२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

नर्सिङ अध्ययनमा पुरुषको पनि सहभागि आर.एल.श्रेष्ठ


३२८२ पाठक संख्या

बनेपा-नेपालमा नर्सिङ् अध्ययनका लागि अव पुरुषले पनि पाउने भएका छन् । विगतमा पुरुषले पढ्न पाउने

  • नवसंकेत अनलाईन
  • २०७५ अषाढ १२, मंगलबार मा प्रकाशित ६ साल अघि
  • बनेपा-नेपालमा नर्सिङ् अध्ययनका लागि अव पुरुषले पनि पाउने भएका छन् । विगतमा पुरुषले पढ्न पाउने भएपनि पछिल्लो समयमा आएर नसिंङ्मा पुरुषको सहभागिता हुने गरेको थिएन ।

    २०४३ मा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) पुरुषले नर्सिङ पढेका भएपनि पछिल्लो समयमा आएर बन्द गर्दा समस्या भएको भन्दै पुन अध्ययन गर्ने अवसर प्रदान गरेको छ । बन्द भएको बिषय पुन अध्ययन गर्न पाउने हुंदा चौतर्फी रुपमा सकारात्मक शंदेस पुगेको छ । पुन सुरु हुने नसिंङ् अध्ययनको लागि पढ्न धेरै पुरुष इच्छुक भएका छन् ।

    पुरुष बिरामीको हेरचाह, दुर्गम जिल्लामा पुरुष नर्सलाई खटाउन सहज हुने भएको साथै सामाजिक सुरक्षा मजबुत हुने र पेशालाई माथि उकास्न सहज हुने भएको छ । लामो समयदेखि पुरुषले नर्सिङ पढ्न पाउनुपर्ने आवाजको अन्ततः सम्बोधन भएको छ । नेपाल नर्सिङ परिषद्ले पुरुषलाई पनि नर्सिङ पढ्न पाउने निर्णय गरेपछि बाटो खुल्ला भएको हो ।

    नेपाल नर्सिङ परिषद्का अध्यक्ष प्रा गोमादेवी निरौलाले चारैतिरबाट माग भएपछि आवश्यकता महसुस गरी सो निर्णय गरेको बताइन् । विश्वविद्यालय, प्रतिष्ठान र प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्अन्तर्गतका नर्सिङ शैक्षिक संस्थालाई निर्णय कार्यान्वयन गर्न परिषद्ले सूचना जारी गरिसकेको जानकारी प्राप्त भएको छ ।

    शैक्षिक सत्र २०७५÷७६ देखि लागू हुने गरी १५ प्रतिशत पुरुषलाई नर्सिङ अध्ययनमा समावेश गराउने निर्णय गरेको छ । नेपाल नर्सिङ संघले नर्सिङ अध्ययनमा पुरुषलाई कोटा दिनुपर्ने माग राख्दै नेपाल नर्सिङ परिषद्लाई पत्रसमेत पठाएको थियो । नेपाल नर्सिङ संघकी महासचिव लक्ष्मी केसीले विदेशमा पुरुष नर्स उत्पादन भई काम गरिरहेकाले नेपालमा पनि पुरुष नर्सको आवश्यकता खड्किएकोले व्यवस्था गरेको साथै समानताका लागि पनि नेपालमा पुरुष नर्स चाहिन्छ भनेर हामी पहिलेदेखि आवाज उठाउँदै आएका थियौँ ।’अब नर्स भन्ने वित्तिकै महिला मात्र हुन्छन् भन्ने मानसिकता परिवर्तन हुने वताईन् ।

    परिषदमा नेपाल र भारतमा अध्ययन गरेका १०५ जना पुरुष नर्स परिषद्मा दर्ता भएका छन् । अब निर्णय कार्यान्वयन भएमा वार्षिक १२५ कलेजबाट १५ प्रतिशत पुरुष नर्स उत्पादन हुँदा वर्षमा एक हजार १५५ पुरुष उत्पादन हुने अनुमान गरिएको छ । वार्षिक १२५ भन्दा बढी नर्सिङ कलेजबाट सात हजार ७४० जना नयाँ महिला नर्स उत्पादन हुँदै आएका छन् ।

    विसं २०४६ मा त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) मा पुरुष नर्सको पढाइ शुरु भएको थियो । चार ब्याचसम्म मात्र अध्ययन भएको त्यो समयमा ८० जना पुरुष नर्स जनशक्ति उत्पादन भएका थिए । पछि पुरुषका लागि नर्सिङ पढ्ने अवसर बन्द भयो । नेपाल नर्सिङ परिषदमा ८१ हजार ९० नर्स दर्ता छन् । जसमा स्टार्फ नर्स ४९ हजार ३४, अनमी ३१ हजार २२१ र विदेशी नर्स ८३५ दर्ता भएपनी लाइसेन्स नवीकरण १३ हजार ८३६ स्टार्फ नर्स र तीन हजार ६३४ अनमीले मात्र रहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार