२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

लवग्रीन नेपालको अगुवाईमा आइ.पि.एम खेती, पाँचखालमा धेरै बिषादी भन्ने हल्ला मात्र हो – प्राबिधिक


३४१० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ जेष्ठ ८, मंगलबार मा प्रकाशित ६ साल अघि
  • आई.आर.के मैनाली
    पाँचखाल-मौसमी तथा बेमौसमी ताजा तरकारी खेतिको लागि प्रख्यात स्थानको रुपमा रहेको पाँचखाल र आसपासको क्षेत्रमा धेरै बिषादी प्रयोग गर्ने भन्ने हल्ला मात्र रहेको एक अध्ययन टोलिले जानकारी दिएको छ ।

    लवग्रीन नेपाल वातावरण मैत्रि एकीकृत दीगो विकास परियोजनाका अध्ययन टोलिका प्राबिधिक गोबिन्द पाण्डेले पाँचखालमा उत्पादन हुने तरकारीहरुमा जति हल्ला छ सो अनुसारको बिषादी प्रयोग नभएको बताउनु भएको हो । विगतमा पाँचखालको तरकारीमा धेरै बिषादि प्रयोग गर्छन भन्ने हल्ला सुनिन्थ्यो तर सुने जस्तो ढंगबाट पाँचखालमा बिषादि प्रयोग भएको रहेनछ पाण्डेले बताउनु भयो ।

    परियोजनाले पाँचखाल नगरपालिका अन्तर्गत बिभिन्न स्थानमा आइ.पि.एम कृषक पाठशालाहरु सञ्चालन गरी रहेको छ । जसबाट कृषकहरुले बिषादी प्रयोगबाट हुने नोक्सानिको बारेमा भरपुर्ण जानकारी हासिल गरेका छन् । पाँचखाल नगरपालिका ६ मा रहेको सदावहार आइ.पि.एम.कृषक पाठसाला १८ हप्ता सञ्चालन भइसकेको छ । पाठशालामा सहभागी २६ अगुवा कृषकले जैविक बिषादी सम्बन्धि पुर्ण ज्ञान हाशिल गरेका छन् ।

    सहभगी कृषकहरुले आइ.पि.एम तरीकाबाट तरकारी खेति गरेका छन् । सो तरिकाबाट गरेको खेती मध्य आलु खेती पुर्ण रुपमा सफल भएको कृषकहरुको भनाई रहेको छ । तालिममा सहभागी अगुवा कृषक बैकुण्ठ कायष्ठ बताउंछन् “कुनैै पनि प्रकारको बिषादी प्रयोग नगरी, रासायनिक मल पनि सिफारिस मात्रा भन्दा कम प्रयोग गरी खेती गर्दा उत्पादनमा कमी भएको छैन” । ताजा तरकारी खेतिमा पनि रसायनिक बिषादी प्रयोग नगरी जैबिक बिषादीको प्रयोग गरी खेती गर्ने तयारी गरेको कायष्ठको भनाई रहेको छ । त्यसैगरी अर्का अगुवा कृषक धनलाल श्रेष्ठले आइ.पि.एम तरिकाले खेति गर्दा उत्पादनमा ह्रास नभएको, जैबिक तरिकाबाट किरा नियन्त्रण भएको तर रोग नियन्त्रण गर्न केही समस्या परेको बताउंछन् ।

    जाईका योकोहाना लवग्रीन जापानको सहयोगमा पाँचखालमा संञ्चालन भएको अगुवा कृषकहरुको समुहहरुलाई जैबिक बिषादीको माध्यमबाट ताजा तरकारी खेति गराउने उद्देस्यले कृषक पाठशालाहरु संञ्चालनमा ल्याएको छ । सदावहार आइ.पि.एम.कृषक पाठशाला संञ्चालन भएको १८ हप्ता पुगेको अवसरमा एक कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा जैबिक तरीकाबाट खेती गर्दा र रासायनिक बिषादि प्रयोग गरी खेति गर्दाको भिन्नताको बारेमा अन्तक्र्रिया भएको थियो । सो कार्यक्रममा सहभागि कृषकहरुले जैबिक तरीका र रासायनिक बिषादि प्रयोग गरी खेति गर्दा कुनै भिन्नता नभएको जानकारी गराएका थिए ।

    कार्यक्रममा लवग्रिन नेपालका कार्यक्रम अधिकृत नारायण प्रसाद ज्ञवालिले बिषादिबाट हुने नोक्सानिको वारेमा श्रव्य दृस्य मर्फत कृषकहरुलाई जानकारी गराउनु भएको थियो । कार्यक्रममा अधिकृत ज्ञवालिले पाँचखाल र आसपासको वातावरण सुधार्न साथै कृषकहरुको स्वस्थ्य बिग्रन नदिनुका साथै जैबिक तरीकाबाट राम्रो उत्पादन गर्ने वातावरण तयार गर्नको लागि आफु साथै लवग्रिन नेपाल लागेको बताउनु भएको थियो । बिषादिको कारण मानव शरिरमा हुने असर साथै जैबिक तरीकाको खेतिबाट हुने फाईदाको बिषयमा समेत बताउनु भएको थियो । कार्यक्रममा ज्ञवालिले थप्नु भयो बिषादिलाई न्यूनिकरण गर्दै गरेको ताजा तरकारी खेतिमा कुनै समस्या नआएको बताउनु भयो ।

    कार्यक्रममा प्रशिक्षक गोबिन्द पाण्डेले भन्नु भयो ताजा तरकारी खेतिको लागि पाँचखाल अत्यन्त राम्रो साथै उर्वरा भूमि भएकोले कृषकहरु र उपभोक्ताहरुको हितको खातिर जैबिक बिषादिको माध्यमबाट खेति गराउने बिषयमा कृषकलाई जागरुक बनाउने बताउनु भयो । निस्पक्षता साथै पारदर्शी ढंगबाट कार्य गरी आगामि ५ बर्ष सम्ममा पाँचखालमा उत्पादन हुने तरकारीमा बिषादि मुक्त तरकारी उत्पादन गर्ने वातावरण तयार गर्ने संस्थाको लक्ष रहेको बताउनु भयो ।

    कार्यक्रममा सदावहार आइ.पि.एम.कृषक पाठसालाका अध्यक्ष एवं अगुवा कृषक केदार ढुंगानाले बिषादिलाई न्यूनिकरण गर्दै आइ.पि.एम तरिकाले गरेको खेति पुर्ण रुपमा सफल भएको बताउनु भयो । सवै सहभागिहरु खुसि भएको वताउंदै बजार व्यवस्थाको लागि पहल गर्नुपर्ने बताउनु भयो । आगामि दिनमा कृषकहरुलाई आइ.पि.एम तरीकाको खेतिको बारेमा चेतना प्रदान गर्ने कार्य गर्नु पर्ने बताउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार