२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

बिषादी न्यूनिकरण जनचेतना गोष्ठी सम्पन्न, काभे्रमा उत्पादन भएको कुनैपनि बालि खान अयोग्य छैन – पंडित


३०७२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ अषाढ ७, बिहिबार मा प्रकाशित ५ साल अघि
  • धुलिखेल-काभे्र जिल्लामा उत्पादित बिभिन्न प्रकारका तरकारी तथा खाध्यान्न बालिमा बिषादी न्यूनिकरण गर्ने उद्देस्यले विषादी पञ्जिकरण तथा व्यवस्थापन शाखाको आयोजना तथा उपभोक्ता मञ्चको सहकार्यमा एक दिने गोष्ठिी सम्पन्न भएको छ ।

    जिल्ला कृषि बिकास कार्यलय काभे्रको हलमा शुक्रबार सम्पन्न उक्त गोष्ठीमा जिल्लामा रहेका बिषादी बिक्रेताहरु, अगुवा कृषक साथै संञ्चार कर्मीहरुको समेत उपस्थिति रहेको थियो । अन्तक्र्रियात्मक ढंगबाट संञ्चालन भएको उक्त गोष्ठीमा बिषादीलाई न्यूनिकरण गर्ने बिषयमा छलफल भएको थियो ।

    उक्त कार्यक्रममा जिल्ला कृषि बिकास कार्यालयका प्रमुख बरिष्ट कृषि बिकास अधिकृत दुर्गा प्रसाद पंडितले विगतको तुलनामा काभे्रमा बिषादी प्रयोग कम भएको बताउनु भयो । विगतमा कृषकहरुमा चेतनाको केही कमि भएकोले रोग लाग्लाकि भन्ने डरले पहिलै बिषादी प्रयोग गर्ने गरेको थियो भने अव कृषकहरुले रोग लागेपछि पनि सोच बिचर गरेर मात्र बिषादीको प्रयोग गर्ने गरेको बताउनु भयो । स्वस्थ बालि उत्पादन कसरी गर्ने भन्ने बिषयमा कृषि बिकास कार्यालय, कृषक तथा बिषादी बिक्रेताहरुको ध्यान केन्द्रित भएकोले काभे्रमा उत्पादन हुने कुनै पनि बालिमा उपभोग गर्न नहुने गरी बिषादिको अवशेष नरहेको बताउनु भयो ।

    गोष्ठीमा बिषादी रजिष्ट्रार बेदप्रसाद चौलागाईले काभे्रमा बिषादीको प्रयोग बढी छ भनि हल्ला मच्चाउने बेकुफ भएको बताउनु भयो । सम्बन्धित निकायले परिक्षण गर्दा दिनपर दिन घटेको पाईन्छ तर बिषादीको बारेमा जानकारी नहुने पक्षले हल्ला मच्चाउनु राम्रो कुरो नभएको बताउनु भयो । राष्ट्रिय उपभोक्ता मंचका अध्यक्ष पे्रमलाल महर्जन, बिषादी व्यवसायी संघका बरिष्ट उपाध्यक्ष गणश बानिया, उपभोक्त संरक्षण मञ्चा प्रतिनिधि कुमारी खरेल लगाएतले बिषादी न्यूनिकरणको बारेमा आ—आफ्नो धारणा राखनु भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार