२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पाँचखालमा छाडा चौपाय व्यवस्थापनको तयारी


३३७४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ अषाढ २५, सोमबार मा प्रकाशित ६ साल अघि
  • आमई.आर.के मैनाली
    पाँचखाल-सडकमा छाडा छोडीने चौपायको कारण राजधानी लगायत मुलुकै भर विकराल स्थिती आई रहेको अवस्थामा पाँचखाल नगरले व्यवस्थापन गर्ने भएको छ ।

    सडकमा छाडिने बुडो गाई गोरु साथै वाच्छा बाच्छिले गर्दा सार्वजनिक यातायात संञ्चालनमा समस्या आउनाको साथै दुर्घटना निम्तिने र छाडीएको चौपायले समयमा खान नपाउने बिषयमा कसैको ध्यान पुग्न नसकेको अवस्थामा पाँचखाल नगरले व्यवस्थापन गर्ने तयारी गरेको नगरका प्रमुख (मेयर) महेश खरेलले एक कार्यक्रममा जानकारी गराउनु भएको छ ।

    प्रमुख खरेलको अनुसार पाँचखाल नगरपालिका वडा नं १२ मा कान्जी हाउसको निर्माण गरी त्यस्ता छाडा छोडेको चौपायको व्यवस्थापनको लागि नगरले बजेटको व्यवस्था गरेको छ । चौपायहरुको खान र उपचारको लागि पशुपन्छी प्रति निर्दयता रोकावट समाज नेपाल (एस.पि.सि.ए) ले व्यवस्थापन गर्ने भएको छ । पाँचखाल नगरपालिका र (एस.पि.सि.ए) नामक संस्थाको समन्वयमा छाडा चौपाएको व्यवस्था आगामी साउन १ गतेबाट हुने भएको छ ।
    नगरका प्रमुख खरेलका अनुसार गाईबाट दुध आउन्जेल खाने र दुध नआउने (कामनलाग्ने) भएपछि जताततै सडकमा चौपाए छोडेको देख्दा आफुलाई असैह्य भएकोले त्यसको व्यवस्थापनको लागि तयारी गरेको बताउनु भयो । नगरमा रहेको बाच्छा बाच्छिको अभिलेख राखेर पाँचखाल नगरमा छाडा चौपायको अन्त्य गर्ने बताउनु भयो । व्यवस्थित गरेको चौपायको मल मुत्रलाई कम्पोष्ट मल र जैबिक बिषादी निर्माण गरी कृषि नगरी पाँचखालमा गरीने खेतीको लागि प्रयोग गर्ने योजना रहेको बताउनु भयो ।

    छाडा छोडेका चौपायहरुले कृषकहरुको खेतबारीमा समेत समस्या आउने गरेको पाँचखाल वडा नं ६ का अगुवा कृषक साबित्रि गौतमले बताउनु भयो । कृषक गौतमका अनुसार दुध आउन्जेल खाने र काम नलाग्ने भएपछि किलाबाट फोएर लखेटी छाडा छोड्ने पापीहरुले गर्दा खेतीमा लगाएको बालि सखाप पारेको बताउनु भयो । कृषकको खेतबारीमा लगाएको बालिमा छाडा छोडेको चौपाए आएर नोक्सान पुर्याई रहेको हुन्छ, सवै कृषकले धबाउने लखेट्ने गरे ति बस्तु भोकै हुन्छ नधबाउ भने बालि नोक्सानी हुन्छ ।

    चौकोट स्थित फलफुल व्यापारी जिवन प्रधानका अनुसार सडकमा छाडा छोडेको चौपायको कारण आफ्नो व्यवसाय धरापमा परेको बताउनु भयो । उहाँले थप्नुभयो आफुले पसलमा प्रदर्शणमा राखेको फलफुल तथा तरकारी छाडा बस्तुले खाईदिने हुंदा समस्यामा परेको बताउनु भयो । छोपेर राखौं भने व्यापार हुंदैन खुल्ला राखे सखाप पार्छ । त्यसैगरी अरनिको राजमार्गमा यातायात संञ्चालन गर्दै आएका (सवारी चालक) तिर्थ लामाका अनुसार साँगा देखि केयु चोक सम्म छाडा चौपाएको कारण सवारी चलाउन निकै समस्या पर्ने गरेको गुनासो गर्नु भयो । चौपायको कारण सडक जाम हुने दुर्घटना हुने गर्दा पनि कसैको ध्यान पुग्न नसकेको वताउनु भयो । छाडा चौपाएको कारण दुर्घटना हुन्छ तर दोस चालकलाई कस्तो कानुन नेपालको ? चालक लामाले बताउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार