२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पाँखालमा मनाय नारी दिवस, कागजमा सिमित अधिकारलाई व्यवहारमा उतार्नु पर्छ – निरौला


४४५४ पाठक संख्या

पाँचखाल-आर्थिक सशक्तिकरण सहितको सामाजिक जागरण, ग्रामिण तथा शहरी महिलाको जीवनस्तरमा रुपान्तरण भन्ने मुल नाराका साथ

  • नवसंकेत अनलाईन
  • २०७४ फागुन २२, मंगलबार मा प्रकाशित ६ साल अघि
  • पाँचखाल-आर्थिक सशक्तिकरण सहितको सामाजिक जागरण, ग्रामिण तथा शहरी महिलाको जीवनस्तरमा रुपान्तरण भन्ने मुल नाराका साथ १०८ औं अन्तराष्ट्रिय महिला दिवस सोमबार पाँचखालमा सम्पन्न भएको छ । लैगिक हिंसा न्युनिकरण र अधिकार सम्बन्धि खुल्ला महिला लोकगीत प्रतियोगिताको समेत आयोजना गरी दिवस मनाएको थियो ।

    कार्यक्रमका प्रमुख अतिथि महिला तथा बालबालिका बिकास कार्यालय काभे्रका प्रमुख प्रज्ञा निरौलाले महिलाले आफ्नो अधिकारको लागि एक जुट हुनुपर्ने वताउनु भएको थियो । उहाँले भन्नुभयो महिला र पुरुष एक रथका दुई पाङ्रा भएकोले दुवैको समान अधिकार नभएमा समस्या आउने वताउनु भयो । दुइ पाङ्ग्रा मध्य एउटा कमजोर भएमा यात्रा गन्तब्यमा पुग्न नसक्ने भएकोले नारी र पुरुषमा समान अधिकार हुनु पर्ने धारणा राख्नु भएको थियो ।

    कार्यक्रममा प्रमुख अतिथि निरौलाले थप्नुभयो महिलालाई सारीको फेरमा चाबिको झुप्पो झुन्ड्याउने मौका दिएकै आधारमा घरभित्र मात्रै सिमित राख्ने कार्यको वदला आफ्नो क्षमता र योग्यताको आधारमा कुनै पनि कार्य गर्न अवसरकोलागि अगाडि बढ्नु पर्ने बताउनु भयो । अन्तराष्ट्रिय नारि आन्दोलनको वलमा केही सुबिधाहरु प्राप्त गरेपनि पुर्ण रुपमा सुबिधा पाउन अझै धेरै बाँकि रहेकोले अझै सकृयताको साथ अगाडि बढ्नु पर्ने उहाँको धारणा थियो । शब्द साथै कागजि रुपमा महिलाहरुलाइ अधिकार दिएको भएतापनि व्यवहारिक रुपमा पुर्ण अधिकार प्राप्त नभएकोले सो अधिकार प्राप्तिका लागि महिलाहरु सकृयताको साथ अगाडि बढ्नु पर्ने बताउनु भएको थियो । महिला दिवसमा महिलाको मात्र उपस्थिति राम्रो नभएको वताउंदै यस्तो कार्यमा महिला र पुरुषको बराबरि उपस्थिति हुनुपर्ने उहाँको धारणा थियो ।

    पाँचखाल नगरपालिकाको उप—मेयर लक्ष्मी दनुवारको सभापतित्वमा सम्पन्न कार्यक्रममा ग्रामिण महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्ष सरस्वति चिमौरियाले कार्यक्रमको औचित्य माथि प्रकाश पार्नु भएको थियो । कार्यक्रममा लोक गायककार हमेश्वर सापकोटा र राधिका सापकोटाले भरपुर्ण मनोरञ्जन प्रदान गर्नु भएको थियो । लैगिक हिंसा न्युनिकरण सम्बन्धि लोक गित प्रतियोगितामा ८ समुहले भाग लिएका थिए । जसमा १२३ अंङ्क प्राप्त गरी प्रथम सुनिता तामाङ समुह, ११३ अंङ्क प्राप्त गरी द्वितिय शान्ति चौलागाई समुह,  १११ अंङ्क प्राप्त गरी त्रितिय भगवति काफ्ले समुह र १०९ अंङ्क प्राप्त गरी सान्त्वना सुनिता नेपाल समुह छनोट हुनु भएको थियो । उक्त प्रतियोगिताको निर्णायकमा गोविन्द दुलाल, अरुण नेपाल र साबित्रि लामिछाने रहनु भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार