२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

तरकारीमा सिण्डिकेटको कारण कृषक मारमा, भ्रष्टाचारीको अन्त्य छिट्टै हुदैछ – मन्त्री बाष्कोटा


३३९८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ जेष्ठ २०, आईतबार मा प्रकाशित ६ साल अघि
  • नवराज सापकोटा
    बेथाञ्चोक । काभ्रेको पहिलो आलु महोत्सवको उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले ५ वर्ष पछि पनि कम्युनिष्टकै अझ बलियो सरकार बन्ने दावी गरेका छन् ।

    सरकारको मुख्य एजेण्डा आर्थिक समृिद्ध हो । यसकै कारण ५ वर्ष पछि पनि जनताले तिमीहरुले नै शासन चलाउनु पर्छ भन्ने छन् उनको भनाई थियो । सञ्चारमन्त्री बाँस्कोटाले सरकारले पाँच कुरालाई समृद्धिको आधार क्षेत्रको रुपमा अगाडी ल्याएको बताउँदै कृषि, पर्यटन, शिक्षा, उर्जा, यातायातलाई मार्फत राष्ट्रले सवृद्धि पाउने तर्क गरे । उत्पादनशिल क्षेत्रको पहिचान गरी तिव्र प्रतिफल प्राप्त हुने क्षेत्रमा नै बजेटको पहिलो प्रथमिकता रहन्छ । नेपालका लागि कृषि नै त्यस्तो क्षेत्र हो जहाँबाट छिट्टै प्रतिफल प्राप्त गर्न सकिन्छ उनले भने ।

    तरकारी कृषकले मेहनत अनुसारको मूल्य नपाएको भन्दै तरकारीमा पनि सिण्डिकेटको कारण कृषक मारमा परेको र त्यसलाई हटाउन सरकार प्रतिबद्ध रहेको बाताए । हामी नवनिर्माणको युगमा प्रवेश गरेका छौ । राजनीति कुरा छाडेर उत्पादन तर्फ, आरोप प्रत्यारोप छाडेर सहकार्य तर्फ र बेथितिका विरुद्धमा एउटै आवाजमा देश निर्माण गर्ने संकल्पका साथ आउनु नै मुलुक समृद्धि तर्फ अगाडी बढ्ने दिशामा अग्रसर भएको छ ,उनको भनाई थियो ।

    सरकारको नीति तथा कार्यक्रम तर्फ लक्षित गर्दै बास्कोटाले सरकारले नगर्ने काम नभन्ने र भनेको कार्य गरेरै छाडने बताउँदै सरकार भष्ट्राचारको विषयमा शुन्य सहनशिलताको पक्षमा रहेको बताए । सरकारले भ्रष्टाचारहरुको कुना कुनामा खोजी गर्दै ठेगान लगाउने बताय । अव भ्रष्टाचरीहरुको छिटै अन्त्य हुदैछ, कृषकले उत्पादन गरेको तरकारी बिक्रिमा पनि बीचौलीयाले भ्रष्टाचार गरेका छन् । अब सरकारले सम्पूर्ण क्षेत्रमा स्रोत साधनको मानविय क्षमताको प्रयोग गरेर देशलाई आर्थिक रुपमा सबल बनाउने लक्ष्य लिएको छ । मुलुक आर्थिक रुपमा सक्षम रहदाँ मात्र अन्य मुलुकले समेत हेप्न सक्दैन, यसमा सरकारले विदेशी सम्बन्ध सन्तुलन बनाएको छ उनको तर्क थियो ।

    बेथाञ्चोक गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तिमल्सिनाले कृषि क्षेत्रको विकास गर्न सके यसबाटै युवा विदेश पलायन हुनबाट रोकिने बताए । श्रम गर्ने मानिसमात्रै सफल बन्ने कुरा व्यक्त गर्दै उपस्थित कृषकहरुलाई श्रमगरेरै सवृद्धिको बाटोमा लाग्न आग्रह गरे । उपत्यकाका लागि तरकारी आपूर्ति गर्नेमा काभ्रे पहिलो स्थानमा पर्दछ । जिल्लामा उत्पादित आलुखेतिको प्रचार प्रसारका लागि जिल्लामै पहिलो पटक आलु महोत्सव भएको हो । प्रविधि प्रसार, यान्त्रिकरण प्रवद्र्धन, आलुजन्य उत्पादनको विवेधिकरण, उद्योग वारे जानकारी र प्रचारपसारका लागि आलु महोत्सव गरिएको आयोजकले जनाएको छ ।

    महोत्सवमा उत्कृष्ट आलु उत्पादक कृषकलाई सम्मान गरिएको थियो ।
    सम्मानित हुनेहरुमा यादव प्रसाद अधिकारी पाँचखाल, देवकृष्ण मानन्धर पनौती, राजेश श्रेष्ठ बनेपा, कृष्ण प्रसाद तिमल्सिना बेथानचोक र शेखरनाथ दुलाल भक्तपुर,चाँगुनारायण रहेका छन् । पुरस्कृत हुने कृषकलाई नगद ५ हजार सहित सम्मान पत्र प्रदान गरिएको थियो । आलुका परिकार प्रर्दशन तथा बजारीकरण, कृषि यन्त्र उपकरण प्रर्दशन, आलु सम्बन्धी उन्नत प्रविधि वारे वृत्तचित्र प्रर्दशन, वाली उपचार शिविर,तथा इन्द्रेणी सास्कृतिक टिम तथा स्थानीय कलाकारहरुले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेक थिए ।

    कार्यक्रमा सुपरजोन कार्यान्वय इकाइका अध्यक्ष हरेराम खविवडा, जिल्ला कार्यान्वयन इकाई प्रमुख किशोर पन्त, बेथानचोक वडा नं ३ का अध्यक्ष दिल बहादुर श्रेष्ठ वडा नं २ का भगवान घिमिरे तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आलु सुपरजोन कार्यक्रमका बेथानचोक संयोजक केदार बहादुर क्षेत्री तथा सह संयोजक रोशन तिमल्सिनाले मन्तव्य राखेका थिए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आलु सुपरजोन कार्यक्रमका बेथानचोक कार्यक्रमका सचिव विनोद तिमल्सिनाले कार्यक्रम संचालन गरेको थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार