२०८१ बैशाख १९, बुधबार | Wed, 01, May, 2024

तातोपानी नाका बन्द हुंदा हजारौ मारमा, नाका बन्दको कारण बिहान बेलुकिको समस्या – व्यवसायी


२३७९ पाठक संख्या

  आइ.आर.के मैनाली खाडिचौर-लामो समयदेखि तातोपानी नाका बन्द रहेको छ, जसको असर सिन्धुपाल्चोक, दोलखा, काभे्र

  • नवसंकेत अनलाईन
  • २०७४ फागुन २९, मंगलबार मा प्रकाशित ६ साल अघि
  •  

    आइ.आर.के मैनाली
    खाडिचौर-लामो समयदेखि तातोपानी नाका बन्द रहेको छ, जसको असर सिन्धुपाल्चोक, दोलखा, काभे्र लगायतको जिल्लामा बसोवास गर्ने स्थानियहरुलाई समेत पर्न गएको छ ।

    खासाको वजारमा गएर सस्तोमा मौसम अनुसारको आवस्यक सामाग्री खरिद गरी समस्या समाधान गर्दै आएका तिन जिल्लाका जनताहरुलाई प्रत्यक्ष रुपमा मार परेको छ भने अप्रत्यक्ष रुपमा धेरै जिल्लाका साथै राजधानीमा बसोवास गर्नेहरु समेत समस्यामा परेका छन् । एक्कासी नाका बन्दि हुंदा चकित खाएका व्यापारीहरु खुल्ने आशै आशामा लामो समय पर्खदै गर्दा धेरै ऋणको भारमा परिसकेका छन् । स्थानिय निकायको सरकार वनेपछि खुल्ने आस्वासन चुनावको समयमा नेताहरुले दिएकाले हौसिएका व्यवसायिहरु हाल आएर निरास भएका छन् ।

    तातोपानी नाका बन्द भएसंगै तातोपानी देखी दोलालघाट सम्मको स्थान सुनसान भएको छ , बिगतमा धेरै व्यापार हुने र घर भाडाकै भरमा पनि जिवन यापन गर्न सकीने आशामा वाह्रबिसे, लामोसाँघु, खाडिचौर, चेहेरे सुकुटे लगाएतको स्थानमा आकर्षण भएकाहरु हालको अवस्थामा समस्यामा परेका छन् । ठुलै पर्वको रुपमा निकै भिडभाडका साथ रमाईलोसंग आवत जावत हुनेगरेको उक्त स्थानहरुमा हाल आएर पुरै सुनसान भएको छ । जसको असर स्थानियहरुको घरजग्गामा समेत परेको छ । नाका बन्दको कारण बजारको चहल पहल घटेपछि घरजग्गा बेचेर अन्यत्र जान खोज्दा समेत नबिकेर समस्या आएको स्थानिय व्यवसायिहरुको भनाई रहेको छ ।

    नाका खुल्ने आशै आशामा ऋणपन गरी कुरीरहेका स्थानियहरु उठिजाउ न बसिखाउको अवस्थामा जिनतेन गुजारा चलाउंदै आएका छन् । बिगतमा राम्रै दाममा घर भाडामा लगाएर सोहि भाडाकै भरमा बाच्नेहरुलाई जटिल समस्या आएको छ । अरुको घरमा भाडामा वसेर व्यवसाय संञ्चालन गर्नेहरु व्यवसाय नचलेपछि आफ्नो वाटो लाग्दा विगतमा भाडामा घर लिन तछाड मछाड गर्नेहरुको अभाव भई बजार क्षेत्रको घरहरुमा ताला झुन्डिएको छ । जसले गर्दा घरधनीहरुको आम्दानिको स्रोत टुटेको छ ।

    खाडी चौर स्थित घरधनिले नाम उल्लेख नगर्ने शर्तमा प्रभातफेरी साप्ताहिसंग दुखेसो पोख्नुभयो । “बजारको चहलपहल हुंदा गाउंमा रहेको सम्पुर्ण खेतबारी वेचेर घर किनियो, केही समय घरभाडाबाट राम्रो आम्दानि लिईयो तर हाल आएर बिहान बेलुकाको लागि समेत समस्या परेको छ” । घर घरेडी बेचौभने पनि बिक्दैन सवैले वेचन्को लागि पहल गरेका छन् तर बिक्दैन । वसौ भने के गरेर विहान बेलुका चलाउने धेरै समस्यामा परीयो । “घरमा हामी दुई वुडा वुडि मात्रै भएकोले खेति गर्न नसक्ने भईयो, त्यसैले खेतबारी बेचेर भाडाखाने लोभमा आइयो, खहिले समस्या प¥यो ।

    बारबिसे बजारमा व्यवसाय गर्दै आउनुहुने व्यवसायिको उस्तै दुखेसो रहेको छ, उहाँ भन्नुहुन्छ, खासा बन्द भएपछि ठुलै समस्या परेको छ । खासा खुल्लार राम्रोसंग व्यवसाय गरुला भन्ने आशै आशामा ऋणमा डुवियो । उठेर अन्तै जाउ भने ऋण कसरी तिर्ने वसौ भने कसरी विहान बेलुकिको व्यवस्था गर्ने समस्यामा परेको वताउनु हून्छ । जुरेमा पहिरो गएदेखि ओरालो लागेको व्यवसाए कहिल्यै उमो लागेन । जुरेको पहिरोबाट बिग्रीएको सडक बनेपछि केही आशा पलाएको थियो, अर्को बज्रपात भुकम्प सावित भयो । भुकम्पबाट ज्यानत जोगिएको थियो तातोपानी नाका बन्द हुदाँ समस्या भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार