर्ध मानिएका बाम गठबन्धन र नेपाली काँग्रेस यतिबेला मतको समेत हिसाव किताव गर्दै चुनावी मैदानमा छन् । काभ्रेको प्रतिनिधि सभा क्षेत्र नं. १ मा बाम गठबन्धनका तर्फबाट माओवादी नेता गंगाबहादुर दोङ उम्मेदवार छन् । विगतका निर्वाचनलाई हेर्ने हो भने यो क्षेत्रमा नेकपा एमाले, नेपाली काँग्रेस र माओवादी केन्द्र तिनवटै दल प्रतिस्पर्धीका रुपमा उभिएका थिए । यसपटक नेपाली काँग्रेस केन्द्रले समेत जित्ने क्षेत्रको सूचिमा राखेको यो क्षेत्रमा काँग्रेस अघि लाग्न एमाले माओवादी कै मत आवश्यक पर्ने एक नेपानी काँग्रेसका जिल्ला नेताले बताए । बाम गठबन्धन भएसँगै एमाले र माओवादीका साझा उम्मेदवार भएका कारण पनि गठबन्धन यो क्षेत्रमा निर्वाचन जित्नेमा ढुक्क छ । उता बाम गठबन्धन बनेपनि एमाले र माओवादीभित्रका असन्तुष्टहरूलाई समेटेर चुनाव जित्न अझ सहज हुने आँकलन सहित उत्साहित भएको नेपाली काँग्रेस एमाले र माओवादी केन्द्र एकजुट भएर प्रचारमा लागेपछि निरास बनेको छ । यस क्षेत्रमा स्थनीय तहको मतको हिसावले हेर्ने हो भने बाम गठबन्धन भन्दा काँग्रेस १७ हजारले पछि छ । यो क्षेत्रमा नेपाली काँग्रेसले जितेका दुई स्थानीय तह पर्छन् भने माओवादी केन्द्रले जितेको दुई तह र अन्य तहहरू नेकपा एमालेले जित हासिल गरेको छ । २०७० सालको निर्वाचनको हिसावले पनि यहाँ बाम गठबन्धन नै अगाडी छ भने नयाँ शक्ति नेपाल र राप्रपा प्रजातान्त्रिकले पनि बाम गठबन्धनलाई सहयोग गर्ने निर्णय गरि अघि बढिसकेकाले गठबन्धनको जित सुनिश्चित भएको दोङ बताउँछन् ।

    यसैगरी सो क्षेत्रका दुइृ प्रदेश सभा निर्वाचन क्षेत्रमा पनि बाम गठबन्धनले नै जित हासिल गर्ने दलहरूको आँकलन छ । नेकपा माओेवादी केन्द्रका नेता रत्न ढकाल प्रदेश सभा क्षेत्र क र युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष समेत रहेका एमाले नेता चन्द्र लामा प्रदेश सभा ख मा उम्मेदवार रहेका छन् । काभ्रेमा काँग्रेसले जित हासिल गर्ने क्षेत्र भनी दावी गरेको यस क्षेत्रमा बाम गठबन्धनको पक्षमा जनलहर बढ्दै गएपछि काँग्रेस भोज भतेर र पैसा लिएर गाउँ पसेको गठबन्धनका नेताहरूले बताएका छन् । यो क्षेत्रमा नेपाली काँग्रेसले निवर्तमान सांसद तीर्थ लामा, पूर्व जिल्ला कोषाध्यक्ष सिवि लामा र डनको उपमा पाएका गणेश लामालाई उम्मेदवार बनाएको छ । तीनै जना उम्मेदवार धन र बलको जतीपनि प्रयोग गर्न सक्ने भन्दै यो क्षेत्र काँग्रेसले जित हासिल गर्ने दावी गर्दै आएको छ ।
    यता प्रतिनिधि सभा क्षेत्र नं. २ र यसका प्रदेश सभामा भने नेपाली काँग्रेसले आस मारिसकेको काँग्रेस निकटका नेताहरूको भनाई छ । काँग्रेस भित्रको अन्र्तविरोधका कारण यस क्षेत्रमा काँग्रेसको निर्वाचन प्रचार पनि फितलो बन्दै गएको छ । प्रतिनिधि सभामा नेपाली काँग्रेसका जिल्ला सभापति मधुप्रसाद आचार्य र माब गठबन्धनका तर्फबाट नेकपा एमालेका प्रभावशाली नेता गोकुल बास्कोटा मैदानमा छन् । पार्टी र गठबन्धन एजुट भएका कारण बास्कोटा ठूलो मतान्तरले विजयी हुने आम जनताको समेत बुझाई छ । यसका दुई प्रदेश सभामा गठबन्धनका तर्फबाट प्रदेश सभा क मा एमालेका बौद्धिक, युवा नेता लक्ष्मण लम्साल र ख मा नेकपा एमाले काभ्रेका सचिवालय सदस्य तथा प्रभावशाली व्यक्तित्व बसुन्धरा हुमागाई उम्मेदवार छन् भने नेपाली काँग्रेसका तर्फबाट प्रदेश सभा क मा पूर्व क्षेत्रीय सभापति सुन्दरमणि आचार्य र ख मा निवर्तमान सांसद कञ्चनचन्द्र बादे प्रतिस्पर्धामा छन् । प्रदेश सभा क मा आफुले जित्ने दावी गरेको काँग्रेसले जितको आधार भने बनाउँन सकेको छैन । नेपाली काँग्रेसके नेताका अनुसार अझपनि बाम गठबन्धन यो क्षेत्रमा काँग्रेस भन्दा ६ हजार मतले अघि छ । नेपाली काँग्रेस यतिबेला तीन हजार मतको खोजीमा दौडधुप गरिरहेको काँग्रेस निकट स्रोतको भनाई छ । यतिबेला नेपाली काँग्रेसको नजर पाँचखाल नगरको बालुवा खरेलथोक र कोशीदेखा रहेको बाम गठबन्धनका एक नेताले बताए ।
    यसैगरी प्रदेश सभा ख मा बनेपा नगरको नेवार समुदायको भेटले नै निर्वाचन जित्ने दावी गरेको काँग्रेसलाई पार्टीभित्रको आन्तरिक विवादले तनाव बनाएको भुझिएको छ । प्रदेश सभाका उम्मेदवार बादेल स्थानीय तहको निर्वाचनमा अन्र्तघात गरी पार्टीलाई पराजयको सिकार बनाएको आरोप लगाउँदै लामो समयदेखि बल्झिएको विवादले यतिबेला काँग्रेसमा खैलाबैला मच्चिएको छ । २०७० सालमा नेकपा एमाले भित्रको आन्तरिक विवाद, माओवादीको भित्री सहयोग र बनेको साथका कारण चुनाव जितेका बादेले बनेपालाई खानेपानी र फोहोरको व्यवस्थापन समेत गर्न नसकेको बनेपा बजारलाई पानि व्यवस्थापन गर्ने मुख्य योजनाकार मानिएका बसुन्धरा हुमागाईं बाम गठबन्धनका उम्मेदवार भएपनि बनेपा क्षेत्रभित्रै बादे बाम गठबन्धन भन्दा तल पर्ने अवस्था आएको बुझिएको छ ।

    यता केन्द्रदेखी नै काँग्रेस सँग गठबन्धन गर्दै आएको राप्रपा प्रजातान्त्रिकले पनि बाम गठबन्धनलाई सहयोग गर्ने भएको छ । राप्रपा प्रजातान्त्रिकका अध्यक्ष बिरबहादुर योञ्जनले विगतका दिनहरूमा राप्रपा प्रजातनन्त्रिक र राप्रपाम रहँदा समेत सधैं काभ्रे जिल्लाको विकास लगायतका मुद्दामा बाम गठबन्धनलाई नै सहयोग गर्दै आएको बताउँदै मंगलबार पत्रकार सम्मेलन आयोजना गरी बाम गठबन्धनलाई सहयोग गर्ने जनाएको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार