२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

आई.पि.एम.पाठशाला अन्तक्र्रिया सहित समापन, पाँचखालको उत्पादनलाई अर्गानिक तर्फ अगाडी बढाउंछौं – खरेल


५४१४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ अषाढ २, शनिबार मा प्रकाशित ६ साल अघि
  • पाँचखाल-लवग्रीन नेपालले पाँचखाल नगरपालिकाको वडा नंंंंं.७ र ८ मा गत पौष महिना देखि गोलभेडा बाली अवधीभर संचालित आई.पि.एम.पाठशाला शुक्रबार समापन गरेको छ ।

    समापन कार्यक्रममा पाँचखाल नगरपालिका नगर प्रमुख महेश खरेलले सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै मातृशक्ति सक्रिय सहभागी भएर गरेको यो कार्यक्रमले रासायनिक विषादी घटाउन सहयोग पुग्ने बताउनु भयो । त्यसै गरी वहाँले विस्तारै पाँचखाललाई अर्गानिक उत्पादनमा लैजान पहल गर्ने बताउनु भयो । मेयर खरेलले थप्नुभयो जापानमा बस्ने गैर आवाशीय नेपालीहरुको लगानीमा भेडावारी बेशिमा जैविक झोलमल उत्पादन गर्नलाई प्रक्रिया अगाडी बढेको, सिंचाईको लागि ईन्द्रावती लिफ्टिङ्ग आयोजना पनि स्वीकृत भएको पनि जानकारी दिनु भयो । त्यसैगरी वहाँले जमिन मुनी पानी पुरयाउनकालागि प्रत्येक कृषकले घर घरमा बर्षे पानी वा खेरजाने पानी संकलन गर्न खाडल खन्न पनि अनुरोध गर्नु भयो ।

    त्यस्तै गरी वडा नं.७ का वडाध्यक्ष पुस्कर ढकालले कृषकहरुले सिकेका कुरा गरेर देखाउने अवसर पाएको र आफुले सिकेका कुरा अरुलाई पनि सिकाउनु पर्ने बताउनु भयो । अध्यक्ष ढकालले थप्नुभयो आइ.पि.एम तरिकाले गर्ने खेतिको लागि वडा कार्यालयको तर्फबाट सहयोग गर्न आफु तत्पर रहेको बताउनु भयो ।
    समापन कार्यक्रममा लवग्रीन नेपालका कार्यक्रम अधिकृत तथा वातावरण मैत्री दिगो कृषि विकास परियोजनाका टिम लिडर नारायणप्रसाद ज्ञवालीले बुझाई, सिकाई र गराई तीन कुरालाई मुख्य ध्यान दिनु पर्ने बिषयमा जानकारी गराउनु भएको थियो । उहाँले थप्नुभयो आफु आवद्ध लवग्रीन नेपाल नामक संस्थाले पाँचखाल र आसपासको क्षेत्रमा वातावरण संम्रक्षण लगायतको बिकास निर्माणको कार्य बिगत २७ बर्ष देखी गर्दै आएकोमा ६ महिना अगाडी बाट पाँचखालमा उत्पादन हुने तरकारीमा बिषादीको मात्रालाई न्युनिकरण गर्ने उद्धेस्यले आइ.पि.एम तरीकाले खेती गराउन सुरु गरेको बताउनु भयो ।

    श्री कृष्ण आई.पि.एम.पाठशालाका अध्यक्ष शिवराज श्रेष्ठको सभापतित्वमा सम्पन्नमा वडा नं. ७ को काफ्लेटोलमा संचालित पाठशालाको समापन समारोहमा पाठशालाको समग्र प्रतिवेदन सुमिता बोलाखे, पाठशालामा भएका सिकाईहरुको विवरण शिव श्रेष्ठ र आई.पि.एम.तरिका र कृषक तरिकाको लाभ लागत तथा उत्पादन विवरण कृषक प्रमिला काफ्ले प्रस्तुत् गर्नु भएको थियो । काफ्लेले भन्नुभयो आइ.पि.एम तरीका र कृषक तरीका बाट बराबरी जग्गामा खेती गरेका थियौं जसमा आई.पि.एम तरीकाले गरेको खेतीमा आम्दानी बढी र खर्च कम भएको बताउनु भयो । गोलभेडा खेतिमा गरिएको ट्रायलमा आई.पि.एम. प्लटमा हालसम्म ६ सय १७ किलो र कृषक प्लटमा ५ सय ८५ किलो उत्पादन भएको प्रमिला काफ्ले बताउनु भयो ।

    समापन कार्यक्रममा अन्तक्र्रिया कार्यक्रम पनि भएको थियो । सो कार्यक्रममा कृषक भिमचन्द्र श्रेष्ठले आई.पि.एम. तरिकाले धेरै फाईदा गरेको बताउनु भयो । उहाँले थप्नुभयो पाँचखालमा १० वर्ष अगाडी आइ.पि. एम तरीका भित्रीन सकेको भय कृषकहरु धेरै लावान्वित हुने रहेछन् भननु भयो । कृषकले आई.पि.एम.तरिका कृषककोलागि राम्रो भएको र यसको प्रचार प्रसार राम्रोसंग गर्नु पर्ने बताउनु भयो राम्रोसंग प्रचार प्रसार भए सवै कृषकहरु यसै तरीकाले खेती गर्ने अवसर पाउने बताउनु भयो ।

    त्यस्तै गरी वडा नं. ८ होक्सेमा समापन भएको गोलभेडा बालीको अर्को आई.पि.एम.पाठशालामा कृषकहरुले हामी आई.पि.एम. तरिका सिके पनि सिचाईको असुविधा र यस क्षेत्रको माटो अन्यन्तै बिग्रेको हनाले पहिला माटो सुधार गर्नु पर्ने बताउनु भयो । साथै कृषक रामकृष्ण ढुंगानाले जाँचिएको माटोको प्रतिवेदन आउन ढिला भएको गुनासो गर्नु भयोे । कार्यक्रमको अन्तमा प्रमुख अतिथिको तर्फबाट प्रमाणपत्र वितरण गर्दै वडा नं. ८ का वडाध्यक्ष संजय तामाङ्गले कृषकले यो हुन्न त्यो हुन्न भन्दा पनि पहिला काम गर्ने ईच्छा शक्ति हुनु पर्ने बताउनु भयो । विस्तारै साना साना कुराहरुबाट सुधार गर्दै जान कृषकहरुलाई अनुरोध गर्दै लवग्रीन नेपालसंग मिलेर आफुले सहयोग गर्ने पनि बताउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार