२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

भूकम्प पिडित ट्रस्ट द्वारा घर निर्माणमा आकर्षण सस्तोमा पुनर निर्माण, सुरक्षीत आवास


६५२१ पाठक संख्या

आइ.आर.के.मैनाली धुलिखेल÷२०७२ बैशाख १२ मा आएको बिनासकारी महाँभूकम्पले घरहरु पुर्ण रुपमा क्षति हुनाको साथै ठुलो

  • नवसंकेत अनलाईन
  • २०७४ माघ २, मंगलबार मा प्रकाशित ६ साल अघि
  • आइ.आर.के.मैनाली
    धुलिखेल÷२०७२ बैशाख १२ मा आएको बिनासकारी महाँभूकम्पले घरहरु पुर्ण रुपमा क्षति हुनाको साथै ठुलो परिणाममा जनधनको क्षति हुन पुग्यो । घरहरु भक्तिएर बस्ने बास नपाएका पिडितहरु जस्ताको टहरामा बस्न बिवस भए ।

    राज्यले उपलब्ध गराउनु पर्ने (अनुदानको रकम) राहत बिविध कारणले गर्दा छिटो उपलब्ध गराउन नसक्दा पिडितहरु ३ बर्ष सम्म टहराको चिसोमा कठ्याङ्रिन बाध्य भए । पुनर निर्माणको लागि सहुलिएतमा ऋण उपलब्ध गराउने बिषय अझै राम्रोसंग व्यवहारमा आउन सकेको अवस्था छैन । निर्माण सामागृको आकासिदो मुल्य साथै कालिगडको अभावको कारण समयमा निर्माण कार्य गर्न नसक्दा पिडितहरुले लामो समय सम्म घर विहिन हुनु पर्ने अवस्था रहन पुग्यो । राज्यले पहिलो किस्ताको अनुदानको रकम उपलब्ध गराएपछि धोरै खर्चमा सुरक्षीत आवासको बनाउने माध्यमको खोजी गरे ।

     


    इट्टा, ढुंङ्गा, सिमेन्टको माध्यमबाट सुरक्षीत ढलान घर निर्माणको लागि धेरै लगानि हुने हुंदा सो भन्दा उपयुक्त, सस्तो, राम्रो साथै बलियोको रुपमा ट्रस्टको माध्यमले आवास निर्माण तर्फ आकर्षण बढ्दै गएको छ । ट्रस्टको माध्यबाट निर्माण गर्दा ढलान गरेर बनाउने भन्दा ६० प्रतिशत कम हुने तर ढलान गरेर वनाउने भन्दा सुरक्षीत हुने लाभग्राहिहरुको भनाई रहेको छ । उनिहरुका अनुसार ट्रस्टको माध्यमबाट निर्माण गरेको घर जस्तोसुकै भूकम्प आएपनि क्षति नहुने र आवासको लागि सुरक्षीत हुन्छ । ढलान गरेर बनाएको घर पुरोनो भएर भत्काउनु पर्दा भत्काउनै धेरै खर्च लाग्ने र झ्याल ढोका भन्दा बाहेकको अन्य कुनै सामान काम नगाग्ने तर ट्रस्टको घर पुरानो हुंदा पनि झण्डै सुरुको लागत उठ्ने बताउछन् ।
    ट्रस्टको माध्यमबाट घर सम्पन्न गरी सक्नुभएका भूकम्प पिडित पाँचखाल ६ कबिन्द्र तिमल्सिनासंग संम्पर्क राख्दा उहाँले बताउनु भयो “ट्रस्टको माध्यमबाट सिमेन्ट बोर्ड प्रयोग गरी निर्माण गर्दा छिटो, राम्रो,सुरक्षीत साथै मानव स्वास्थ्यको लागि समेत लाभदायक हुन्छ” । ढलान गरेर घर बनाउदा १८ महिनामा सम्पन्न हुने घर ट्रस्टबाट बनाउंदा १ महिनामा सकिन्छ साथै ढलान घर चिसोमा धेरै चिसो भएर बस्नै नसकिने र गर्मीमा धेरै तातेर उसिने सरह हुने जस्ले गर्दा स्वास्थ्यमा समस्या हुने उहाँको भनाई थियो । तिमल्सिनाले थप्नुभयो ढलान घर बनाउंदा धेरै लगानि हुन्छ तर सुरक्षीत नहुने ०७२ मा गएको भूकम्पबाट थाहा भयो । त्यस्तो घर भत्काउनु प¥यो भने धेरै खर्च लाग्ने तर ट्रस्ट सिस्टमले बनाएको घर भत्काउनु पर्दा कम खर्चले हुने र पुन प्रयोगमा ल्याउन सकिने उहाँको तर्क थियो ।
    तिमल्सिनाले भन्नु भयो मैले ट्रस्ट बाट २ वटा हल समेतको तीन तल्ला व्यापारीक प्रयोजनको लागि सुरक्षीत घर निर्माण सम्पन्न गर्दा ३५ लाखमा सम्पन्न गरे, तर ढलान गरेर वनाएको भए १ करोड भन्दा माथि खर्च हुनेथियो । त्यति ठुलो लगानि गरेर बनाउंदा पनि सुरक्षीत भने हुंदैन थियो तर थोरै लगानिमा सुरक्षीत घर बनाउंन पाउंदा आफु सन्तुष्ट भएको उहाँको तर्क थियो । हालै मैले बनाएको घरमा कुनै कोठा थप्न, घटाउन कुनै समस्या रहन्न साथै चिसोमा धेरै चिसो हुंदैन र गर्मीमा धेरै गर्मी नहुने बताउनु भयो । व्यापारीक प्रयोजन बाहेक आवासको लागि निर्माण गर्दा १२ कोठे घर करिब २० लाखले निर्माण सम्पन्न हुने साथै सुरक्षीत हुने बताउनु भयो ।
    पछिल्लो समयमा ग्रामिण बस्तिमा हुने पुनर निर्माणको कार्यमा ढुंगा माटोको घर, सिमेन्ट जडान वाल सिस्टमको घर, ढलान गरेर वनाएको घर भन्दा फलाम र सिमेन्ट बोर्डको माध्यमबाट घर निर्माण गर्ने तर्फ आकर्षण भएका छन् । यस्तो तरिकाले घर निर्माण गर्दा घरको मोडेल फेर्न मनलाग्दा र घर अन्यत्रै सार्नु पर्दा समेत कुनै समस्या र धेरै खर्च नहुने भएकोले धेरै जसो व्यापारिक प्रयोजनको घर ट्रस्टको माध्यमबाट निर्माण हुन सुरु भएको छ । निम्न आए भएकाले स्थानिय निर्माण सामागृको माध्यमबाट, उच्च आएस्रोत भएकाले ठुलो खर्चमा ढलान गरी आधुनिक तरीकाले र मध्यमबर्गले भने ट्रस्टको माध्यमबाट पुनर निर्माण कार्यमा आकर्षण भएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार