२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

भारतमा हुरीचल्दा नेपालमा हीलो बर्षात


२१५४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ अषाढ २, शनिबार मा प्रकाशित ५ साल अघि
  • आइ.आर.के.मैनाली
    पाँचखाल ।जेठ ३१ गते राती बाट सुरु भएको बर्षातमा धमीलो बर्षात हुदा नेपालीहरु चकित परेका छन् । बर्षातको पानी नियाल्दै सवैले आ —आफ्नोे तर्क लगाउन थालेका छन् । कोही ग्रहमा हुरी चल्ल्यो त कोही उद्योगका कारण वातावरण प्रदुषण भएर । तर वास्तबीक चुरो कुरो भने केही दिन अगाडी छिमेकी मुलुक भारतमा आएको ठुलो हुरीको प्रभावले गर्दा वर्षातमा धमिलो भएको मौसम बिदको भनाई रहेको छ ।

    बर्षातको समयमा हुने बर्षा बाट सफा पानी सफा देख्दै आएकाहरुका लागि धमिलो माटो मिएिको बर्षात हुदा नौलो हुनु अस्वभाबिक होईन । बर्षातको क्रममा भएको धमिलो माटो मिसिएको बर्षात हुनुको प्रमुख कारण वातावरण प्रदुसणकै कारणले भएको भन्ने मौसम बिदले भनेका छन् । तर कुनै उद्योग कलकारखानाको कारण साथै नेपालको कारणले नभई भारमा आएको ठुलो हावा हुरीले राजस्थानको मरुभूमीको बालुवा उडाएको असरले गर्दा नेपालमा समेत प्रभाव परेको जानकारी प्राप्त भएको छ ।

    काभे्र र आसपासका जिल्लाका साथै काठमाडौ उपत्यका गलायत देशका अधिकांश भागमा धमिलो बर्षात भएको छ । यसबारे मौसम पूर्वानुमान महाशाखाका मौसमविद सुभास रिमालसंग सम्पर्क गर्दा वर्षात वायु प्रदुषणका कारण भएको बताउनु भयो । उहाँले थप्नुभयो भारतका बिभिन्न भागमा केही दिनयता ठूलो हावाहुरी आएको थियो । सो हावाहुरीले राजस्थानको मरुभूमीको बालुवा उडायो । र, धूलोका कणहरु वायुमण्डलमा फैलिएर नेपालको आकाशसम्म आइपुग्यो जसका कारण धूलो पनि पानीसँगै खस्यो । यो नेपालको प्रदुषणका कारण भएको होइन, राजस्थानको मरुभूमिको धुलो नेपालको आकाशसम्म फैलिएकाले फोहोर पानी परेको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार