२०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024

कांगे्रस जिल्ला समितिले हुमागाईलाई सम्मान


३१३० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ अषाढ १७, आईतबार मा प्रकाशित ५ साल अघि
  • बनेपा । काभे्रबाट नेपाली काङ्ग्रेस पार्टीमा पहिलो पटक केन्द्रिय सदस्य पाएर जिल्लाकै नाम पार्टीमा चिनाउन सफल भएका शिव हुमागाईलाई बिभिन्न भातृ संगठन साथै नगर समिति , गाउंपालिका समितिले व्यापक रुपमा सम्मानको ओईरो लगाएपनि जिल्ला समिति मौन रहेको थियो । कार्यकर्ताले चौतर्फी रुपमा जिल्ला समितिको मौनता प्रति आक्रोस व्यक्त गरेपछि नेपाली कांगे्रसले आयोजना गरेको धान दिवसको अवसर पारेर सम्मान गरेको छ ।

    केन्द्रिय सदस्यमा मनोनयन भएकै दिन बनेपा आइपुगेका हुमागाईलाई बनेपा नगर कमिटिको अगुवाईमा ट्रेड युनियन, विभिन्न भातृसंगठनहरुले स्वागत गरेका थिए । विभिन्न ठूला राजनितिक परिर्वतनमा काभ्रेली जनताको महत्वपूर्ण स्थानको लागि ठुलो भूमिका निर्वाह गरेका हुमागाईलाई योगदानको कदर गर्दै केन्द्रिय सदस्यमा मनोनित गरेको थियो । ०६२÷०६३ को आन्दोलनको सहभागिता झनै उल्लेखनीय छ ।

    लामो समय देखि २ खेमामा देखिएको काभ्रे काङ्ग्रेस २ वर्ष अगाडी असार १५ गते कै दिन आयोजित दही चिउरा खाने कार्यक्रमबाट एकीकरण भएको थियो । १ महिना अघि नै केन्द्रिय सदस्यमा मनोनित भएका हुमागाईलाई सबै तिरबाट बधाईको ओइरो लाग्दा पनि बधाई दिन नभ्याएको जिल्ला समितिले बधाई तथा शुभकामनाका लागि पुनः उही दही चिउरा खाने दिनमा सम्मान गरेको छ ।

    काङ्ग्रसका पूर्व जिल्ला सभापति केन्द्रिय सदस्य भइरहँदा एक महिना सम्म बधाई समेत नदिइ कार्यकताको दवावको कारण धान महोत्सवको क्रममा झारो टार्ने कार्य गर्दा कार्यकर्ताहरु चकित परेका छन् । एक कार्यकर्ताको अनुसार जिल्ला समितिले छुट्टै कार्यक्रमको आयोजना गरी सम्मान गर्नु पर्नेमा झारो तिरेर कार्यकर्ताको आँखामा छारो हाल्ने काम भएको छ ।

    असार १५को दिन नेपाली काङ्ग्रेस बनेपा नगर समिति, नेपाल सांस्कृतिक संघ, नेपाल किसान संघको आयोजना तथा नेपाली काग्रेस जिल्ला कार्यसमितिको मुख्य आयोजनामा धान दिवसको अवसर पारेर मात्र हुमागाईले जिल्ला कार्यसमिति बाट पनि सम्मान पाएका हुन् । आयोजित रोपाई कार्यक्रमको हिले मैदानमै हुमागाईलाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेसका नेता अर्जुन नरसिंह केसीले उक्त सम्मानलाई लक्षीत गर्दै नेताको निस्कृयताकै कारण पार्टी कमजोर भएको बताएका थिए ।

    शुक्रवार आयोजना गरिएको रोपाई कार्यक्रमका बिच भएको सम्मानलाई पशुपतिको जात्रा सिद्राको व्यपार भने झैं गरिएको आरोप छ । असार १५को धान रोपाई कार्यक्रममा भएको सम्मान जिल्ला समितिले आलोचनाको उत्तर दिने कार्यमात्र गरेको एक कार्यक्रमका सहभागिले बताए । बर्तमान जिल्लाकार्य समिति हुमागाईको सफलता प्रति खुशी नरहेको कुरा सम्मानको तौर तरीकाले पुस्टि भएको छ । जिल्ला समितिले पार्टीका नेता कार्यकर्ताको उपस्थिति नगराई केही सिमित नेता कार्यकर्ताका बिच हिले खेतमा गरिएको सम्मान असन्तुस्टको प्रमाण रहेको कार्यकर्ताहरुको भनाई रहेको छ ।

    हुमागाईलाई गरेको सम्मानको तौर तरिका प्रति कार्यकर्ता रुस्ट मात्रै नभई जिल्ला समितिमा रहेका जिम्मेवार नेता प्रति असन्तुस्ट भएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार