२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

भट्टा हटाई वातावरण जोगाउ अभियान, वातावरण मैत्री ढंगको उद्योगलाई स्वागत गर्छौ – ढकाल, मानवको विनास गर्ने उद्योग आवस्यक छैन – दुलाल


३५८७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ जेष्ठ १९, शनिबार मा प्रकाशित ५ साल अघि
  • पाँचखाल-“कृषि शहर पाँचखाल नगर” भन्ने अभियानका साथमा अगाडी बढेको पाँचखाल नगरमा सञ्चालित ७ वटा इट्टा भट्टा र १ प्लाईउड कारखाना हटाएर वातावरण जोगाउ अभियानमा जुटेका छन् पाँचखालका स्थानियहरु ।

    पाँचखाल र आसपासको क्षेत्रको प्रमुख आम्दानीको स्रोतको रुपमा रहेको तरकारी खेती ईट्टा भट्टा र प्लाईउड कारखानाको कारण प्रभावित भएको भन्दै स्थानियहरुले बिरोध गरेका छन् । स्थानिय शुर्यवहादुर भेट्वालको संयोजकमा गठित संघर्ष समितिले अव्यवस्थित तथा मापदण्ड विपरित संचालित उद्योगहरुले मानव स्वास्थ्य तथा वातावरणमा दुरगामि तथा प्रत्येक्ष प्रभाव पारेको भन्दै आज (शनिबार) पाँचखाल वडा नं ७ श्रीराम पाटीमा बिरोध कार्यक्रमको आयोजना गरेको थियो ।

    बिरोध कार्यक्रममा पाँचखाल नपा वडा नं ७ का वडाध्यक्ष पुष्कर ढकालले, हामीलाई उद्योग चाहिन्छ तर वातावरण मैत्री ढंगबाट संञ्चालन हुनु पर्ने वताउनु भयो । वातावरणलाई असर नपु¥याउने ढंगबाट संञ्चालनमा आउने कुनैपनि प्रकारको उद्योगलाई स्वागत गर्ने बताउनु भयो । आफ्नो वडामा २ वटा ईट्टा भट्टा र १ वटा प्लाईउड कारखाना संञ्चालनमा रहेको र सो उद्योगहरु वातावरण मैत्री ढंगबाट संञ्चालन नभएकोले सचेत गराउनु भयो । उहाँले थप्नुभयो उद्योगको नाममा स्थानियको स्वस्थ्यमा खेलबाड नगर्न उद्योगीहरुलाई चेतावनी दिनुभयो । प्रक्रिया पु¥याएर वातावरण मैत्री ढंगबाट संञ्चालन नगरेमा त्यस्ता उद्योगहरुलाई नगर साथै वडाबाट दिनुपर्ने कुनै पनि प्रकारको सहयोग गर्न नसकिने वताउनु भयो । नगरको कार्यपालिकाको बैठकमा वातावरणमा असर पु¥याउने उद्योगहरुका बिषयमा छलफल गरी वातावरण मैत्रि ढंगबाट संञ्चालन गर्नु पर्ने बिषयमा आफ्नो पहल हुने बताउनु भयो ।

    त्यसैगरी वडा नं १२ का वडाध्यक्ष गोपालबहादुर दनुवारले आफ्नो वडामा रहेको २ वटा इट्टा भट्टा वातावरण मैत्री नभएको बताउनु भयो । भट्टामा उत्पादन भएको ईट्टा स्थानियले किन्न नपाउने तर धुवा र धुलो उपहार दिने कार्य आफुलाई पाच्य नभएको वताउनु भयो । अध्यक्ष दनुवारले थप्नुभयो भट्टाहरु वातावरण मैत्री ढंगबाट संचालन नभएकाले स्थानियहरुको हित साथै वातावरण संरक्षणको लागि त्यस्ता उद्योगलाई संचालनमा रोक लगाईने बताउनु भयो । नगरका कुनैपनि उद्योगहरु वातावरण मैत्रि साथै विगतको स्थानियहरुसंग भएको सम्झोता अनुसार अगाडि बढ्नु पर्ने बताउनु भयो ।

    त्यसैगरी वडा नं ५ का वडाध्यक्ष बालकृष्ण सापकोटाले पाँचखाल नगर उद्योगि बिरोधी नभएको बताउनु भयो तर उद्योगका नाममा स्थानियहरुलाई असर पु¥याउने साथै वातावरण ध्वस्त गर्न नपाईने वताउनु भयो । उद्योग चलाउन बल प्रयोग गरेर केही हुंदैन त्यसको लागि बुद्धी चाहिने वताउनु भयो । वल र पाखुराको भरमा उद्योग संञ्चालन गर्ने दिन सकिएको वताउंदै वातावरण मैत्री ढंगबाट उद्योग संञ्चालन गरेमा आफुले साथ र सहयोग गर्ने वताउनु भयो । उद्योगमा उत्पादन भएको उत्पादनहरु पहिलो प्राथमिकता स्थानियलाई दिदै वातावरणको संरक्षण गरी अगाडि बढ्ने होे भने आफु समेत उद्योगमा सहभागि हुन तयार रहेको बताउनु भयो ।

    बिरोध कार्यक्रममा स्थानिय समाजसेवी साथै राजनीतिज्ञ कंचन अधिकारीले पाँचखाल नगर धेरै संभावनै सम्भावना भएको नगर भएकोले यस्तो ठाउमा संञ्चालन हुने कुनै पनि उद्योगहरु वातावरण मैत्रि हुनुपर्ने बताउनु भयो । भट्टा तथा प्लाई उद्योगबाट निस्केको धुंवाले वातारण साथै तरकारी खेती नस्ट मात्र नभई मानव स्वास्थ्यमा समेत असर पुर्याकोले उद्योगहरु वातावरण मैत्री ढंगबाट संञ्चालन हुनु पर्ने वताउनु भयो । उद्योग संचालनको नाममा मानव स्वास्थ्यमै असर पुर्याउछ भने त्यस्ता उद्योगहरु हटाउन पहल गर्ने चेतावनी दिदै सच्चिन अनुरोध गर्नु भयो । स्थानिय तथा कृषकहरुलाई विस्थापित गरेर उद्योग चलाउने पक्षमा आफु नरहेको वताउंदै राम्रा कार्यको लागि साथ साथै नराम्रा कार्यलाई अवकास गर्ने पक्षमा आफु रहेको वताउनु भयो ।

    त्यसैगरी बिरोध कार्यक्रममा समाजसेबि एवं सहकारी विद पुर्ण प्रसाद दुलालले वातावरण साथै मानवको विनास गरेर संचालन हुने उद्योग पाँचखालमा आवस्यक नरहेको बताउनु भयो । कुनै पनि उद्योग मापदन्ड विपरित रहेको छ भने त्यस्ता उद्योगहरु वन्द गर्नु पर्ने बताउनु भयो । उद्योगका कारण स्थानियले सास्ति खेप्नु पर्ने तर उद्योगबाट भएको उत्पादनहरु स्थानियले किनन समेत नपाउने अन्याय उद्योगीहरुले गर्दै आएकोले त्यस्ता बिषयमा स्थानिय जनप्रतीनिधिहरुले ध्यान पु¥याउनु पर्ने बताउनु भएको थियो । व्यावसाय संञ्चालन गर्ने हो भने व्यवसायिहरुले मर्यादा भित्र रहेर कार्य गर्नुपर्ने बताउनु भएको थियो ।

    कार्यक्रममा समाजसेवी एवं राजनीतिज्ञ भक्त कुमारी लामाले कुनै पनि उद्योगको सकारात्मक तथा नकारात्मक गरी दुई पाटा हुन्छ, जसमा नकारात्मक पक्ष हुनेलाई हटाउनु पर्छ भने सकारातमक पक्ष हुनेलाई संरक्षण गर्नु पर्ने बताउनु भयो । उहाँले थप्नुभयो पाँचखालमा संञ्चालन भएको भट्टाको सकारात्मक पक्ष भन्दा नकारात्मक पक्ष बढी भएकोले सच्चिन जरुरी रहेको बताउनु भयो । पहिला ४—५ बर्ष अगाडि पनि भट्टाको बिषयलाई लिएर बिवाद भएको थियो स्थानिय र व्यवसायि बिच बार्ता भई सहमति भएको बताउनु भयो । सहमतिमा उल्लेख भएको बुंदाहरु व्यवसायिले पालन नगर्दा पुन समस्या आएको बताउनु भयो । जनताको आयु घटाएर उद्योग संञ्चालन गर्नुको कुनै औचित्य नहुने भएकोले त्यस्ता जन घातक उद्योगलाई बनद गर्नु पर्ने बताउनु भएको थियो । पाँचखालको वातावरणलाई सम्रक्षण गर्नु स्थानियको दायित्व भएकोले वातावरण मैत्रि ढंगबाट उद्योग सञ्चालन गर्न नसके बन्द गर्नु पर्ने बताउनु भएको थियो ।

    बिरोध कार्यक्रममा समाजसेवी एवं राजनीतिज्ञ मणिराज गौतमले विगतमा दुई भट्टा हुंदा आन्दोलन भएको थियो वातावरण बिग्रन्छ भट्टा सञ्चालनले गर्दा भनेर । पछि स्थानिय र व्यवसायिहरुका बिचमा वार्ता भयो र संञ्चालनमा आएके बताउनु भयो । तल्लो निकायले सिफारीस नगरेपनि उपल्लो निकायको पहलमा दर्ता हुने काम भएको बताउनु भयो । अव्यवस्थित ढंगबाट भट्टा संञ्चालन गरी पाँचखालको वातावरण ध्वस्त पारेकोले त्यस्ता कार्यलाई तुरुन्त रोक्दै वातावरण मैत्रि ढंगबाट संचालन गर्नु पर्ने बताउनु भयो । विचौलियाको कारण आन्दोलनहरुलाई तुहाउदै अस्त व्यस्त ढंगबाट भट्टा संचालनमा आएको वताउनु भयो ।

    त्यसैगरी स्थानिय बुद्धिजिवि एवं समाजसेवि बुद्धीकृष्ण बोलखेले विगतमा भएको सम्झौता कार्यान्वयन नहुंदा समस्या आएको वताउनु भयो । उद्योगिहरुसंग कुनै रिस छैन, तर आफु वाच्नाको साथै अरुलाईपनि बचाउनु पर्ने बताउनु भयो । उद्योग संचालन गर्दा अरुलाई असर नहुने गरी वातावरण मैत्रि ढंगबाट संचालन गर्नु पर्ने बताउनु भयो । संचालनमा भएको उद्योगलाई हटाउने कुरो त्यति सान्दर्भिक नभएको भन्दै साझा धारण बनाएर समस्या समाधान गर्दै वातावरण मैत्रि ढंगबाट संचालन गर्नु पर्ने बताउनु भयो ।
    संघर्ष समितिका संयोजक सुर्य वहादुर भेटुवालले कार्यक्रमको औचित्यमाथि प्रकाश पारी सुरु भएको उक्त बिरोध कार्यक्रममा स्थानियहरु पुरुषोत्तम पराजुली, महेश ढकाल, सुमन ढकाल, बुद्धी भेटुवाल,पदम प्रसाद घोरसाईने, पत्रकार दिनेश घिमिरे लगायतले आ—आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रममा धारण राख्ने क्रममा पदम प्रसाद घोरसाईनेले विर हनुमानको भट्टा लगायतको अन्य भट्टाले स्थानिय गुण्डा प्रयोग गरेको भन्ने भनाई प्रति आपत्ति जनाउंदै केहि वेर विवाद भएपनि प्रहरी प्रशासनको कारण विवाद साम्य भयो । कार्यक्रममा दुई सयको हाराहारीमा उपस्थित थियो जसमा व्यवसायी र स्थानिय बरावरि जस्तै देखिन्थे ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार