२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पाँचखालमा आइ.पि.एम तरीकाको खेती सफल सन्तानलाई जोगाउन आइ.पि.एम तरीकाले खेती गर्छौ – कृषक


३८८७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ अषाढ १२, मंगलबार मा प्रकाशित ६ साल अघि
  • पाँचखाल । लवग्रीन नेपाल नामाक संस्थाले पाँचखालमा संचालन गर्दै आएको कृषक पाठशालाहरु समापन गरेको छ । गत मंशिर महिनादेखि आलु, गोलभेडा, लौका बालीमा आई.पि.एम तरिकाले खेती गराएको थियो ।

    पाँचखाल नगरपालिका वडा नं.६, ढुंगानाबेसीमा सदाबहार आई.पि.एम पाठशाला समापन कार्यक्रममा बरिष्ठ कृषि विकास अधिकृत दुर्गाप्रसाद पण्डितको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि पंडितले मलखादलाई सिफारिस मात्रामा प्रयोग गर्ने, शत्रुजीवको उचित व्यवस्थापन र बालीको नियमित अवलोकन गरी रोगकीरा व्यवस्थापन गर्न सकेमा मात्र बिषादीको मात्रा धेरै घट्ने बताउनु भयो । पंडितले थप्नुभयो लवग्रीन नेपालले यस उपत्यकामा विषादी न्यूनीकरणको लागि वातावरण मैत्री एकीकृत दिगो कृषि विकास परियोजना मार्फत कृषकहरुलाई विभिन्न तालिम तथा अन्य सेवा पुर्याउनु भएकोमा धन्यबाद दिनु भयो ।

    समापन कार्यक्रममा लवग्रीन नेपाललका कार्यक्रम अधिकृत तथा परियोजनाका टिम लिडर नारायणप्रसाद ज्ञवालीले बुझाई, सिकाई र गराई महत्वपूर्ण भएको बताउनु भयो । सिकेका कुराहरु व्यवहारमा लागु गर्नु र अरुलाई पनि सिकाउनु ठुलो कुरा हो । यदि बुझेर र सिकेर व्यववहारमा लागु गर्न नसके सिकाईको अर्थ नहुने बताउनु भयो ।

    पाठशालाको समग्र प्रतिवेदन प्रस्तुत गर्दै प्रेमकला सापकोटाले आलुबालीमा गरिएको १८६ बर्ग मिटरको आई.पि.एम. र कृषक परीक्षण प्लटमा क्रमशः ७४४ र ७१२ किलो आलु उत्पादन भएको र आई.पि.एम. प्लटमा बाली अवधिभर रासायनिक विषादी प्रयोग गर्नै नपरेको जानकारी दिनु भयो ।

    त्यसैगरी कृषक लालबहादुर कायस्थले कृषक भएर पनि सामान्य कुरा पनि आफुले नजानेको जस्तोः रोपाई को दुरी, सिफारिस मात्राको रासायनिक मल प्रयोग गर्ने, पशुमुत्र संकलन र प्रयोग गर्ने, भकारो र गोठेमल सुधार, घरेलु विषादी बनाउने र प्रयोग गर्ने जस्ता नयाँ कुराहरु सिकेर व्यवहारमा पनि लागु गर्दा केही सुधारका लक्षण देखिएको बताउनु भयो त्यसै गरी महिला सहभागीहरु तिलका अधिकारीले बीउ रोप्ने, आलु काट्ने, पासोको प्रयोग गर्ने जस्ता सामान्य कुराले पनि उत्पादन बढाउन सकिने बताउनु भयो ।

    सदाबहार आई.पि.एम.पाठशालाका अध्यक्ष केदारप्रसाद ढुंगानाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का जिल्ला अध्यक्ष भोजराज पन्तले माटो आमा भएकोले पहिला माटो नै सुधार गर्नु पर्ने बताउनु भयो । माटो सुधार नभईकन बाली राम्रो नहुने बताउनु भयो । पाठशालाको समापन गर्दै अध्यक्ष केदारप्रसाद ढुंगानाले सबैको सहयोगमा पाठशाला सफल भएको र हामीे आफुले अनुशरण गर्दै अरुलाई पनि सिकाउन सके विषादी न्यूनकिरणमा टेवा पुग्ने बताउनु भयो ।

    त्यसैगरी वडा नं. १२ शेरा सिम्ले खर्कमा भएको महाकाली आई.पि.एम.पाठशालाको अन्तरक्र्रियात्मक समापन समारोहमा प्रमुख अतिथि बरिष्ठ कृषि विकास अधिकृत दुर्गाप्रसाद पण्डितले सुनेर भन्दा पढेर, पढेर भन्दा गरेर बढी सिकिने कुरा बताउनु भयो । महिला दिदी, बहिनीहरुले पाठशालामा सिकेर अनुशरण गरेर फाईदा पुगेको कुरा सुन्दा खुसि लागेको बताउनु भयो ।
    कार्यक्रममा वडा नंं. १२ वडाध्यक्ष गोपाल बहादुर दनुवारले यस क्षेत्रका कृषकहरु मेहनती भएको हुनाले आफुले पनि वडा कार्यालयको तर्फबाट सहयोग गर्ने बताउनु भयो । पाठशालाको समग्र प्रतिवेदन प्रस्तुत् गर्दै सिता दनुवारले २०० वर्ग मिटरका आई.पि.एम.र कृषक प्लटमा क्रमश ८९१ र ५०० किलो उप्पादन भएको बताउनु भयो । जस अनुसार आई.पि.एम. तरिका बाट ४३ प्रतिशतले वृद्धि भएको देखिन्छ । त्यसै गरी अन्तरक्रियामा चन्द्रकुमारी लामाले माटो जोगाई भविष्यका सन्तानलाई हस्तान्तरण गर्न भकारो सुधार गरी, गोठे मल सुधार गर्ने, पशुमुत्र प्रयोग गर्ने, वानस्पितक विषादी निर्माण गरी प्रयोग गर्ने जस्ता कार्यलाई निरन्तरता दिने बताउनु भयो । हाम्रो जिउमा विषादी घुसे पनि सन्तानलाई जोगाउनु पर्ने बताउनुभयो । त्यसै गरी पाठशालाका अध्यक्ष भिमबहादुर दनुवारले कृषिका साथै पशुपालनाई पनि व्यवस्थित गरी व्यवसायिक बनाउनु पर्ने बताउनु भयो । दुबै पाठशालाका सहभागीहरुलाई प्रमुख अतिथि बरिष्ठ कृषि विकास अधिकृत दुर्गाप्रसाद पण्डितले प्रमाण पत्र वितरण गर्नु भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार