२०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024

पाँचखालमा आइ.पि.एम तरिकाको खेतीमा कृषकको आकर्षण, लब ग्रीनले गर्दा पाँचखालको भविश्य उज्जलछ – कृषि बिकास अधिकृत


२२११ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ जेष्ठ १५, मंगलबार मा प्रकाशित ५ साल अघि
  • आई.आर.के मैनाली

    पाँचखाल-कृषि नगरीको रुपमा चर्चित पाँचखाल नगरका कृषकहरु आइ.पि.एम तरिका बाट ताजा तरकारी खेतिको लागि आकर्षित भएका छन् ।नगरपालिकाको तर्फबाट समेत पाँचखालमा विषादि न्युनिकरणको लागि प्राथमिकता दिएपछि कृषकहरु आकर्षित भएका हुन् ।

    पाँचखालमा उत्पादन भएको ताजा तरकारीमा बिषादि न्वुनिकरण गर्दै ताजा तरकारी उपभोक्ताहरुलाई उपभोग गर्न लगाउने तर्फ कृषकहरुको ध्यान केन्द्रित भएको छ । मौसमी तथा बेमौसमी ताजा तरकारी खेतिको लागि प्रख्यात स्थानको रुपमा रहेको पाँचखाल र आसपासको क्षेत्रमा आइ.पि.एम तरिकाबाट खेति गर्दा सफल भएको छ ।

    लवग्रीन नेपाल वातावरण मैत्रि एकीकृत दीगो विकास परियोजनाले पाँचखालमा आइ.पि.एम तरिकाबाट खेति गराउन निरन्तर लागि रहेका छन् । माटो परिक्षण गरी सुधार गर्नु पर्ने बिषयमा समेत जानकारी गराउंदै कृषकहरुलाई कम खर्चमा बिषादि रहित ताजा तरकारी उत्पादन गराउनकोलागि ११ वटा कृषक पाठशाला संञ्चालन गरेका छन् । २० देखि २२ हप्ता सम्म पाठशालामा आइ.पि.एम तरिकाले तरकारी खेति गर्ने बिषयमा प्रयोगात्मक तरीका समेत अपनाएको छ ।

    समय समयमा कृषकहरुसंग कृषि बिज्ञहरुलाई झिकाएर अन्तक्र्रिया कार्यक्रम समेत गर्ने गरेको छ । सोही क्रममा काभे्र जिल्ला कृषि कार्यालयका बरिष्ट कृषि बिकास अधिकृत दुर्गा प्रसाद पंडित र कृषि प्रचार अधिकृत कृष्ण धिताल साथै प्राबिधिकहरुकोे उपस्थितिमा कृषकहरु समक्ष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो । कृषि नगरी पाँचखाल नगरमा लबग्रीन नेपालको प्राबिधिक सहयोगमा आइ.पि.एम तरिकाबाट बिभिन्न ठाउमा भएको तरकारी खेतिको अवलोकन पस्चात अन्तक्र्रियामा परिणत भएको थियो ।


    कार्यक्रममा जिल्ला कृषि बिकास कार्यालयका प्रमुख पंडितले, जाईका योकोहाना लवग्रीन जापानको सहयोगमा पाँचखालमा संञ्चालन भएको अगुवा कृषकहरुको समुहहरुलाई जैबिक बिषादीको माध्यमबाट ताजा तरकारी खेति गराउने उद्देस्यले कृषक पाठशालाहरु संञ्चालनमा ल्याएको बताउनु भयो । उहाँले थप्नुभयो कृषि कार्यालयले गर्नुपर्ने कार्य लब ग्रीन नेपालले गरेकोमा खुसि व्यक्त गर्दै लब ग्रीनले गर्दा पाँचखालको भविश्य उज्जल रहेको ठोकुवा गर्नु भयो । । पाँचखालमा उत्पादन भएको ताजा तरकारीको बिषयमा विगतमा संञ्चार माध्यमले अनावस्यक प्रोपोकाण्ड मच्चाउंदा केहि समस्या भएको बताउंनु भयो । उहाँले थप्नुभयो जिल्ला कृषि बिकास कार्यालयले अनुगमन गरी तयार पारेको डाटाको आधारमा प्रत्यक बर्ष बिषादी आयात घटेको छ , आयात घट्नु भनेको प्रयोग घट्नु हो उहाँको तर्क थियो । पाँचखालमा बिषादीको अत्याधिक प्रयोग भन्ने हल्ला आएपछि हाम्रो तर्फबाट अनुसन्धान हुंदा हल्लामा सत्यता नभएको पाएको बरिष्ट कृषि बिकास अधिकृत पंडितको भनाई थियो ।


    त्यसैगरी अन्तरक्रिया कार्यक्रममा कृषि बिकास कार्यालयका कृषि प्रचार अधिकृत कृष्ण धितालले पाँचखालमा उत्पादन भएको बिभिन्न प्रकारका ताजा तरकारीमा बिषादिको मात्रा अन्यत्रको भन्दा अत्यन्त कमी भएको बताउनु भयो । काठमाडौको बजारमा नेपालका बिभिन्न स्थानबाट मात्र नभई छिमेकी मुलुक भारतबाट समेत तरकारी भित्रिने गरेको बताउनु भयो । बजारमा आयको तरकारीमा बिषादिको मात्रा भेटिनासाथ सजिलोको लागि काभे्र पाँचखालको भन्ने गरेको पाईएको बताउनु भयो । पाँचखालमा उत्पादन भएको बिभिन्न तरकारीहरु परिक्षण गर्दा खान अयोज्ञ नभेटिएकोले बद्नाम गर्ने उद्देस्यले हल्ला गरेको बताउनु भयो ।

    कार्यक्रममा अधिकृत धितालले भन्नु भयो, लव ग्रीन नेपाल नामक संस्थाले आइ.पि.एम तरिकाबाट खेती गर्न सिकाउदा कृषकहरु पोख्त भएको बताउनु भयो । पाँचखालका कृषकहरु धेरै सचेत भएकोले एकै पटक अर्गानिक तरिकाले खेती गर्न नसक्ने हुंदा आए.पि.एम तरिका अपनाएकोमा खुसि हुंदै विस्तारै अर्गानिक तरिकाले खेती गर्न सुझाव दिदै सो कार्यको लागि आफुले सक्दो सहयोग गर्ने बताउनु भयो । समग्र जिल्लाको कुरा गर्दा नाला, पनौतीको तुलनामा पाँचखालमा माटो कम बिग्रिएको माटो परिक्षणबाट जानकारी भएको बताउंदै माटो सुधारको लागि पहल गर्नुपर्ने बताउनु भयो । पाँचखाल लगायत तरकारीको पकट क्षेत्रमा माटो सुधार गर्नुपर्ने समय भएकोले सो कार्यमा आफुले सहयोग गर्ने बताउनु भयो । काभे्रमा सुपरजोन लागु भएकोले ५० प्रतिशत छुटमा माटो सुधारको लागि कृषि चुन उपलब्ध गराउने बताउनु भयो ।


    कार्यक्रममा लवग्रिन नेपालका कार्यक्रम अधिकृत नारायण प्रसाद ज्ञवालिले बिषादिबाट हुने नोक्सानिको वारेमा बताउनु भएको थियो । मानव स्वास्थ्य वातावरणलाई समेत नोक्सान पु¥याउने बिषादि प्रयोगलाई न्वुनिकरण गर्दै पाँचखालको वातावरण जोगाउने बिषयमा आफुहरु लागेको बताउनु भयो ।

    उहाँले थप्नुभयो “हाम्रो उद्देस्य भनेको वातावरण साथै मानव स्वास्थ्य जोगाउने र कृषकहरुको खर्च घटाउने, आम्दानिमा बृद्धि गराउने हो ” । त्यसको लागि बिषादिलाई अनावस्यक प्रयोगमा रोक लगाउंदै न्वुनिकरण गर्दै जाने बताउनु भयो । पाँचखालमा बिषादिलाई न्वुनिकरण गर्नको लागि काम सुरु गरेको ६ महिना भयो यो समयमा ११ ठाउमा कृषक पाठशालाहरु संञ्चालन गरी अगाडि बढेको बताउनु भयो । कृषकहरुको खेतमा धेरै ठाउमा धेरै प्रकारको तरकारीहरु हामै्र निगरानिमा आइ.पि.एम तरिकाबाट खेती गर्दा राम्रोसंग सफल भएको बताउनु भयो । जुन तरिकाबाट खेती गर्दा कृषकको खर्च कम भएको र आम्दानी बढी भएको बताउनु भयो । लब ग्रीन नेपाले नियमित रुपमा माटो परिक्षण गर्दै आएको र सोही आधारमा माटो सुधारको लागि कुन कुन तत्वको अभाव रहेको र सो पुर्तीको लागि के गर्नु पर्ने भन्ने बिषयमा समेत कृषकलाई जानकारी गराएको बताउनु भयो ।

    कार्यक्रममा लव ग्रीन नेपालका प्राबिधिक गोबिन्द पाण्डेले भन्नु भयो ताजा तरकारी खेतिको लागि पाँचखाल अत्यन्त राम्रो साथै उर्वरा भूमि भएकोले आइ.पि.एम तरिकाले खेती गर्दा सफल भएको बताउनु भयो । कृषकहरु र उपभोक्ताहरुको हितको खातिर जैबिक बिषादिको माध्यमबाट खेति गराउने बिषयमा कृषकलाई जागरुक बनाउने बताउनु भयो । निस्पक्षता साथै पारदर्शी ढंगबाट कार्य गरी आगामि ५ बर्ष सम्ममा पाँचखालमा उत्पादन हुने तरकारीमा बिषादि मुक्त तरकारी उत्पादन गर्ने क्षेत्रको रुपमा परिचित गराउने तयारीका साथ अगाडि बढेको बताउनु भयो । हाम्रो संस्थाको सोचलाई कृषक साथै पाँचखाल नगरपालिकाले समेत पुर्ण साथ दिएकोले उद्देस्य सहज ढंगबाट पुरा हुने बताउनु भयो । जुन कार्यले गर्दा पाँचखालको वातावरण, स्थानियको स्वास्थ्य राम्रो हुनाको साथै कृषकहरु आत्म निर्भर हुन सक्ने ठोकुवा गर्नु भयो ।

    त्यसैगरी लव ग्रीन नेपालका प्राबिधिक देवि प्रसाद गौतमले भन्नुभयो, जिल्लाकै उर्वरा भूमिको रुपमा रहेको पाँचखालमा उत्पादन भएको ताजा तरकारीले राजधानी काठमाडौको तरकारी मागको झण्डै ३५ प्रतिशद थेग्छ । त्यति ठुलो परिणाममा उत्पादन हुने तरकारी खेति आइ.पि.एम तरिकाले गराउंदा कृषकको हित, उपभोक्ताको हित साथै वातावरण संरक्षण हुने भएकोले संस्थाले कार्यलाई अगाडि बढाएको बताउनु भयो । हामीले कृषकको खेत बारीमा गरेको तरकारी खेती प्रदर्शनिमा परम्परागत तरिकाले गरेको खेतिको तुलनामा उत्पादन धेरै खर्च कम भएको पाएका छौं । उदाहरणको लागि पाँचखाल ७ को काफ्ले टोलमा १ रोपनिमा आइ.पि.एम तिरकाले गोलभेडा खेति गर्दा अत्यन्त राम्रोसंग सफल भएको छ । जुन ठाउंमा छैटौं पटक सम्म टिप्दा ८ सय किलो उत्पादन भएको बताउनु भयो । अम्बिका काफ्लेको जग्गामा लगाएको गोलभेडा खेतीको लागि कविता, डालिला,गे्रस्को रानी र गोमा नामको बिउबाट परिक्षण गरेकोमा कविता जातको बिउ उत्कृष्ट र दोस्रोमा डालिला रहेको बताउनु भयो ।

    पाँचखाल नगरपालिका १२ स्थित राधाकृष्ण पाठसालाका अगुवा कृषक बाबुराम (ढकप्रसाद) गौतमले भन्नुभयो विगतमा हामीले नजानेर बिषादि प्रयोग गरेका रहेछौं अव त्यसरी प्रयोग गरिन्न । खेती कसरी गर्ने कुन तरिका अपनाउने भन्ने बिषयमा लब ग्रीन नेपालले सिकायो अव ढुक्कसंग आइ.पि.एम तरिकाले खेति गरीन्छ गौतमले भन्नुभयो । अव ज्यान जाला आइ.पि.एम तरिका छोडिन्न उहाँले थप्नुभयो । विगतमा सिकाउने भन्दै आक्कल झुक्कल खै कहााबाट हो आउथे खासै राम्रोसंग सिकाउदैन थिए त्यसैले गर्दा हामीले केही जानेनौ, अव लव ग्रीन नेपालले राम्रोस्रग सिकाएको छ खेति पनि बिगतको भन्दा राम्रो भएको छ, त्यसैले अव हामी ढुक्कका साथ आइ.पि.एम अपनाउंछौं भन्नुभयो ।

    अर्का अगुवा कृषक रामगोपाल लुईटेले भन्नुभयो, मेरो जग्गामा लवग्रीन नेपालले आइ.पि.एम तरीकाले गोलभेडा खेती गरेको छ । विगतमा गोलभेडा खेती असफल भएर हामी चिन्तित थियौं तर अहिले सफल भएको देख्दा खुसी लागेको बताउनु भयो । खेती गर्ने तरीका नजान्दा सफल नभएको रहेछ भन्ने प्रमाणित भएको छ । बनस्पतिक बिषादि प्रयोग गरी गरेको खेतिमा आम्दानि राम्रो खर्च कम भएकोले गर्दा हामी हर्षित भएका छौं, लुईटेलले कृषि बिकास कार्यालयबाट अनुगमनको लागि आएका प्राबिधिक टोलि समक्ष भन्नुभयो ।

    त्यसैगरी पाँचखाल १० का अगुवा कृषक गोपि अधिकारीले भन्नुभयो ०४५ सालबाट लगातार रुपमा तरकारी खेती गर्दै आईयो सुरुमा राम्रो उत्पादन हुन्थ्यो तर बजारको अभावमा समस्या हुनेगरेको बताउनु भयो । ०५० सालबाट उत्पादन भएको तरकारी बिक्रिको लागि बजार पाईन थाल्यो जसका कारण खुसि भयौं, पछिल्ला समयमा आएर बालि सफल नहुदा दिक्क भएका थियौं यहि समयमा लव ग्रीन नेपालले आइ.पि.एम तरिकाले खेती गराएर नयाँ तरीका सिकाउदा खेति सफल भएकोमा खुसि भएको अधिकारीको भनाई रहेको छ । लौका खेती गर्न छाडेका थियौं, फल्ने समयमा विरुवा मरेर सखाप हुने कारणले गर्दा । लव ग्रीन नेपालका प्राबिधिक टोलिले मेरै खेतमा लौका लगाउने कुरा गर्दा मरेर नोक्सान हुने भन्दै आनाकानी गरेको थिए तर नयाँ तरीकाले खेती गर्दा सफल भएकोले अव जथाभावि तरीकाले खेती नगरी आइ.पि.एम तरीकाले गर्ने बताउनु भयो ।

    त्यसैगरी अगुवा कृषक एवं समाजसेवी बद्री प्रसाद लुईटेलले पाँचखालमा आइ.पि.एम तरिकाले गरेको खेती सफल भएकोमा खुसि व्यक्त गर्नु भयो । लब ग्रीन नेपालले हामी कृषकहरुका लागि अवस प्रदान गरेको बताउनु भयो । जसका कारण धेरै कुरा सिक्ने मौका मिलेको छ । कृषकहरुले आइ.पि.एम तरिकाले खेती गर्न जानेपछि बानस्पतिक बिषादि प्रयोग गरी खेती गरेका छन्ं, जसले गर्दा कृषकको स्वास्थ्यमा साथै उपभोक्ताको स्वस्थ्यमा समेत कुनै असर नपर्ने बताउनु भयो । विगतमा कृषकहरुले सिक्ने कुनै मौका पाएका थिएनन् हाल आएर लब ग्रीन नेपालले गर्दा धेरै सिकेका छौ समाजसेवि लुंइटेलले थप्नुभयो । अवका दिनमा पाँचखालका कृषकहरुले तरकारी खेतीमा कुनै पनि प्रकारको बिषादीहरु नराखी बानस्पतिक बिषादिको प्रयोग गरी खेती गर्ने बताउनु भयो । कृषकले उत्पादन गरेको ताजा बिषादि रहित तरकारीको लागि वजारको व्यवस्थाको आवस्यक रहेकोले स्थानिय निकायले सहयोग गरेमा उचित मुल्य पाउने उहाँको तर्क थियो ।

    पाँचखाल नगरपालिका वडा नं ७ काफ्ले टोलकी अगुवा कृषक अम्विका काफ्लेले भन्नु भयो, बिषादि र मलको मात्रा घटाउंदा तरकारी खेती सफल हुने बताउनु भयो । उहाँले थप्नुभयो विगतमा तरकारी खेती गर्दा आम्दानि भन्दा खर्च बढि हुने गरेको थियो । धेरै खर्च गरी सकेपछि खेतीमा रोग लागेर सखाप हुदा खर्च मात्रै हुने गरेको वताउनु भयो । लव ग्रीन नेपालको प्राबिधिकहरुले आइ.पि.एम तरिकाले खेती गराउंदा सफल भएको बताउनु भयो । आफ्नो बारीमा नयाँ तरीकाले गरेको खेतीमा धेरै राम्रो आम्दानि भएको बताउनु भयो । धेरै अगाडिबाट तरकारी खेती गरेपनी आफुले खेती गर्ने बारेमा सवै जानकारी भै नसकेको र अव खेतीको तरीका जानेकोले निरन्तर रुपमा आइ.पि.एम तरिका अपनाएर खेती गर्ने बताउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार