२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

सुबिधा सम्पन्न भवनको शिलान्यास, सहयोगी हातहरुको ओइरो, रक्तदानका अभियन्ता मैनाली द्वारा १ लाख सहयोग


२६२८ पाठक संख्या

बनेपानेपाल रेडक्रस शोसाईटी काभे्र शाखाको प्रयासमा रक्त दान सम्बन्धि सुबिधा सम्पन्न रक्तशंचार केन्द्र भवनको सोमबार

  • नवसंकेत अनलाईन
  • २०७५ अषाढ ७, बिहिबार मा प्रकाशित ५ साल अघि
  • बनेपानेपाल रेडक्रस शोसाईटी काभे्र शाखाको प्रयासमा रक्त दान सम्बन्धि सुबिधा सम्पन्न रक्तशंचार केन्द्र भवनको सोमबार भव्य समारोहका बिच शिलान्यास भएको छ ।

    बनेपा नगरपालिकाका प्रमुख लक्ष्मी नरसिंह वादेले रक्त संचार केन्द्र मानवीय क्षेत्रको एउटा निशानी हो, अव यस क्षेत्र आशपासका जनताले रगत बिना जिवन गुमाउनु पर्ने छैन । आफ्नो कार्यकालमा चर्चा गर्न लायक कामकको सुरुवात भएको स्मण गराउनु हुंदै, यस किसिमको साममाजिक कार्यले स्वस्थ समाज निर्माण स.गसगै समाज रुपान्तरणमा यो भवन निर्माण कोशेढुंगा सावित हुने छ । यस किसिमकोे अनुकरणिय कार्यले बनेपा मात्र नभई उपत्यका भित्रको अस्त व्यस्ततालाई समेत मलम पट्टि लाग्ने धारणा राख्नु भयो ।

    कार्यक्रममा विश्व रक्तदान अभियन्ता अर्जुन मैनालीले सम्बोधन गर्दै भन्नु भयो , चाहना राख्नु पर्छ सफलता सहजै चुम्मन सकिन्छ । कुण्ठित भावना राखेर सफलता मिल्दैन भन्नु हुदै आफ्ना विगतका बारेमा स्मरण गराउंदैे प्रत्तेक मानवले आफुलाई सामाजिक प्राणिको रुपमा स्थापित गर्न आवस्यक छ । यदि हामी सामाजिक प्राणि बन्दैनौ भने मानव हुनुको कुनै अर्थ छैन । आफु विश्वका ७ तै महांदेशमा नेपालीको पहिचान राख्न सफल भएको यथार्थता कोट्याउंदै ति यात्रामा आई परेका उतावचडावहरुका बारेममा स्मरण गराउनु भएको थियो । सम्बोधनकै क्रममा निर्माणाधिन रक्त संचार केन्द्रकलागि हाललाई एक लाख रुपैंया उपलब्ध गराउने र आगामि दिनहरुमा थप सहयोग गर्दै जाने बताउनु भयो ।

    आफ्नो जन्मभूमी प्रति मानविय सेवा गर्न पाएकोमा आफु अत्यन्तै गौरवान्वित भएको अभियन्ता मैनालीले स्मरण समेत गरराउनु भयोे । शिलान्यास समारोहमा बनेपा नपा वडा न. ७ का वडाध्यक्ष बर्ण शाक्कयले ५ लाख सहयोगको उद्घोष गर्नु भएको थियो । त्यस्तै मन्तव्य राख्नेहरुमा नेपाल रेडक्रस सोशाइटी केन्द्रिय कोषाध्यक्ष देवेन्द्र वहादुर प्रधान, केन्द्रिय रक्त संचार केन्द्रका निर्देशक डा.मनिता राज कर्णीकार, बेथानचोक गाउंपालीकाका प्रमुख पे्रमवहादुर तिमल्सिना, बनेपा नगर उप प्रमुख रेखा दाहाल, निवतृमान सभापति श्याम शुनदर श्रेष्ठ लगाएतका बक्ताहरुले आआफ्नो धारणा राख्नु भएको थियो ।

    कार्यक्रमको अध्यक्षता रेडक्रस शाखा काभे्रका सभापति रघुवर चौ प्रधानले गनुृ भएको थियो भने कार्यक्रमकोे संचालक शाखका मन्त्रि उद्धब पौडेलले गर्नु भएको थियो । बैद्धिक बिधि अनुसाार मन्त्रोच्चारण गरी सुरु गरीएको शिलन्यास कार्यक्रममा भवनको पुरा निर्मााणका लागि ८ करोड ९४ लाख ७३ हजार ६ सय ७५ रुपैया लागत रहेको छ । सो मध्य पहिलो चरणको निर्माणको लागि करिव १ करोड ५० लाख वजेट अन्तर्गत ४ महिना भित्र निर्माण कार्य सम्पन्न भै सक्ने गरी समझौता भएको कार्यालय प्रमुख त्रि रत्न राजवाहकले जानककारी गराउनु भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार